राजेशको ननभेज जोक


राजेश हमालले पनि ठट्टा गर्न जानेका छन् ।उमेर बढ्दै गएपछि उनको ठट्टा गर्ने शैलीमा पनि प्रगति हुँदैछ । चलचित्रको छायांकन का बेला साथीभाइले सुनाएका'ननभेज जोक'मा किल्किले देखिने गरी ४० डे सिबलको अट्टहास लगाउने राजेश हमाल आफैँ पनि जोक भन्ने प्रयत्न गरिरहन्छन् ।केही समयअघि राष्ट्रिय नाचघरमा एउटा शान्ति गीतको म्युजिक भिडियोको छायांकन भैरहेको थियो ।चर्चित कलाकार,पत्रकार आदिलाई अभिनय गराइएको उक्त गीतमा सबैलाई शान्तिको प्रतिक अंकित सेतो टिसर्ट लगाउन दिइएको थियो । व्यस्त नायक हमाल भने दिनभरि कुनै चलचित्रको छायांकन सकेर उक्त गीतमा एक झलक दे खिन नाचघर पुगे ।उनको दृश्य खिचिएपछि पूरै गीतको छायांकन सकियो । त्यसपछि हमालको 'जोक मुड' बन्यो । सेतो टिसर्ट लगाएका केही युवायुवतीले टिसर्टमै राजेशको अटोग्राफ लिन थाले । त्यो भीडमा नायिका झरना थापा पनि पुगिन् । उनले पनि सेतै टिसर्ट लगाएकी थिइन् । टिसर्टको अघिल्लो भाग तान्दै उनले पनि राजेश हमाललाई जिस्काइन्- 'अटोग्राफ प्लिज ।'त्यसपति राजेश उनको छातीको उभारतर्फ संकेत गर्दै जिस्किए-'टिसर्ट किन उचाल्नुभएको, त्यो त्यत्तिकै उठेको छ नि ।'राजेशले त्यसरी जवाफ दिन्छन् भन्ने कल्पनासम्म नगरेकी झरना एकैछिन छक्क परिन्, केही क्षणमै झरनाले कुरा बुझिन् अनि उनी राजेशको त्यो 'ननभेज जोक' मा खित्का छाडेर हाँस्न थालिन् ।

0 comments:

Post a Comment