आर्यनको रेट साढेचार लाख


आर्यन सिग्देल नेपाली चलचित्रका समकालिन नायकहरुमा सबैभन्दा महङ्गा हिरो बनेका छन् । उनको रेट बढेर चारलाख पचास हजार रुपैंया पुगेको छ ।
आर्यनलाई पछ्याउँदै छन् अर्का हिरो बिराज भट्टले । बिराजको रेट चार लाख छ । सर्वाधिक कमाउने तेस्रो सूचिमा महानायक राजेश हमाल छन् । उनले एउटा फिल्म खेलेबापत साढे दुईदेखि तीनलाख आम्दानी गर्छन् ।
पछिल्लो फिल्म 'फस्टलभ' व्यवसायिक रुपमा निकै सफल भइदिएपछि त्यसका हिरो आर्यनको रेट चुलिएको हो । नेपाली रजतपटमा भटाभट आर्यनका मात्र फिल्म रिलिज भैरहनु र 'फस्टलभ'को कलेक्सन राम्रो भएकाले आर्यन महङ्गा बनेका हुन् ।
बिराज अघिल्ला वर्षहरुमा भन्दा तल झरेका छन् । किनभने उनी भोजपुरी फिल्ममा यति ब्यस्त छन् कि मुलधारका फिल्म खेल्ने फुस्रद छैन । अभिनेता हमाल भने व्यवसायिक रुपमा स्थिर जस्ता देखिन्छन् । उनको पारिश्रमिक समान रहँदै आएको छ ।
महङ्गा हिरो आर्यन खासगरि प्लस टु पुस्तामा निकै लोकपि्रय छन् ।'फ्ल्यासब्याक','फस्टलभ'जस्ता उनका फिल्मले राम्रो आम्दानी गरे । आर्यनका 'कोही मेरो','कसले चोर्यो मेरो मन' रिलिजको तयारीमा छन् । यी महंगा हिरोको जन्मदिन 'फस्टलभ' पि्रमियरका क्रममा परेको थियो जसलाई उनी 'गिफ्ट' भन्न रुचाउँछन् ।

0 comments:

Post a Comment