धकेलियो रिलिजको मिति



चलचित्र 'कोही मेरो'ले पूर्वघोषित भदौ ४ को रिलिज मितिलाई स्थगन गरेको छ । अब यो फिल्म भदौ ११ गते शुक्रवार रिलिज हुनेछ ।
चलचित्र निर्माता जितु वंशलले सार्वजनिक गरिने मिति सारिएको जानकारी गराए । 'हल नमिलेपछि भदौ चारको रिलिजलाई क्यािन्सल गरेर नयाँ मिति तय गरेका हौं'उनले भने'उक्त दिन अन्य कुनै फिल्म रिलिज नहुने भएपछि हल उपलब्ध हुनेछ ।'
सोही दिन विहान संचारमाध्यमका लागि मात्र 'प्रेस सो' गरिने पनि जीतुको भनाई छ । 'मिडियाका लागि मात्र सो गर्छौं प्रीमियर गर्ने कार्यक्रम छैन' उनको भनाई छ । व्यापारिक रुपमा पनि आशा गरिएको उक्त फिल्म देशब्यापी रिलिज हुनेछ ।
उक्त दिन अन्य कुनै चलचित्र रिलिज नहुने भएपछि पहिलो साता 'कोही मेरो'को कलेक्सन सुदृढ हुने अपेक्षा गरिएको छ । यसअघि पनि हलको अभावले चलचित्र 'दीपशिखा'को रिलिज मिति पछि धकेलिएको थियो ।

0 comments:

Post a Comment