सबैलाई भ्याइन् निरुताले


भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, उत्तम प्रधान, दिलीप रायमाझी, विराज भट्ट, सुमन सिंह आदि हुँदै अब राजबल्लभ कोइराला र जीवन लुइँटेल । लस्कर त लामै छ । १६ वर्षअघि निरुता सिंहको पहिलो चलचित्र 'दक्षिणा'मा उनका नायक थिए भुवन केसी । त्यसपछि लस्करै सबै नायकसँग उनी नायिका भइन् र अहिलेसम्म पनि नायिका नै छिन् । उहिलेका भुवन, शिव र राजेशसँग पनि उनी 'ठिक्क' थिइन् । अहिले केही समयको विश्रामपछि पातली र अझ राम्री भएर आएकी निरुता पछिल्लो पुस्ताका राजबल्लभ र जीवन लुइँटेलकी नायिका भएर अभिनय गरिरहेकी छिन् । मुम्बईबाट चिरिच्याँट्ट भै फर्किएपछि निरुतालाई अभिनय गराउन चाहने निर्माताहरूलाई उनको एउटै मुख्य सर्त थियो- 'अब नो रोनाधोना एन्ड साडी' । मुम्बईबाट आएपछि उनले रक्षा सिंहको 'द गेम'मा अत्याधुनिक युवतीको भूमिका निर्वाह गरिसकिन् भने अहिले भद्र भुजेलको निर्देशनमा चलचित्र 'मलाई मन पर्‍यो'मा पनि आधुनिक पहिरन लगाउने नायिका भएकी छिन् । 'निरुताले आफूलाई समयअनुसार मेन्टेन गरेकी छिन् । कमैले त्यसो गर्छन्,' भन्नेहरू पनि भेटिन्छन् । नेपाली चलचित्र क्षेत्रमा कहलिएका पछिल्ला पुस्ताका चलेका नायकमा को बाँकी रह्यो त निरुताले भ्याउन ? एउटै जवाफ छ आर्यन सिग्देल । त्यो समयपनि छिट्टै आउन लागेको छ । एक चलचित्र निर्माताले आयर् नकी जोडी बनाएर निरुतालाई खेलाउने प्रस्ताव ल्याइसकेका छन् ।

0 comments:

Post a Comment