निशा अब भिजे


नायिका निशा अधिकारीलाई अब हामीले भिजेका रुपमा देख्न पाउनेछौं । आफ्नो तेस्रो चलचित्र 'फस्टलभ'को व्यवसायिक सफलतापछि निशा अब टेलिभिजन प्रस्तोताका रुपमा देखिँदैछिन् ।
गोपीकृष्ण मूभिजले प्रसारणमा ल्याउन लागेको टिभी च्यानल 'टिभी फिल्मी'मा निशाले लाइभ प्रोग्राम होस्ट गर्दैछिन् । जहाँ उनको भूमिका होस्टबाहेक कार्यक्रम उत्पादकको रुपमा पनि हुनेछ । उक्त प्रोग्राम निशाको सिग्नेचर प्रोग्राम हुनेछ ।
प्रत्येक दिन बेलुका पाँचदेखि साढे ६ बजेसम्म निशाले दर्शकहरुसँग टेलिफोनमा कुरा गर्दै फिल्मी खबर, गफ र गसिपहरु पस्कनेछिन् । निशा बाहेक टेलिभिजनमा अन्य चार भिजेहरु पनि देिखंदैछन् । 'अहिले भिजेको अभ्यासमा छु' निशा भन्छिन् 'लामो समयपछि पुनः भिजेका रुपमा देखिन पाउँदा खुशि छु ।'
उनी यतिबेला उक्त सोको प्रीप्रोडक्सन र सेट डिजाइनिङमा ब्यस्त छिन् । पूर्ण फिल्मी च्यानल बताइएको उक्त टिभी आगामी भदौ १५ गतेदेखि परिक्षण प्रसारण हुने बताइएको छ । निशाले यसअघि कान्तिपुर र एनटिभी-२ बाट भिजेको अनुभव बटुलिसकेकी छिन् ।

0 comments:

Post a Comment