जम्का भेट


करिब चार दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका मेलिना मानन्धर रजतपटमा जमेको २० वर्ष पुग्न लागेको छ । चलचित्र ँपि्रयसी’ बाट आफ्नो चलचित्र करियर सुरु गरेकी नायिका मानन्धर आफूले अभिनय गरेको सानो पर्दाका पाँच सिरियलमध्ये करुणा’ मार्फत निकै चर्चित भइन् । सुरेशदर्पण पोखरेलले निर्देशन गरेको चलिचित्र ँभूल भए माफ गर’ प्रदर्शनको तयारीमा रहेको मेलिनाको पछिल्लो चलचित्र हो । ँव्यक्तिगत’ कारणले चलचित्रमा समय दिन नसकिरहेकी मानन्धरसँग साप्ताहिकको जम्काभेटः

चलचित्रमा अफर आएर पनि काम गर्नुभएन, किन होला ?

चलचित्रमा अफर हुँदाहुँदै व्यक्तिगत समस्याले काम गर्न पाइनँ । अफर धेरै आए, तर त्यतिबेलै मेरो पर्सनल काम भयो । त्यही भएर छोडेकी हुँ ।

कुन चलचित्र छोड्दाचाहिँ नछोडेको भए हुन्थ्यो जस्तो लाग्यो ?

यो अवधिमा मैले उत्कृष्ट रोलहरू 'मिस' गरेकी छु । चलचित्र 'माटो' मा मेरो 'बोल्ड' भूमिका थियो । तर के गर्नु ? परिस्थिति त्यस्तै परिदियो, समय नभएपछि भ्याउँदिनँ भनिदिएँ । मलाई त्यसमा पश्चात्ताप छ । प्रदर्शनको तयारीमा रहेको गायक श्रीकृष्ण लुइँटेलको 'बस नम्बर-१३६' लाई चाहिँ नाइँ भन्न सकिनँ ।

ँभूल भए माफ गर’ कस्तो चलचित्र हो ?

युवानिर्देशक सुरेशदर्पण पोखरेलले निर्देशन गरेको यो चलचित्र पारिवारिक कथामा आधारित छ । चलचित्रमा दाजु-भाउजूको कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

नयाँ नायिकाहरू धमाधम आइरहेका छन्, कस्तो लाग्छ ?

यो एकदमै खुसीको कुरा हो, जति धेरै सङ्ख्यामा नायक-नायिका आउँछन्, प्रतिस्पर्धा पनि राम्रो हुन्छ । त्यसो भएपछि चलचित्र पनि उत्कृष्ट बन्छन् । नेपाली चलचित्र उद्योगमा नयाँ अनुहारहरू आशालाग्दा कलाकारका रूपमा उदाएका छन् ।

0 comments:

Post a Comment