चलचित्र हलमा यौन क्रियाकलाप

केही समय अगाडी सम्म पार्क तथा रेष्टुरेण्टमा देखिने गरेको प्रेमको हर्कत अब चलचित्र हल सम्म पुगेको छ । केही दिन अघि मात्र चलचित्र विकास बोर्डद्धारा गठीत हल बर्गीकरण समितीले हलहरुले क्याबिन सञ्चालन गर्न पाउने प्रस्ताव गरे पछि अहिले प्रेमका हर्कतहरु चलचित्रहलमा देखिन थालेको हो ।पोखराबाट प्राप्त समाचारमा हिन्दी चलचित्र मडर-२ चलिरहेका बेला त्यहाँको एक चलचित्र हलको क्याबिनमा प्रेमको मात्र नभई यौन कै हर्कत देखिएको छ । स्रोत भन्छ,'युवायुवतीहरुले क्याबिनको टिकट काटेर चलचित्र हेर्ने बहानामा यौनजन्य क्रियाकलाप गरेको पाइयो ।'चलचित्र सकिए पछि सफा गर्ने क्रममा प्रयोग गरी छोडीएका कण्डमहरु भेटीएको नाम नखुलाउने सर्तमा हलका एक कर्मचारी बताउँछन् ।हलको व्यवस्थापन पक्षले हल भित्रै यौनजन्य क्रियाकलाप भएको कुरा स्विकार नगरे पनि नाम उल्लेख नगर्ने र्सतमा एक कर्मचारीले हल भित्रै यौनजन्य क्रियाकलाप हुने गरेको बताएका हुन् । चलचित्र हेर्ने बहानामा अधिकांश युवा युवतीले क्याबिन बाहिर पनि चलचित्रमा उत्तेजक दृष्यहरु आउदा त्यस्ता हर्कतहरु देखाउने गरेको ति कर्मचारी बताउँछन् । उनका अनुसार अहिले चलचित्र हलहरु डेटिङ स्पट हुँदैछन् ।झण्डै डेड वर्ष अघि हलहरुको अनुगमन गर्ने क्रममा बिभिन्न हलहरुमा रहेका क्याबिनमा रहेको लक हटाउन लगाइए पनि पछिल्लो समय हलहरुको अनुगमन नहुँदा फेरी हलहरुमा यौनजन्य क्रियाकलापले बढावा पाउने बातावरण बन्दै गएको छ । खासगरी हिन्दी लभ स्टोरी चलचित्रहरु चल्दा चलचित्र हलहरुमा यौनजन्य क्रियाकलापहरु बढ्ने गरेको छ ।पार्कमा जाँदा खुल्ला आकाश मुनि कसैले देख्ने डर, होटलमा जाँदा प्रहरीले छापा मार्ने डर त्यसैले चलचित्र हेर्ने बहानामा चलचित्र हलमा जाने अनि त्यहि के-के गर्नुछ सबै गर्ने । युवा युवतीका लागी सुरक्षीत स्थान बन्दैछ चलचित्र हल डेटिङका लागी । त्यसो त केही समय अघिमात्र बोर्डले शक्तिशाली अनुगमन समिती गठन गर्दै हलको अनुगमनलाई तिब्र पारेको बताइएको छ । अब हेरौ बोर्डले क्याबिन भएका र यौन क्रियाकलापलाई सहजै टेवा दिने हलको वातावरणलाई कसरी सुधार गर्ने हो ।

समीक्षा : चलचित्र अरबपति

चलचित्र : अरबपति
निर्देशक : दयाराम दाहाल
निर्माता : दयाराम पुडासैनी
कलाकार : निखिल उप्रेती, झरना थापा, प्रमोद दीप
श्रेणी : फेन्टासी र एक्सन
रिलिज : १३ साउन, २०६८ तपाईँ रातारात धनी बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने 'माटो र मानव' दलाली गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । त्यसबाहेक अझ सक्नुहुन्छ भने राजनीति गर्नुस र भ्रष्ट बन्नुस । 'ग्रुप' बनाउनुस र हतियारसहित हप्ता उठाउने, मानिस उठाउने, ठेक्कापट्टा गर्ने आदि गर्नुस तपाईँ धनी बन्न सक्नुहुन्छ । इमान्दारिताका साथ मिहेनत गरेर तपाईँ बाँच्न सक्नुहुन्छ यो देशमा धनी बन्न गाह्रो हुन्छ । यसै परिप्रेक्ष्यमा एउटा नयाँ तरिका पनि छ रातारात धनी बन्नको लागि र त्यो तरिका सिकाएको छ-चलचित्र 'अरबपति'ले र त्यो हो धनी बाउकी एक्ली छोरी पट्याउने र विहे गर्ने ।यदि त्यही योजना बुनेर काठमाडौंका सडकमा भौंतारिरहेको केटोसँग धनी घरको एक्लो छोरो पट्याएर विहे गर्ने योजना बुनेर काठमाडौंको सडकमा भौंतारिरहेकी केटी भेट्टिइ भने के हुन्छ ? यस चलचित्रको कथावस्तु यही हो । यस चलचित्रमा धनीको स्तर 'अरबपति' भनिएको छ तर अरबपतिको जीवनस्तर, रहनसहन, व्यवहार र त्यसको विश्वसनिय सेटिङको अभावमा यो कथा हावाको महलमात्र भएको छ ।कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतीकरण यी दुई यस्ता आधारभूत गुण हुन् जुन बिना चलचित्र निर्माण फगत एउटा दलाली मात्र हुनेछ । तपाईँ जस्तोसुकै परिस्थितीको पनि कल्पना गर्नसक्नुहुनेछ । तर, तपाईँ त्यसलाई विश्वसनिय ढंगबाट प्रस्तुत गर्न सक्नुहुन्न भने त्यो केवल तपाईँको कल्पना मात्र हुन्छ सृजना हुनसक्दैन । नेपाली चलचित्रको आधारभूत समस्या नै यी दुई पक्षमा केन्द्रित छन् ।
कल्पनाको स्तर मुम्बइभन्दा पर जान नसक्नु र आफ्नो माटो र जनतालाई कल्पनाको आधार बनाउन नसक्नु तथा त्यसको विश्वसनिय प्रस्तुतिकरण पूर्णरुपले अविश्वसनिय र अव्यवहारिक प्रस्तुति हुनु नेपाली चलचित्रको सबैभन्दा डरलाग्दा रोग हुन् । पात्र, परिवेश समय र स्थानले त्यो विश्वसनियता हासिल गर्न नसक्दा दर्शक र चलचित्र बीचको सम्बन्ध पूर्णरुपले गाँसिन नसकिरहेको वर्तमानको यथार्थमा अरबपति चलचित्र पूर्णरुपले गरिब मानसिकताको उपज मात्र हो भन्दा फरक नपर्ला । प्रश्न गम्भिर छ -'चलचित्र केवल प्रविधि मात्र हो कि विचार पनि हो ? या दुवैको मिश्रित रुप ? यस प्रश्नलाई गम्भिररुपले मूल्यांकन नगरी नेपाली चलचित्रका अधिकांश चलचित्रको रोगलाई चिरफार गर्न सकिँदैन । कुनैपनि चलचित्र प्राथमिकरुपमा शब्दको सहाराले कागजमा बन्दछ । यसकारण विचार प्राथमिक हो भनेर भन्न सकिन्छ; त्यसपछि बल्ल प्रविधिको छनौट गरिन्छ अनि प्राविधिक र कलाकारहरु । विचार साध्य हो भने प्रविधि साधन ।

तर, नेपाली अधिकांश चलचित्रमा प्रविधि साध्य र साधन दुबै बनेको छ अनि विचार गौण । 'अरबपति' यही आधारको चलचित्र बनेको छ । जसमा पटकथाको गरिबी यति भयङ्कर ढंगले झल्किन्छ कि तपाईँ त्यो तुच्छ मानसिकताको सिकार हुनुपरेकोमा हलभित्र आफैलाई धिकारिरहनुहुनेछ । निर्देशकको कल्पनाशिलता र त्यसको यथार्थ प्रस्तुतिकरणको हकमा यो चलचित्र यति गरिब बन्न पुगेको छ कि तपाईँ आफ्नो टिकटको पैसा फिर्ता माग्न मिल्ने भए गुहार माग्न जानुहुन्छ । गरिबीको अर्को नमुना कलाकारहरुको अभिनयमा पाइन्छ जहाँ निखिल उप्रेती एक रोबोटजस्ता देखिएका छन् जसको अनुहारमा कुनै भाव देखिदैँन । केवल हात र खुट्टा चल्दछ, उफ्रन सक्दछन् अनि पिट्न माहिर छन् त्यत्ति हो । झरना कराउन नाच्न र उफ्रन जान्दछिन् तर सरलता र गम्भिरता छैन । नयाँ केटा प्रमोद दीपको अनुभवको अभाव प्रष्ट झल्कन्छ ।प्राविधिकरुपमा 'छाप्ने प्रवृत्ति'को निरन्तरताकै रुपमा यस चलचित्रले पनि आफ्नो चरित्र ग्रहण गरेको छ । गीत, संगीत, नृत्य तथा द्वन्द्व जसलाई नेपाली चलचित्रले फाइट वा मारधाडको रुपमा ग्रहण गरेको छ । यी पक्षमा यो चलचित्र केवल पुनरावृत्ति मात्रै हो । यी पक्ष प्रायशः नेपाली चलचित्रमा उस्तै-उस्तै स्थानमा कारण र उद्देश्यका साथ राखिएको हुन्छ उस्तै तरिकाले राखिएको र बनाइएको हुन्छ ।यस कारण यस चलचित्रको सवल पक्ष खोजिरहँदा मरुभूमिमा हीरा खोजेजस्तै भौँतारिनेसिवाय अरु कुनै उपलब्धी हासिल हुनसकेन । यसरी लाखौं रुपंैया खर्च गरेर कुनै चलचित्रको उत्पादन गर्न खोजिन्छ भने कुनै बिशेषता रोकेर वा विशेष कारणले चलचित्र निर्माण गर्नु स्वभाविक प्रक्रीया हुन सक्दछ तर फगत चलचित्र निर्माण गर्नकै लागि केहीका शौख पुरा गर्नकै लागि र केही रकम कमाइहालिन्छ, चर्चा चलिहाल्छ भन्ने दलाली मनोविज्ञान बोकेर चलचित्र निर्माण क्रम व्याप्त हुँदै जानु नेपाली चलचित्रको दुर्भाग्य हो ।यो चलचित्रको समीक्षा गरेर समय खेर फालिरहँदा एउटा प्रश्न दिमागमा घुमिरहॆको छ के हाम्रा समीक्षाहरुले यस्ता चलचित्रकर्मीलाई यस्ता गल्ती नदोहोर्‍याउन उत्प्रेरणा दिन्छन् होला त ? समीक्षालाई आफ्नो जीवनको व्यावसायिक पाटो मान्ने हो भने नेपाली चलचित्रले पक्कैपनि कुनै समयअवधिमा उपलब्धी हासिल गर्नेछ । समीक्षाको सुरुवात आत्मसमीक्षाबाट हुन्छ र अन्त्यपनि आत्मसमीक्षाबाटै हुन्छ । हाम्रा समीक्षकहरुले उहाँहरुलाई आत्मसमीक्षा गर्ने बाटोमात्रै देखाउने हो । समीक्षा गर्दै सुधार गर्दै आफ्नो विशेषता स्थापित गर्न कटिबद्ध हुँदै नेपाली चलचित्र क्षेत्र अगाडि बढ्ने हो भने कुनैपनि चलचित्रकर्मी अरबपति नभएपनि करोडपति बन्न कुनै धनी घरको एक्लो छोरा वा छोरी खोज्दै काठमाडौंका सडकमा भौँतारिनुपर्दैन ।

सुष्माको पब्लिसिटी फण्डा !

धैर्य कष्टदायी हुन्छ । हिरोइन सुष्मा कार्की यतिबेला अधैर्यसँग संघर्ष गरिरहेकी छिन् । आउँदो गुड फ्राइडेले सुष्मालाई यतिबेला बेचैन तुल्याइरहेको छ । जुन दिन सुष्माले सोलो लिड हिरोइनका रुपमा खेलेको फिल्म 'के यो माया हो' सार्वजनिक हुँदैछ । काउन्टडाउन सुरु भएसँगै सुष्मालाई पब्लिसिटीको चटारो पनि उत्तिकै छ । अन्तवार्ता, फ्यानसँगको गेट-टुगेदरले यी बालालाई व्यस्त बनाइदिएको छ ।यही चटारोमा सुष्माले पब्लिसिटी फण्डाका रुपमा अर्को एक किस्सा फ्याँकेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा 'ब्याच नम्बर १६' को-एक्ट्रेसले आफू सिङ्गल रहेको उल्लेख गरेकी छिन् । आफ्नो नीजि र प्रेमजीवन बारे मिडियाले लेखिरहँदा सुष्माले आफू सिङ्गल रहेको लेखेकी छिन् । तर, यो वास्तविक नभएर फिल्म पब्लिसिटी गर्ने मसलाका रुपमा सुष्माको उक्त स्टाटसलाई लिन सकिन्छ । उनको प्रेमजीवन सबैलाई थाहा भएको कुरा हो ।सुदर्शन थापा निर्देशित चलचित्रमा सुष्मा लिड एक्ट्रेस छिन् ।फिल्ममा उनको अनस्क्रिन रोमान्स चाँहि लभरब्वाइ आर्यन सिग्देलसँग छ । आफूलाई सिङ्गल लेखेर हाम्री सुष्माले ध्यान आफूतिर तान्ने काइदा अँगालेकी छिन् । यदि सुष्मा साँच्चिकै सिङ्गल हुन् भने सिङ्गल भनेहुन्छ । होइन भने आफूलाई सिङ्गल बताएर फ्यानहरुलाई मन दुःखाउने काम चाहिँ सुष्माले गर्नेछैनिन् ।

किस गर्दै नयाँ कलाकारहरु

चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' मा नायिका अरुणिमा लम्सालले नायक मुकेश ढकाललाई किस गरेकी थिइन । तर प्रचारमा भने मुकेश नै अगाडी आए । त्यति मात्र कहाँ हो र त्यस पछि पनि चलचित्रमा किस गर्ने क्रम रोकीएन मुकेशको ।किस सिनकै कारण चलचित्र चल्छ भन्नु त भ्रम मात्रै होला । तर प्रचारमा भने किस सिनले पहिलो प्राथमिकता पाउने गरेको देखिरहेका छौ । मिडियामा चर्चा पाउन आशैले होला डेब्यु कलाकारहरु प्राय किस सिन दिन हिचकिचाउदैनन् । कथाले मागेको भन्दै किस सिन दिएर चर्चामा आउने नायक नायिकाहरु प्राय नयाँ वा स्थापित हुन चाहिरहेका अनुहार नै हुन्छन् ।चलचित्र शिलशिलाको किस सिनबाट राज तिमल्सिना र सोनिया केसी चर्चामा आए । चलचित्र द युगदेखी युगसम्ममा त झन राजेश हमाल र नन्दिताको केसीको किसले खुबै हल्लाखल्ला मच्चायो । 'आफ्नो मान्छे आफ्नै हुन्छ' को किस सिनबाट मुकेश ढकाल अनि ब्याच नम्बर १६ बाट सुस्मा कार्कीले सञ्चार माध्यममा राम्रै स्थान ओगटे । चलचित्र रिलिज भैइनसकेको र चलचित्रको प्रचारप्रसार पनि खासै नभएको भएपनि नायिका नीता ढुंगानाको किसको चर्चा पनि बेला बेला चल्ने गरेको छ । उनले मुकेश ढकालसँग चलचित्र 'हाम्रो माया जुनीजुनीलाई' मा किस दिएकी छिन् ।यसरी हेर्दा पछिल्लो समय मात्रै केही नयाँ अनुहारहरुले किस सिन दिए पनि मुकेश ढकाल मात्रै यस्ता नायक ठहरिए जसले ह्याट्रिक नै गरिसके । उनले चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ, हाम्रो माया जुनीजुनीलाई र प्लानमा राजेन्द्र खड्गीकी छोरी रागीनीलाई समेत किस गर्न भ्याएका । चलचित्र हाम्रो माया जुनिजुनीलाईमा किस सिन दिएकी निताले आफुले मन नलागी नलागी किस दिएको बताइन । त्यस्तै किस सिनका कारण चर्चा पाउने पालो अब रागीनीको छ । चलचित्रको कथाले मागेका कारण किस सिन दिएको बताउदै आएकी रागीनिले यसलाई सहज रुपमा लिएको पाइए पनि उनको किस सिनलाई दर्शकले कत्तिको सहज रुपमा लिने हुन त्यो हेर्न भने बाँकी छ ।

थेगो नै बनाए रोजले

भन्छन् सुखमा सबै आफ्ना अनि दुखमा सबै पराई । तर यतिबेला नेपाली चलचित्रका एक निर्माता तथा नायकले सुख होस् वा दुख सबैलाई भन्ने गर्दछन् 'म छु नि तिम्रो' । साँच्चिकै दु:खका बेला आपत आइलाग्दा तपाईलाई कसैको सहयोग चाहिएको बेला उनले सहयोग गर्लान् नगर्लान् तर मुखले चाहिं पटक पटक भन्ने गर्दछन् की 'म छु नि तिम्रो' ।तपाईलाई लाग्न सक्छ यो त रोजको थेगो रहेछ नत्र पटकै पिच्छे यहि वाक्य किन बोल्छन् उनी । रोजले निर्माण गरेको चलचित्रको नाम हो 'म छु नि तिम्रो' यस कारण आफ्नो चलचित्रको प्रचारका लागी यो वाक्यको प्रयोग गरेका छन् । चलचित्र चल्नु अगावै चलचित्रको नाम धेरैले थाहा पाउन भनेर आफुले 'म छु नि तिम्रो' भन्न थालेको रोजले बताए ।लभ स्टोरी चलचित्र भनिएको 'म छु नि तिम्रो' तिहारका अवसरमा प्रदर्शन हुने भएको छ । 'तिहारका आवसरमा देशभर प्रदर्शन गर्ने पक्का भयो', उत्साहित मुद्रा भेटीएका रोजले बताए । हुन त चाड पर्व आउदा साथ चलचित्र चलाउन चलचित्रकर्मीहरुको भिड नै लाग्ने गर्दछ । तर रोजले भने चाड भन्दा पनि सबै कुरा मिलाउदा तिहार पुगेको बताउदै चाडमा चलचित्रको ब्यापारलाई केही सर्पोट हुन सक्ने भएकाले यहि समय रोजिएको हो । रोजले चलचित्र 'म छु नि तिम्रो' अहिले सम्म आफुले निर्माण गरेका चलचित्रमा सबैभन्दा उत्कृष्ठ भएको बताए ।सोफिया सिने आर्टको ब्यानरमा रोज राणाले निर्माण गरेको चलचित्र 'म छु नि तिम्रो' लाई मदन घिमिरेले निर्देशन गरेका हुन् । रोज राणा, सौजन्य सुब्बा, आयुष रिजाल लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्रको कथा र पटकथा मौनता श्रेष्ठले लेखेका हुन् । चेतन सापकोटा र बसन्त सापकोटाको संगीतमा कलाकारलाई नचाउने काम चाहिं कबिराजले गरेका छन् । रिलिज अगाडी प्रचारका लागी चलचित्रको नामलाई नै थेगो बनाएका यि नायकले सबैलाई 'म छु नि तिम्रो' भने पनि दर्शकले रोजको चलचित्र हेर्न 'म छु नि तिम्रो' भन्ने हुन् की हैनन् त्यो भने तिहारमा मात्र थाहा हुनेछ ।

संयमको प्रशंसा

आगो, आफ्नो मान्छे, दोमन, धर्म पुत्र लगायतका थुप्रै चलचित्रमा बालकलाकार भएर अभिनय गरेका संयम पुरीले चलचित्र 'सायद'मा प्रमुख पात्रको भुमिका निर्वाह गरेका छन् । निर्देशक सुरज सुब्बाले निर्देशन गरेको सो चलचित्रमा संयमले युवापुस्ताको प्रतिनिधित्व गर्दै आफ्नो भुमिकालाई ससक्त रूपमा निर्वाह गरेका छन् ।प्रदर्शनको क्रममा रहेको सो चलचित्रको राजधानीमा ट्रायल शो गरिएको छ । नेपाली चलचित्र क्षेत्रका प्रमुख व्यक्तिहरूलाई निमन्त्रणा गरिएको सो ट्रायल शोमा अधिकांशले संयमको प्रशंसा गरेका छन् । निर्देशक नारायण पुरीका १९ बर्षिय पुत्र संयमले सो चलचित्रमा प्लस टु अध्ययनरत दुर्व्यसनि युवकको भुमिका निर्वाह गरेका छन् र सो भुमिका न्याय पूर्ण तरिकाले निर्वाह गरेको चलचित्र हेरेका चलचित्रकर्मी तथा सञ्चारकर्मी बताउँछन् ।एक सातासम्म चल्ने सो ट्रायल शोमा चलचित्र बुझेका चलचित्रकर्मी र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको हो ताकी उनीहरूले चलचित्रमा देखिएका कमि कमजोरी औंल्याउन सकुन् ।बिशेष गरी युवापुस्ता लाई केन्द्रित गरेर निर्माण गरिएको सो चलचित्रको कथाबस्तु मन परेर नै अभिनय गरेको संयम बताउछन् । अहिलेको युवाहरूको प्रतिनिधित्व गरेर चलचित्रको पर्दामा देखिन पाएकोले पनि उनी निकै खुसी देखिन्छन् । त्यसैमाथी सबैले प्रशंसा गर्दा त उनको खुसी चुलिएको छ । बाटो मुनिको फूल निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक सुब्बाले पनि संयमको अभिनयमा निखार ल्याउने आफूले निकै कोसिस गरेको बताए । उनका अनुसार सो भुमिकामा न्याय गर्ने कलाकार नै संयम हुन् ।

कुरा मात्रै ठूला

आमा र बहिनीलाई लागूऔषध खुवाएर हत्या गरेको अभियोग लागेको मोस्ट वान्टेड सूर्य वास्तविक हत्यारा मन्त्रीदेखि प्रहरी अधिकृतसम्मकै हत्या गर्न लुकीछिपीमा छ । उता बाबुका हत्यारासँग बदला लिन चाहन्छे उषा । पकेट मारेर जीवन चलाउने रक्षा अनि हीरा चोर्ने सुरज । यी सबैलाई तह लगाउने डीएसपी अर्जुन (निखिल) ।पढ्दा लाग्न सक्छ, शुक्रबार प्रदर्शनमा आएको 'द मोस्ट वान्टेड' भयंकर नै छ । तर पढ्दा र देख्दामा धेरै तलमाथि हुन सक्छ । दिनेश पौडेलको पहिलो निर्देशन एक्सनपूर्ण बनाउन पात्रले बोल्ने संवादमा कुनै कम्प्रोमाइज गरिएको छैन । तिनको बोलीले स्थापित गर्न खोजेको सेटिङलाई भिजुअलले भने सघाउँदैन । कैदका लागि लैजाँदै गर्दा प्रहरी घेराबाटै फरार सूर्यले आफ्नै आँखाअघि आमा र बहिनीको हत्या गर्ने अपराधीलाई सिध्याउन चालेका कदममा दम छैन । सुरक्षा सावधानीलाई फिल्मले पूर्णतः लत्याइदिएको छ । मोस्ट वान्टेड भनिएका पात्र दिउँसै व्यस्त सडकमा घुम्नु र समस्यामा पर्ने जोकोहीलाई सहयोगी भाव देखाउँदै निर्धक्क हिँड्नु अर्को आश्चर्य ।पौडेलकै लेखन 'द मोस्ट वान्टेड' को शीर्षक अनुसार नै केन्द्रीय पात्रमा वान्टेड खेपेका सूर्य (राजेश) छ, जसले लघुशंकाको निहुँमा प्रहरीको आँखा सजिलै छल्न सक्छ । भाग्ने क्रममा उसको भेट उषा (तेजुला) सँग हुन्छ । एक्सनपूर्ण बनाउन खोजिएको फिल्ममा पात्रका बीच प्रेमलाई पनि अटाउने प्रयास त गरिएको छ, तर योजनाबिनै । तिनलाई मायालु पाउन समस्यै पर्दैन, बस, एकपटक आँखा जुध्नुपर्‍यो ।स्त्रिप्टका हिसाबले यो फिल्म कमजोर छ । मर्न र मार्नमै फिल्म सकिन्छ । फितलो कथालाई लामा नीरस फाइट सिनले छपक्कै छोपेका छन् । फिल्मका घटनाले नयाँपनको सञ्चार गर्दैनन् । पुरानै फर्मुलाको जोडजाडमा फिल्मले अलमलिएको छ । निखिल शैलीका हावामा हुने फाइटलाई मसलाका रूपमा भरपुर प्रयोग गरिएको छ ।'द मोस्ट वान्टेड' को सांगीतिक पक्ष भने केही सबल छ । पृष्ठभूमि र गीत दुवैमा हरि लम्सालले संगीत भरेका हुन् । पृष्ठभूमिको संगीतमा हरिले सनातन चर्को संगीत दिनुबाहेक पृथक् काम गरेका त छैनन्, तर गीत-संगीतमा राम्रै काम देखाएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा वेशभूषाको विविधता राम्रो छ । लोकेसन छनोटका हिसाबले पनि नाचगानको पाटो फिल्मको अन्य पक्षको तुलनामा राम्रो छ । एक्सन फिल्म भए पनि द्वन्द्व निर्देशकले एक्सनलाई रिच बनाउन सकेका छैनन् ।खतरनाक गुन्डा त भनिन्छ तर यति कमजोर लाग्छन् कि उनीहरूकै अड्डामा गएर एक व्यक्तिले मुड्कीका भरमा काम तमाम गरिदिन्छ । हिरोलाई शक्तिशाशी देखाउन विरोधीलाई पनि उत्तिकै सक्षम देखाउन सकेको भए एक्सनको मजा दर्शकले पनि पाउन सक्थे । निर्देशकले कलाकारबाट राम्रो काम लिन पनि सकेका छैनन् । प्रायः नयाँ कलाकार खेलाउँदाको चुनौतीलाई उनले आत्मसात नगर्दा कुनै पनि कलाकार जम्न सकेका छैनन् । पात्रले बोल्ने संवाद अत्यन्तै 'फिल्मी' शैलीका छन्, जसले वास्तविकता चित्रण गर्न सघाउ पुर्‍याउँदैन

डेढवर्षपछि निखिलको कमब्याक

डेढवर्षपछि निखिल उप्रेती अभिनेताका रुपमा नेपाली सिनेमामा पुनरागमन गरेका छन् । पारिवारिक किचलोपछि उनी भारत हानिएका थिए जहाँ उनले स्काइ डाइभिङको तालिम र भोजपुरी सिनेमामा काम गरे । पारिवारिक स्रोतका अनुसार निखिल बुधबार बेलुका काठमाडौं फर्कँदैछन् र लामो समयको अन्तरालपछि नेपाली सिनेमालाई निरन्तरता दिँदैछन् ।सुमन दाहालले निर्देशन गर्ने अपकमिङ प्रोजेक्ट 'यो मन'मा निखिलले साइन गरेका छन् । अपोजिटमा नन्दिता केसी अनुबन्धित भएकी छिन् । नेपाल फर्किएपछि निखिलले गर्न लागेको यो पहिलो सिनेमा हो; यसअघि चलचित्र 'कसम' खेलेपछि उनी कान्छी पत्नी सन्चिता लुइँटेललाई लिएर मुम्बइ पुगेका थिए । निखिल अभिनित झन्डै दर्जन चलचित्र रिलिजको प्रतिक्षामा छन् यद्यपी फर्मुला श्रेणीको 'यो मन' उनको पहिलो कमब्याक सिनेमा हुनेछ ।अधिकांश छायांकन थाइल्यान्डमा गरिने सिनेमाका लागि चाँडै निर्देशक दाहाल निखिल र नन्दितालाई लिएर त्यसतर्फ लाग्दैछन् । भदौ १ बाट सिनेमा फ्लोरमा जानेछ । खासगरी एक्सन सिनेमामा रुचाइएका निखिल पछिल्लो वर्ष अभिनयभन्दा पनि पारिवारिक अस्थिरताले चर्चामा आए । कान्छी अभिनेत्री पत्नी सन्चिता गर्भवती भएर काठमाडौं बस्न थालेपछि निखिलको कमब्याकबारे गाइँगुइँ चलेको थियो ।

दोहोरीमै व्यस्त सम्झना

लोकदोहोरीमार्फत् परिचय बनाउनेको संख्या थपिँदै छ। अभिनयमा जम्ने सपनाका साथ कलाकारितामा लागे पनि सम्झना बुढाथोकीको लोकप्रियता लोकदोहोरीले बढाएको छ। केही समय यता लोकदोहोरी भिडियोमा उनी एकछत्र मोडलका रूपमा देखिएकी छिन्। 'दर्शकको माया पाएकै कारण दोहोरीमा काम पाइरहेकी छु,' सुटिङको क्रममा शंखपार्कमा भेटिएकी उनले भनिन्, 'त्यसैले आजभोलि भ्याइनभ्याइ छ।' तीज नजिकिँदै गर्दा उनको व्यस्तता पनि बढेको छ। 'अचेल सुटिङ बढेको छ। कहिले पोखरा र कहिले राजधानीका विभिन्न ठाउँमा सुटिङ पर्छ,' बिहान घरमा खाजा खाएर निस्कने सम्झनाले दिउँसोको खाना सुटिङ स्पटमै खाने गरेको बताइन्।२०५२ देखि नृत्यमा प्रवेश गरेकी सम्झनाको कलालाई लोकदोहोरीले चिनायो। 'मैले विभिन्न फिल्ममा आइटम डान्स पनि गरेकी थिए,' उनले भनिन्, 'तर डान्सरका रूपमा लोकदोहोरीले चिनाइदियो।'हरेक दिन टेलिभिजका पर्दामा छमछमी नाचेको देख्न पाइन्छ उनलाई। मोडलिङकै लहडमा विभिन्न सिरियल र फिल्ममा समेत हात हालेकी उनी पछिल्लोपटक दोहोरी नृत्यमै व्यस्त भएकी छिन्।अहिले तीजका गीतको काम प्रशस्त आइरहेको उनले बताइन्। 'तीज नजिकिँदै छ, तीजका दोहोरी गीत रेकर्डिङ हुन्छन्, यस्तै गीतमा नाच्नुपर्छ,' उनले भनिन्, 'जेठ अन्तिमबाट सुरु भएको तीज गीत साउनको मध्यसम्म चल्छ।' तीजका गीत सके पनि उनको लागि चिन्ताको विषय रहेन। मौसमी गीतको छायांकन वर्षैभर भइरहन्छ। यसपछि दशंैतिहारका र विभिन्न चाडपर्वका गीतमा नाच्नुपर्ने उनले बताइन्।'बेरोजगार'फिल्ममा हिरोइन बनेकी उनी म्युजिक भिडियोमा बढी रमाउने बताउँछिन्। 'म्युजिक भिडियोमा आफूले गरेको काम छिट्टै हेर्न सकिन्छ, फिल्ममा लामो समय कुर्नुपर्ने हुन्छ,' कमाइका हिसाबले पनि यो काम ठिक रहेको उनको तर्क छ।स्टेज कार्यक्रममा पनि प्रशस्तै निम्ता आउँछ उनलाई। नाच्नकै लागि अस्ट्रेलिया, जर्मनी, फ्रान्स,खाडी मुलुक र भारतका नेपालीमाझ समेत उनी पुग्ने गर्छिन्। डान्सर शंकर बिसीसँगको जोडी दर्शकले रुचाएको प्रतिक्रिया पाएकी छिन् उनले।डान्समा फिट हुन सकेसम्म भात नखाने बताइन् उनले। बिहान पाँच बजे उठेर व्यायाम गर्ने गरे पनि आजभोलि तौल बढेकोमा उनी चिन्तित छिन्।नेपाल टेलिभिजनको'चेतना'टेलिसिरियलबाट करियर सुरु गरेकी सम्झनाले 'नौडाँडापारि','एक नम्बरको पाखे', 'सिउँदोको सिन्दुर' जस्ता फिल्ममा आइटम डान्स गरेकी छिन्। फिल्म लाइनले भन्दा लोकदोहोरीले आफ्नो कला निखारिएको उनको अनुभव छ। हिरोइनको जतिकै नाम र दाम दोहोरीबाटै मिलिरहेकोले फिल्ममा खेल्न अतुरी नभएको उनले प्रष्ट्याइन्।

नेपाली सिनेमाका स्टारपावर

राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल नेपाली सिनेमाका शक्तिशाली सेलिव्रेटी हुन् । सिनेमाको आम्दानी र स्टार पावरको अंकगणितले यस्तै भन्छ । पछिल्ला वर्षमा रिलिज भएका सिनेमा र ती सिनेमाले गरेको आम्दानीका आधारमा राजेश, रेखा र आर्यन शक्तिशाली सेलिव्रेटी भएका हुन् । यी तीनैजना स्टारले अभिनय गरेका सिनेमाहरु अपवाद बाहेक कुनैपनि फ्लप छैनन् । तीनैजना स्टारर सिनेमाले नेट अथवा ग्रस कलेक्सनमा सुपरहिट, हिट र औषत परिणाम कायम राखेका छन् ।राजेश यस्ता कलाकार हुन् जसले निर्मातालाई औषत अथवा हिट सिनेमा दिलाएरै छाड्छन् । राजेशका अधिकांश सिनेमाले ५० लाखको औषतमा आफूलाई कायम राखेका छन् । पछिल्लो वर्ष राजेशकै 'प्रहार'ले ६० लाख ग्रस बटुल्यो । च्यारिटीको ९० लाखलाई छाडिदिने हो भने नियमित प्रदर्शनबाट मात्र राजेशको 'दशगजा'ले ७० लाख कमायो । 'धर्मा' ४७ लाख, 'साहसी' ४० लाखमा अनमार्क रहे । राजेशलाई चुनौति दिने ठानिएका विराजका दुई सिनेमा मात्र हिट रहे अरु सबै फ्लप । राजेशको कलेक्सन पावरको अनुपात ५० को हारहारीमा छ । डीसीएनले बाँडेका सबै सिनेमामा राजेशका चलचित्रले वितरकलाई पनि मुनाफा भएको देखिन्छ ।अभिनेत्रीमा रेखा थापाको ग्रस पावरलाई कसैले चुनौती दिन सकिरहेको छैन । रेखा अभिनित 'कसले चोर्‍यो मेरो मन' सुपरहिटसहित डेढकरोड ग्रसमा रह्यो । 'हिफाजत' ९१ लाखसहित हिट दर्जामा रह्यो । 'बाटो मुनिको फूल' १ करोड, 'प्रहार' ६० र 'गंगाजल' ५७ लाखमा रहे । रेखाका कुनैपनि सिनेमा फ्लप छैनन् । आम्दानीको दौडमा रेखा नेपाली सिनेमाकी एक्ली धाविका हुन् । हिरो आर्यन सिग्देल हमालपछिका स्टारपावर हुन् । आर्यनका कुनैपनि सिनेमा फ्लप छैनन् । हिट या औषत सिनेमा पस्किएका आर्यनले निर्मातालाई नाफा दिइरहेका छन् । आर्यन अभिनित 'मेरो एउटा साथी छ' ६७, 'कसले चोर्‍यो मेरो मन' डेढकरोड, 'फस्टलभ' १ करोड ३० लाख, 'कोही...मेरो' औषतसहित ४० लाखमा सीमित छन् । पछिल्लो समयपनि यी तीनैजना स्टारपावरको बजार अवस्था सुदृढ छ ।

खस्कियो काठमाडौँको फिल्म व्यापार

सन्तोष रिमाल, काठमाडौं, असार ३०- १० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो। समीक्षकहरूको पनि मन जितेको 'छोडी गए पाप लाग्ला' वितरकका अनुसार काठमाडौंमा सुपरहिट नै भएको हो। गत वर्ष 'राष्ट्रिय फिल्म अवार्ड'मा उत्कृष्ट ठहरिएको यो फिल्मले निर्माताको गोजी भने गह्रौं पार्न सकेन। अघिल्ला औसत फिल्मको जति पैसा पनि हात नपर्दा निर्माता भट्टराईले महसुस गरे, 'अब सुपरहिटको मान्यता फेरिएछ।' भट्टराईको हिसाबमा आफ्ना अघिल्ला औसत फिल्म 'कर्मयोद्धा,' 'पाहुना' र 'देबरबाबु'को भन्दा 'छोडीगए पाप लाग्ला'को व्यापार कम हो। राम्रो आम्दानी गरेको प्रतिक्रिया पाए पनि उनी ती फिल्मको नतिजा सच्याउन चाहन्छन्, 'विगतमा औसत भनिएका मेरा फिल्मलाई अब सुपरहिट नै भन्नुपर्ने स्थिति आयो। किनभने ती प्रत्येक फिल्मले ३० लाखभन्दा बढी व्यापार गरेका थिए।''आफ्नो मान्छे' देखाउँदा विश्वज्योति हलको बाल्कोनीको टिकट ४८ रुपैयाँ थियो। अहिले त्यो शुल्क एक सय रुपैयाँ पुगेको छ।उपत्यकाका सबै हलको टिकट दर बढे पनि फिल्मको आम्दान भने घटेको छ। १० वर्षपछि ६० लाखबाट घटेर २० लाख थाप्दा पनि 'सुपरहिट' फिल्मको निर्माता भनेर मख्ख पर्नुपरेको छ भट्टराईलाई। धेरै निर्माता यही २० लाख उठाउने सपना बोकेर फिल्म बनाइरहेका छन्।२०६२ सालमा कीर्तिमान राख्ने फिल्म थियो 'हामी तीन भाइ'। शिव रेग्मीको निर्देशनमा बनेको फिल्मको काठमाडौंको आम्दानी ४५ लाख रुपैयाँ कटेको निर्माता जयप्रकाश रिजालले बताए। त्यतिबेला बाल्कोनीको टिकट दर ५० रुपियाँ रहेको उनलाई सम्झना छ। आफ्नो फिल्मले राजधानीमा बनाएको यो 'रेकर्ड' तोडिन तीन वर्ष लागेको उनको भनाइ छ। '२०६५ सालमा रिलिज भएको भुवन केसीको फिल्म 'म तिमीबिना मरिहाल्छु'ले मात्र यो रेकर्ड तोड्यो। बीचका फिल्मले खासै व्यापार गरेनन्,' रिजालले बताए।'सुपरहिट भए २५ लाख, हिट भए १० लाख र फ्लप भए प्रचार सामग्रीको पैसा पनि उठ्दैन,' दुई वर्षयता फिल्म वितरण गर्दै आएका अशोक शर्माले देखाएको हिसाब हो यो। उनी संलग्न वितरण कम्पनी 'डिजिटल सिनेमा नेपाल'सँग तिहारपछि राम्रो व्यापार गर्ने फिल्मको रेकर्ड छैन।उनी पनि १० वर्षअघिको बजारसँग अहिलेको अवस्था दाँज्छन्। 'दर्पणछायाँ फिल्मका निर्माताले काठमाडौंबाट मात्र लगभग १ करोड रुपैयाँ कमाएका थिए। 'तँ त साह्रै बिग्रिस् नि बद्री' र 'आफ्नो मान्छे'ले ६० लाखभन्दा बढी,' कम व्यापार गर्ने फिल्मको बाढी आउन थालेपछि उनको कम्पनीले नयाँ फिल्म वितरण गर्ने काम स्थगित गरेको छ। '२२ फिल्म रिलिज गर्नै बाँकी भएकाले नयाँ फिल्म लिन असमर्थ छौं,' मागभन्दा बढी आपूर्तिले फिल्म बजार असन्तुलित भएकोले यस्तो नियम बनाउनु परेको उनले बताए।उपत्यकाका हलमा बलियो नेटवर्क बनाएका वितरक सुनील मानन्धर अहिले राम्रो चलेका भनिने फिल्मले १० देखि १५ लाखको हिस्सा लैजाने बताउँछन्। हालै फिल्म 'निगरानी'ले २० लाखभन्दा बढी कमाए पनि 'अँगालो यो मायाको'र'दश घन्टा'को व्यापार १ लाख नकटेको उनको दावी छ। केही वर्ष अघिसम्म जतिसुकै फ्लप फिल्मको व्यापार पनि यो हदसम्म नाजुक नभएको सम्झन्छन् उनी। 'कथा र पात्र दोहोरिए। हाम्रा फिल्ममा नयाँपन नै देखिन छोड्यो,' मानन्धर यसलाई फिल्म नचल्नुको खास कारण मान्छन्।फितलो फिल्मको खहरे आएपछि राम्रो फिल्म बनाउने समेत पाखा लाग्दा यो अवस्था आएको कारण दिन्छन् निर्माता केशव भट्टराई।'९० प्रतिशत फिल्मको निर्माणशैली यति झुर छ कि १० प्रतिशत पनि त्यस्तै होला भनेर दर्शकले उपेक्षा गरेका हुन्,' उनले अनुमान लगाए। फिल्ममा 'डिजिटल क्रान्ति'ले विकृति भित्रयाएको समेत औंल्याए उनले। राजधानीका सुविधासम्पन्न मल्टिप्लेक्समा नेपाली फिल्मलाई 'प्रवेश निषेध' गरिनुले पनि व्यापार धरासायी बनेको उनको गुनासो छ। फिल्म चलाउन लाम बस्दैमा बासी बन्ने फिल्मले भारतसँगै रिलिज हुने हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए। शर्मा भने सुविधा सम्पन्न हलले नेपाली फिल्म नचलाएको कुरा स्विकार्देनन्। 'हामीले जयनेपाल र कुमारीमा २२ वटा जति फिल्म चलाएका हौं। अधिकांश दुई दिनमै उत्रियो,' राजधानीको बिग्रदो बजारमा फिल्म र हलको बराबर हात औंल्याए उनले। दुवै पक्षले दर्शकलाई 'अन्डरस्टिमेट' गरेको तर्क दिन्छन् शर्मा।'दर्शकको स्तर बढ्यो। तर, फिल्म बनाउने र हल चलाउनेले त्यसलाई पछ्याउन सकेनन्,' उनले भने, 'सय रुपियाँ तिरेर उडुसले टोक्ने हलमा उही ठर्राका फिल्म हेर्न दर्शक गएनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन।'अब वितरण गर्ने फिल्ममा 'स्टार कास्ट'को पछि नलागी राम्रो फिल्म बनाउनेलाई प्रोत्साहित गर्ने नीति उनको छ सुविधासम्पन्न हलमा नेपाली फिल्म चलाइँदैन। त्यस्ता हलका सञ्चालक फिल्मको स्तरमा खोट देखाउँदै रिलिज गर्न मान्दैनन्। अरु धेरै हलको स्तरप्रति फिल्म निर्माता सन्तुष्ट छैनन्। 'अपवाद बाहेकका धेरै हलमा भौतिक संरचना र प्रदर्शन प्रविधि एकदमै निम्न कोटीका छन्,' यसलाई दर्शक भड्काउने कारक मान्छन् भट्टराई।राजधानीको गंगा हलका सञ्चालक मदनमान बज्राचार्य एकैपटक धेरै हलमा फिल्म चलाउन चाहने निर्मातालाई व्यापार घट्नुको दोष दिन्छन्। 'सँगसँगैका हलमा एउटै फिल्म चलाउनु भनेको आफूमाथि सौता हाल्नु जस्तै हो। यसले होल्डओभर छिटो घट्ने हुनाले फिल्म एक साता पनि टिक्दैन,'धेरैतिर चलाउने होडमा कमसल हलमा फिल्म दिने निर्माता नै व्यापारको बाधक रहेको उनले बताए। स्तर नपुगेको हललाई फिल्म नदिने अधिकार निर्मातामा रहेकोले त्यसमा हेक्का पुर्‍याउन उनले सुझाव दिए।नराम्रा फिल्म बनाउने निर्माताप्रति उनको बेग्लै गुनासो छ। 'हामीलाई यो फिल्म चलाउँछु यो चलाउँदिन भन्ने अधिकार हुँदैन। दर्शकलाई फिल्म मन परेन भने हलमाथि रिस पोख्छन्,' उनको दुखेसो छ, 'दर्शक समय कटाउन हलमा आउँछन्। बोर लाग्ने फिल्म पर्‍यो भने च्यातेको र चुइङ्गम टाँसेको सिट, पान चपाएर थुकेको भित्ता र अपशब्द लेखेको अक्षर हेर्दै टाउको समाउन पुग्छन्।' दोहोर्‍याएर आउने वातावरण बनाउन हल र फिल्मको बराबर भूमिका देख्छन् उनी।

खस्कियो काठमाडौँको फिल्म व्यापार

सन्तोष रिमाल, काठमाडौं, असार ३०- १० वर्षअघि फिल्म 'आफ्नो मान्छे' सुपरहिट हुँदा काठमाडौंका हलहरुबाट निर्माता केशव भट्टराईले ६० लाख रुपैयाँ हात पारेका थिए। तिनै केशवको भागमा तीन हप्ताअघि 'छोडी गए पाप लाग्ला' फिल्मबाट २० लाख रुपैयाँ मात्र पर्‍यो। समीक्षकहरूको पनि मन जितेको 'छोडी गए पाप लाग्ला' वितरकका अनुसार काठमाडौंमा सुपरहिट नै भएको हो। गत वर्ष 'राष्ट्रिय फिल्म अवार्ड'मा उत्कृष्ट ठहरिएको यो फिल्मले निर्माताको गोजी भने गह्रौं पार्न सकेन। अघिल्ला औसत फिल्मको जति पैसा पनि हात नपर्दा निर्माता भट्टराईले महसुस गरे, 'अब सुपरहिटको मान्यता फेरिएछ।' भट्टराईको हिसाबमा आफ्ना अघिल्ला औसत फिल्म 'कर्मयोद्धा,' 'पाहुना' र 'देबरबाबु'को भन्दा 'छोडीगए पाप लाग्ला'को व्यापार कम हो। राम्रो आम्दानी गरेको प्रतिक्रिया पाए पनि उनी ती फिल्मको नतिजा सच्याउन चाहन्छन्, 'विगतमा औसत भनिएका मेरा फिल्मलाई अब सुपरहिट नै भन्नुपर्ने स्थिति आयो। किनभने ती प्रत्येक फिल्मले ३० लाखभन्दा बढी व्यापार गरेका थिए।''आफ्नो मान्छे' देखाउँदा विश्वज्योति हलको बाल्कोनीको टिकट ४८ रुपैयाँ थियो। अहिले त्यो शुल्क एक सय रुपैयाँ पुगेको छ।उपत्यकाका सबै हलको टिकट दर बढे पनि फिल्मको आम्दान भने घटेको छ। १० वर्षपछि ६० लाखबाट घटेर २० लाख थाप्दा पनि 'सुपरहिट' फिल्मको निर्माता भनेर मख्ख पर्नुपरेको छ भट्टराईलाई। धेरै निर्माता यही २० लाख उठाउने सपना बोकेर फिल्म बनाइरहेका छन्।२०६२ सालमा कीर्तिमान राख्ने फिल्म थियो 'हामी तीन भाइ'। शिव रेग्मीको निर्देशनमा बनेको फिल्मको काठमाडौंको आम्दानी ४५ लाख रुपैयाँ कटेको निर्माता जयप्रकाश रिजालले बताए। त्यतिबेला बाल्कोनीको टिकट दर ५० रुपियाँ रहेको उनलाई सम्झना छ। आफ्नो फिल्मले राजधानीमा बनाएको यो 'रेकर्ड' तोडिन तीन वर्ष लागेको उनको भनाइ छ। '२०६५ सालमा रिलिज भएको भुवन केसीको फिल्म 'म तिमीबिना मरिहाल्छु'ले मात्र यो रेकर्ड तोड्यो। बीचका फिल्मले खासै व्यापार गरेनन्,' रिजालले बताए।'सुपरहिट भए २५ लाख, हिट भए १० लाख र फ्लप भए प्रचार सामग्रीको पैसा पनि उठ्दैन,' दुई वर्षयता फिल्म वितरण गर्दै आएका अशोक शर्माले देखाएको हिसाब हो यो। उनी संलग्न वितरण कम्पनी 'डिजिटल सिनेमा नेपाल'सँग तिहारपछि राम्रो व्यापार गर्ने फिल्मको रेकर्ड छैन।उनी पनि १० वर्षअघिको बजारसँग अहिलेको अवस्था दाँज्छन्। 'दर्पणछायाँ फिल्मका निर्माताले काठमाडौंबाट मात्र लगभग १ करोड रुपैयाँ कमाएका थिए। 'तँ त साह्रै बिग्रिस् नि बद्री' र 'आफ्नो मान्छे'ले ६० लाखभन्दा बढी,' कम व्यापार गर्ने फिल्मको बाढी आउन थालेपछि उनको कम्पनीले नयाँ फिल्म वितरण गर्ने काम स्थगित गरेको छ। '२२ फिल्म रिलिज गर्नै बाँकी भएकाले नयाँ फिल्म लिन असमर्थ छौं,' मागभन्दा बढी आपूर्तिले फिल्म बजार असन्तुलित भएकोले यस्तो नियम बनाउनु परेको उनले बताए।उपत्यकाका हलमा बलियो नेटवर्क बनाएका वितरक सुनील मानन्धर अहिले राम्रो चलेका भनिने फिल्मले १० देखि १५ लाखको हिस्सा लैजाने बताउँछन्। हालै फिल्म 'निगरानी'ले २० लाखभन्दा बढी कमाए पनि 'अँगालो यो मायाको' र 'दश घन्टा'को व्यापार १ लाख नकटेको उनको दावी छ। केही वर्ष अघिसम्म जतिसुकै फ्लप फिल्मको व्यापार पनि यो हदसम्म नाजुक नभएको सम्झन्छन् उनी। 'कथा र पात्र दोहोरिए। हाम्रा फिल्ममा नयाँपन नै देखिन छोड्यो,' मानन्धर यसलाई फिल्म नचल्नुको खास कारण मान्छन्। फितलो फिल्मको खहरे आएपछि राम्रो फिल्म बनाउने समेत पाखा लाग्दा यो अवस्था आएको कारण दिन्छन् निर्माता केशव भट्टराई।'९० प्रतिशत फिल्मको निर्माणशैली यति झुर छ कि १० प्रतिशत पनि त्यस्तै होला भनेर दर्शकले उपेक्षा गरेका हुन्,' उनले अनुमान लगाए। फिल्ममा 'डिजिटल क्रान्ति'ले विकृति भित्रयाएको समेत औंल्याए उनले। राजधानीका सुविधासम्पन्न मल्टिप्लेक्समा नेपाली फिल्मलाई 'प्रवेश निषेध' गरिनुले पनि व्यापार धरासायी बनेको उनको गुनासो छ। फिल्म चलाउन लाम बस्दैमा बासी बन्ने फिल्मले भारतसँगै रिलिज हुने हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए। शर्मा भने सुविधा सम्पन्न हलले नेपाली फिल्म नचलाएको कुरा स्विकार्देनन्। 'हामीले जयनेपाल र कुमारीमा २२ वटा जति फिल्म चलाएका हौं। अधिकांश दुई दिनमै उत्रियो,' राजधानीको बिग्रदो बजारमा फिल्म र हलको बराबर हात औंल्याए उनले। दुवै पक्षले दर्शकलाई 'अन्डरस्टिमेट' गरेको तर्क दिन्छन् शर्मा।'दर्शकको स्तर बढ्यो। तर, फिल्म बनाउने र हल चलाउनेले त्यसलाई पछ्याउन सकेनन्,' उनले भने, 'सय रुपियाँ तिरेर उडुसले टोक्ने हलमा उही ठर्राका फिल्म हेर्न दर्शक गएनन् भनेर गुनासो गर्नुको कुनै तुक छैन।'अब वितरण गर्ने फिल्ममा 'स्टार कास्ट'को पछि नलागी राम्रो फिल्म बनाउनेलाई प्रोत्साहित गर्ने नीति उनको छ सुविधासम्पन्न हलमा नेपाली फिल्म चलाइँदैन। त्यस्ता हलका सञ्चालक फिल्मको स्तरमा खोट देखाउँदै रिलिज गर्न मान्दैनन्। अरु धेरै हलको स्तरप्रति फिल्म निर्माता सन्तुष्ट छैनन्। 'अपवाद बाहेकका धेरै हलमा भौतिक संरचना र प्रदर्शन प्रविधि एकदमै निम्न कोटीका छन्,' यसलाई दर्शक भड्काउने कारक मान्छन् भट्टराई।राजधानीको गंगा हलका सञ्चालक मदनमान बज्राचार्य एकैपटक धेरै हलमा फिल्म चलाउन चाहने निर्मातालाई व्यापार घट्नुको दोष दिन्छन्। 'सँगसँगैका हलमा एउटै फिल्म चलाउनु भनेको आफूमाथि सौता हाल्नु जस्तै हो। यसले होल्डओभर छिटो घट्ने हुनाले फिल्म एक साता पनि टिक्दैन,' धेरैतिर चलाउने होडमा कमसल हलमा फिल्म दिने निर्माता नै व्यापारको बाधक रहेको उनले बताए। स्तर नपुगेको हललाई फिल्म नदिने अधिकार निर्मातामा रहेकोले त्यसमा हेक्का पुर्‍याउन उनले सुझाव दिए।नराम्रा फिल्म बनाउने निर्माताप्रति उनको बेग्लै गुनासो छ। 'हामीलाई यो फिल्म चलाउँछु यो चलाउँदिन भन्ने अधिकार हुँदैन। दर्शकलाई फिल्म मन परेन भने हलमाथि रिस पोख्छन्,' उनको दुखेसो छ, 'दर्शक समय कटाउन हलमा आउँछन्। बोर लाग्ने फिल्म पर्‍यो भने च्यातेको र चुइङ्गम टाँसेको सिट, पान चपाएर थुकेको भित्ता र अपशब्द लेखेको अक्षर हेर्दै टाउको समाउन पुग्छन्।' दोहोर्‍याएर आउने वातावरण बनाउन हल र फिल्मको बराबर भूमिका देख्छन् उनी।

किन कुटिए शोभित ?

चलचित्रका दृष्यहरुमा हामीले देखेका छौ नायक तथा खलनायकको लर्डाई । जव खलनायकको कुकर्मले सिमा नाघ्न थाल्दछ तव उसले नायकको राम धुलाई भेट्छ र पनि उसमा अहम कायमै हुन्छ र अन्तत: उसको पतन नै हुन्छ । हो यस्ता दृष्यहरु धेरै हेरेका छौ हामीले निर्देशक शोभित बस्नेतका चलचित्रहरुमा पनि । उनले आफ्ना चलचित्रमा नायक र खलनायक बिचको द्धन्द्धलाई त धेरै पटक वास्तविक नै हो कि जस्तै गरेर देखाएका छन् । अहिले यिनै निर्देशक चलचित्रको खलनायककै जस्तो ब्यवहारका कारण रियल लाईफका नायकको कुटाई खान पुगेका छन् । चलचित्र चिनोको निर्माणताका पोखराका कुमार गुरूङसंग लिएको ४ लाख रुपैया फिर्ता नगर्दा उनि चलचित्रकै शैलीमा कुटिएका हुन् । करीब २ वर्ष गण्डकी अञ्चल भर च्यारीटी गर्न पाउने तथा चलचित्र रिलिज हुनु अगावै पैसा फिर्ता गर्ने शर्तमा शोभितले पैसा लिएका थिए । तर शोभितले उनलाई चलचित्रका केही दृष्यमा खेलाए पनि अन्य कुनै पनि शर्त पुरा गरेनन् । चलचित्र रिलिज भयो राम्रो ब्यापार पनि गर्‍यो तर पनि कुमारले पैसा फिर्ता पाएनन् । गुरूङले पटक पटक टेलिफोन गरे तर शोभितले फोनमा कुरै गरेनन् । उनि भेट्न आए उनले भेट्दा पनि भेटेनन् । अब त अति भो भन्दै उनि काठमाडौ आए अनि शोभितले निर्देशन गरीरहेको चलचित्र प्लानको सुटिङ स्पटमा पुगे । त्यसपछि सुरु भयो शोभितको रामधुलाई ।सुटिङ स्थलमा पुगेका कुमारले पहिला छायाँकन भैरहेको क्यामरा नियन्त्रणमा लिए । तर शोभितले त्यो क्यामरा बचाउन आए पछि कुमार र उनका सहयोगीका तर्फबाट हेलमेटको बर्षा उपहार पाए । कुमार र उनका सहयोगीहरुले शोभित सहित क्यामरालाई आधा घण्टा नियनत्रणमा लिए । युनिटका एक सदस्यले नाम नबताउने शर्तमा शोभितलाई पिटे पछि आफुहरु सबै तर्सेको बताए । केही बेरको कुटपिट पछि कुमारले शोभितलाई निर्माता संघमा पुर्‍याए। निर्माता संघका अध्यक्ष राजकुमार र्राई भन्छन्, 'उनिहरुले सम्बन्धित निकायमा ल्याएर राम्रो काम गरे ।' र्राईका अनुसार त्यस दिन उनैले मध्यस्तता गरी पचास हजार क्यास दिई बाकीँ रकम २/३ दिन भित्रमा फिर्ता गर्ने सहमतिमा शोभितलाई छुटाइएको थियो ।यता पिडित कुमारले शोभित आफुसंग पटक पटक भागेर हिड्ने गरेकाले आफ्नो पैसा उठाउन केही एक्सन लिएको बताएका छन् ।'धेरै समय त साथी हो देला नि भनेर कुरें तर नदिने नै छाटकाट देखे पछि उनलाई तह लगाउन एक्सन लिएका हौं ।'कुटाई खाएको दिन ५० हजार र भोलिपल्ट २१ हजार दिएका शोभितले अहिले पनि आज भोलि गरेर टार्ने काम गरीरहेको गुरूङ बताउँछन् । कुमारले जुन सुकै हालतमा पनि पैसा फिर्ता लिइ छाड्ने जनाएका छन् । उनका अनुसार शोभितले आज भोलीमा पैसा फिर्ता नदिए जस्तो सुकै कदम उठाउन पनि उनि तयार छन् । आफु शोभितबाट ठगीएको बताउदै कुमारले आफु जस्तै अरु ठगीन नपरोस भन्ने चाहेका छन् ।यता चलचित्र चिनोकै छायाँकनका लागी पोखरा जादा ड्याम साईड स्थित होटल नेचरल्याण्डमा बसी खाएको ३० हजार रुपैयाँ, पोखरामा होर्डिङ बोर्डको कारोबार गर्ने शोभित बस्यालको कम्पनी परिचय एडभटाइजिङका नाममा पनि सात हजार रुपैया बाँकी रहेको बुझिएको छ । चिनो को प्रदर्शनका बेला होर्डिङ बोर्ड राखेको पैसा शोभित बस्यालले अझै पाएका छैनन् । बस्याल भन्छन्, 'बस्नेत काठमाडौ आए पछि फोन त उठाउदैनन् कसरी फिर्ता लिनु ?'उनि भन्छन्,'बस्नेतको यस्तो प्रवृत्तिका कारण पोखराका सबै दिक्क भैसकेका छन् ।'यता पोखराको गण्डकी टेलिभिजनमा चलचित्र प्रदर्शनका बेला प्रोमो बजाएको पैसा पनि तिरेका छैनन रे शोभितले । यति मात्र हैन शोभितले पोखरामा धेरै नै रकम थुप्रै व्यक्तिहरूलाई तिर्न बाँकी रहेको बुझिएको छ । तर यो कुरालाई भने शोभित स्विकार्दैनन् । उनी भन्छन्, 'यो सब मेरो बदनाम गर्ने चलखेल हो ।'

आर्यनलाई मिल्यो राहत

चलचित्र 'के यो माया हो' र 'सपना'को रिलिज मिति विभाजनपछि अभिनेता आर्यन र दुवै सिनेमाका निर्मातालाई राहत मिलेको छ । यतिबेला आ-आफ्ना सिनेमाको रिलिज मिति लगभग तय भैसकेपछि निर्माताद्धय लगानीको सुरक्षालाई लिएर ढुक्क छन् भने हिरो आर्यन दर्शक र फ्यान नबाँडिने कुरामा ।अब आर्यन स्टारर 'के यो माया हो' साउन २० गते र 'सपना' भदौ पहिलो साता रिलिज हुने तयारीमा छन् । अघिल्लो सिनेमाले होल्डओभर कायम राख्यो भने रिलिज मिति प्रभावित हुन पनि सक्छ । 'रिलिज डेट टुंगो लागिसकेपछि वास्तवमा निकै खुसि छु । फिल्म जुध्ने भएपछि पहिले निकै डर लागिरहेको थियो' आर्यनले भने 'दुवै आफूले जन्माएका बच्चाजस्तै हुन् ।सर्वाधिक खुसी यसअर्थमा कि मलाई भन्दा निर्मातालाई राहत र खुसी दुवै मिलेको छ ।'सुनिल मानन्धरले वितरण गर्ने 'के यो माया हो' र क्यूव च्यानलको 'सपना' दुवै फर्मुला श्रेणीमा बनेका सिनेमा हुन् ।'सपना'लाई हरि बराल र बसन्तकुमार श्रेष्ठले निर्माण गरेका हुन् भने के यो माया हो'लाई सुरेश पहारीले निर्माण गरेका हुन् ।'के यो माया हो'को लागतको लागत झन्डै करोड छ भने 'सपना'४०लाख ।यसअघि फिल्म जुध्ने सम्भावनापछि निर्माताहरु अत्तालिएका थिए । आशा गरिएका सिनेमाले पनि राम्रो व्यापार गर्न नसकिरहेको बेला निर्माताद्धयको चिन्ता स्वभाविक पनि थियो ।'गोर्खापल्टन' स्टार प्रशान्त तामाङका पछिल्ला दुवै फिल्म एउटै मितिमा रिलिज हुँदा दुवै सिनेमा फ्लप त भए-भए; प्रशान्तको लोकप्रियतामा पनि कमी आएको महसुस गरियो ।

हमालको एडल्ट फिल्म

अपकमिङ प्रोजेक्ट 'किन-किन' राजेश हमालका लागि दुई कारणले महत्वपूर्ण छ । पहिलो -'दुई दशक लामो फिल्मी करियरमा हमाल पहिलोपल्ट एडल्ट फिल्म खेल्दैछन् ।' दोस्रो -'करियरमै पहिलोपटक हमालले कुनैपनि फिल्मको स्क्रीप्ट पुरा पढेरै अभिनय गर्दैछन् ।'उकेश दाहालले निर्देशन गर्ने सिनेमामा हमाल एक चित्रकारको भूमिकामा छन् जो एक नाङ्गी आइमाइको पानीचित्र कोर्न चाहन्छन् । साउन मसान्तबाट सुटिङ सुरु हुने चलचित्रमा हमालसामु को न्यूड हुन्छ अहिलेसम्म निर्माता समेत रहेका निर्देशक दाहालले कुरो खोलेका छैनन् ।आफ्नो अघिल्लो चलचित्र 'पलपलमा' भन्दा बोल्ड गराउने तयारी रहेका निर्देशक दाहाल 'किन-किन'लाई सेन्सर बोर्डले 'एडल्ट सर्टिफिकेट' दिनेमा सुटिङ सुरु नहुँदै ढुक्क छन् । कथाले नै 'एडल्ट सर्टिफिकेट' माग गरेको दाहाल बताउँछन् । हमालले यो चलचित्रको स्क्रीप्ट घरमै लगेर पुरा पढेका थिए ।उनका सहयोगी रोशन ठकुरीका अनुसार आफ्नो फिल्मी करियरमा पहिलोपटक हमालले धैर्य भएर स्क्रीप्ट पढेको यो पहिलो अवसर हो । स्क्रीप्ट पढिसकेपछि हमालले कथालाई माइन्डब्लोइङ (मन्त्रमुग्ध) भनेका थिए । चलचित्रमा हमाल परिचित केमेष्ट्रीवाली हिरोइन करिष्माको अपोजिटमा देखापर्नेछन् । सुटिङ काठमाडौं र जिरीमा हुनेछ ।

जुध्यो पोस्टर

नेपाली सिनेमाका कथाबस्तु बलिउड सिनेमासँग जुध्ने घटना कुनै नौलो रहेन । तर अब फिल्मका पोस्टसमेत उस्तै पाइन थालेका छन् । यस्तै भयो प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’ मा । धेरै समयपछि झरना बज्राचार्यलाई पर्दामा देखाउन लागेको यस फिल्मको पोस्टर बलिउड सिनेमा ‘दोस्ताना’ सँग मिल्दोजुल्दो छ ।प्राश्ना पौडेलद्धारा निर्देशित फिल्ममा झरनासँगै अभिनेता रेश मरहठ्ठा पनि देखिँदैछन् । आशावादी फिल्मस्को व्यानरमा आउन लागेको फिल्मको पोस्टर हेर्दा यसले नयाँ स्वाद दिन खोजेको त देखिन्छ । तर पनि पोस्टर जुध्नाले फिल्म नहेर्दै दर्शकमा फिल्मबारे शंका समेत उत्पन्न गराउन सक्छ ।
‘तर यो संयोग मात्र हो’, निर्देशकको भनाई छ, ‘पछि थाहा पाएपछि परिवर्तन गर्दैछौं ।’