सीआरबीटीमा कीर्तिमान


अपकमिङ चलचित्र 'नाइँ नभन्नु ल'ले मोबाइल रिङब्याक टोन्स सीआरबीटीमा रेकर्ड राखेको छ । आइतबारसम्म चलचित्रको शीर्ष गीत नब्बे हजारभन्दा बढि डाउनलोड भैसकेको टेलिकम र एनसेलको विवरणमा उल्लेख छ ।
'हामीले केही गर्नै नपर्ने भो' पब्लिसिटीबारे निर्माता/निर्देशक विकास आचार्यले भने 'सबै गीतले गरिरहेको छ ।' स्वतःस्फूर्त पब्लिसिटी भैरहेपछि निर्देशक आचार्य यतिबेला हौसिएका छन् । भन्छन् 'प्लस टु पुस्ताले बढ्ता डाउनलोड गरिरहेका छन् ।'

'धेरै कम सिनेमाले पब्लिसिटीको यस्तो चान्स पाउँछन्' आगामी शुक्रवार रिलिज हुने चलचित्रका निर्देशकले भने 'सीआरबीटीले हामीलाई निकै साथ दियो ।' डाउनलोड गर्नेको संख्या बढिरहेको उनले बताए । टेलिकम प्रवक्ता सुरेन्द्र थेवेले पनि 'नाइँ नभन्नु ल'को सीआरबीटी डाउनलोड बढि नै भैरहेको बताए ।
थेवे भन्छन् 'सीआरबीटी सेवाले चलचित्रलाई निकै मद्दत पुर् याइरहेको छ ।'उनले भनेजस्तै विकासको यो फिल्मले पनि रिलिजपूर्व राम्रँ व्यापार गरिरहेको छ । अर्को कुरा विकासले फिल्मको प्रचारका लागि नयाँ शैली अपनाएका छन् ।
बत्तीसपुतली पुरानो बानेश्वर क्षेत्रका पब्, क्याफे र रेष्टुरेन्टहरुमा फ्लेक्स र सडकमा पनि फिल्मको स्ट्यान्ड खडा गरेका छन् । 'अब फिल्मलाई रेष्टुरेन्टमैत्री बनाउनुपर् यो नि' फिल्म लेखकसमेत रहेका विकासले भने ।

0 comments:

Post a Comment