३१ फिल्म ३२ अवार्ड

काठमाडौ, श्रावण २० - नेपाल चलचित्र प्राविधिक संघले आइतबारदेखि आयोजना गरेको 'नेफ्टा चलचित्र अवार्ड' मा
३२ अवार्डका लागि ३१ फिल्म भिड्दै छन् ।
चलचित्र महोत्सवको रूपमा विकास गरिएको उक्त अवार्ड कार्यक्रममा प्रतिस्पर्धी फिल्मको प्रदर्शनको एक महिनापछि साउन ३२ गते वितरण गरिनेछ । गत वर्ष सेन्सरपास फिल्मलाई महोत्सवमा सहभागी गराइएको भए पनि ३१ फिल्मले मात्रै सहभागिता जनाएका छन् । यसरी हेर्दा फिल्मको संख्याभन्दा अवार्डको संख्या बढी देखिएको छ ।
जमलस्थित सांस्कृतिक संस्थानमा भइरहेको महोत्सवमा कुसुमे रुमाल २, हिफाजत, छोडिगए पाप लाग्ला, दिवानापन, माया त माया हो, मेरो एउटा साथी छ, नैनारेसम, दाग, कहाँ छौ कहाँ, धुम, कहाँ भेटिएला, टक्कर दुई मुटुको, दोस्ती, दानवीर, निसाना, नेपाली वीर, जंगबाज, सम्झना, तोड, इज्जतदार, महान, र्फज, जीवनमृत्यु, रक्षक, बाटुली, अर्जुनदेव, आफ्नो मान्छे आफ्नै हुन्छ, पहिलो पहिलो माया लगायत फिल्म प्रदर्शन हुने आयोजकले बताएको छ ।

0 comments:

Post a Comment