चलचित्र प्रचारप्रसारको सजिलो माध्यम फेसबुक

आफुद्धारा निर्देशित चलचित्र प्रदर्शनको समय मुख -मुखमा आएको बेला दुई जना निर्देशक भने त्यसको पब्लिसिटीको लागि गजबले लागेका छन् ।
आउँदो भदौ ४ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र नाइ नभन्नु ल र २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र "दीपशिखा"काको पब्लिसिटीको लागि निर्देशकद्वय विकास आचार्य र नरेश पौडेलले फेसबुकलाई समातेका छन् । पाँच दिन अघि निर्देशक नरेश पौडेलले आफ्नो फेसबुकको वालमा दिपशिखाको दुई वटा पोष्टर सार्वजनिक गरिदिए । पब्लिसिटीका लागि खर्च विनाको यो सवै भन्दा सजिलो माध्यमलाई पक्रिएका यि निर्देशकले आफ्नो फिल्मको जानकारी दिन गायिका आगन्तुक खरेल, निर्देशक सविर श्रेष्ठ, आरजे तथा भिजे प्रतिमा श्रेष्ठ, नायिका सोभित सिमखडा, दिलिप गौतम, केपी पाठकलगायतका चलचित्रकर्मीहरू संगसंगै करिब ५० जनालाई एक साथ टयाग पनि गरि दिए ।
टयाग गरिदिएको केही मिनेटपछी तीन जनाले सो पोष्टरलाई मन पराए भने सवै भन्दा पहिले फोटो पत्रकार ओमलाल अकेलाले उनको सो पोष्टरमा "चलचित्र सुपर हिट होस" 'तपाईंको प्रस्तुति एवं निर्देशन रहेको तथा नायिका अरुणिमा लम्सालको कथा रहेको यो चलचित्र धेरैको महत्वकांक्षा चलचित्र बनेकोले पनि चलचित्र औधी राम्रो बनेको छ भन्नेमा दुई मत नहोला ! all D'best !!' भनेर कमेन्ट गरिदिए र जवाफमा पौडेलले "थ्याङ्क यू" भनेर आभारी प्रकट गरे ।

यसरी पौडेलको पब्लिसिटी पोष्टरमा कमेन्ट गर्ने क्रममा सोही चलचित्रमा संगीत दिएका चेतन सापकोटाले 'दाई यो चलचित्र सुपर हिट जान्छ र जाओस, मेरो शुभकामना छ' भनेर पौडेलालाई फेसबुकबाटै बधाई दिए । त्यसैगरी चलचित्र निर्देशक सुमन दाहाल र नायक बिक्रान्त बस्नेतले पनि सो चलचित्रको लागी शुभकामना व्यक्त गरे । यसैगरी अर्का चलचित्रकर्मी युवराज लामाले nice poster, wish you lots of success.. भनेर कमेन्ट गरिदिए ।
चलचित्र प्रेमि दर्शक मध्येका एक बसु ढकालले 'दीप शिखाले सम्पूर्ण चलाचित्रप्रेमीहरुको मन जित्न सफल हुने कुरामा हामी बिस्वस्त छौ / हाम्रो भाषा हाम्रो भेष तथा नेपालीपनको बिकासका लागि चलचित्र निर्माणमा सम्बद्ध सम्पूर्ण प्रति हाम्रो पूर्ण सहयोग र सद्भाव रहनु जरुरी छ /तसर्थ सबैले यसको संचार...मा सहयोग गरी प्रदर्शन सफल गराउन म हार्दिक अनुरोध गर्दछु' भन्दै चलचित्रको सफलताको कामना गरे । यसरी चलचित्र दिपशिखालाई फेसबुकबाट दर्जनौंले शुभकामना व्यक्त गरेका छन् ।
उता शिक्षित निर्देशक एवं सञ्चारकर्मीको टायग पाएका निर्देशक विकास आचार्यले पनि आफ्नो चलचित्र "नाइ नभन्नु ल" को पोष्टर ब्यानरमा ट्याग गरि चलचित्रको पब्लिसिटी गरिरहेका छन् । फेसबुकमा राखिएको सो चलचित्रको पोष्टर ब्यानरलाई धेरै जनाले मन पराएका छन् ।
नाइ नभन्नु ल को पोस्टरमा कमेन्ट गर्दै रमेश पौडेल लेख्छन्, 'विकास सर, तपैंले त मलाई चटक्कै बिर्सनु भो भन्या त संझिनु भा रै'छ । खुशी लायो , कठै, म किन नाई भन्थे हुंला । तपाईको फिल्मी यात्रा... हलिउडसम्म पुगोस् ......।' नायिका रेजिना उप्रेतीले पनि सो चलचित्रलाई शुभकामना व्यक्त गरेकी छिन् । चलचित्र र चलचित्रकी नायिकाको बारेमा सम्वृद्धि रिजाल लेख्छिन् ' desperately waitin for bhadra 4... sir hami sabai jana herna jane hai.. Nai nabhanisyo la.. Wish u all the best sir.. :) richa dee is lookin preety !! यसरी चलचित्रको बारेमा शुभकामना व्यक्त गर्ने दर्जनौं शुभचिन्तकहरू रहेका छन् ।चलचित्रको साङ्गीतिक पक्षले प्रदर्शन अगावै चर्चा पाएको चलचित्र "नाई न भन्नु ल " धेरैको प्रतिक्षारत चलचित्र मध्येको एक चलचित्र हो । भदौको ४ गतेबाट रिलिज हुन लागेको चलचित्र नाई न भन्नु ल लाई निर्देशक बिकासले आफु बस्ने पुरानो बानेश्वरको फुटपाथमा पोटेबल होडिङबोर्डको साहायताले समेत विज्ञापन गर्राई रहेका छन् । नवनायिका ऋचा सिह ठकुरी र जीवन लुइटेलको वियोगान्त प्रेमकथालाई बिकासले सो चलचित्र मार्फत देखाउन खोजेका छन् । आश गरौ विज्ञापन गरे अनुसारकै चलचित्र सुपर हिट होस

0 comments:

Post a Comment