मलेसियामा नाच्दैछिन् नम्रता



मलेसियामा हुने नेपाल कन्सर्ट-२०६७’शीर्षर्कको सांस्कृतिक कार्यक्रममा नायिका नम्रता श्रेष्ठ नृत्यांगनाका रूपमा सहभागी हुँदैछिन् । कार्यक्रममा उनले आधा दर्जन गीतमा एकल नृत्य प्रस्तुत गर्नेछिन् । नायिका नम्रतासँगै नायक दिलीप रायमाझी,बरुण राणा, गायक बाबु बोगटी,मिलन लामा तथा गायिका प्रीति आले पनि सहभागि हुनेछन्। नम्रताले दिलीप रायमाझी तथा बरुण राणा सँग युगल नृत्य प्रस्तुत गर्नेछिन् ।यो कन्सर्ट आगामी भदौ २५,२६ तथा २७ गते मलेसियाका तीन सहरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमको सञ्चालन चलचित्र निर्देशक सुरेशदर्पण पोखरेल तथा सुनिल चालिसेले गर्नेछन् । कन्सर्टमा सहभागी हुने कलाकारहरू चलचित्र मिस यू’को छायांकनमा समेत सहभागी हुनेछन् ।कलाकारहरूको समूह आगामी भदौ २गते मलेसियातर्फ प्रस्थान गर्नेछ ।

0 comments:

Post a Comment