दोहोरीमै व्यस्त सम्झना

लोकदोहोरीमार्फत् परिचय बनाउनेको संख्या थपिँदै छ। अभिनयमा जम्ने सपनाका साथ कलाकारितामा लागे पनि सम्झना बुढाथोकीको लोकप्रियता लोकदोहोरीले बढाएको छ। केही समय यता लोकदोहोरी भिडियोमा उनी एकछत्र मोडलका रूपमा देखिएकी छिन्। 'दर्शकको माया पाएकै कारण दोहोरीमा काम पाइरहेकी छु,' सुटिङको क्रममा शंखपार्कमा भेटिएकी उनले भनिन्, 'त्यसैले आजभोलि भ्याइनभ्याइ छ।' तीज नजिकिँदै गर्दा उनको व्यस्तता पनि बढेको छ। 'अचेल सुटिङ बढेको छ। कहिले पोखरा र कहिले राजधानीका विभिन्न ठाउँमा सुटिङ पर्छ,' बिहान घरमा खाजा खाएर निस्कने सम्झनाले दिउँसोको खाना सुटिङ स्पटमै खाने गरेको बताइन्।२०५२ देखि नृत्यमा प्रवेश गरेकी सम्झनाको कलालाई लोकदोहोरीले चिनायो। 'मैले विभिन्न फिल्ममा आइटम डान्स पनि गरेकी थिए,' उनले भनिन्, 'तर डान्सरका रूपमा लोकदोहोरीले चिनाइदियो।'हरेक दिन टेलिभिजका पर्दामा छमछमी नाचेको देख्न पाइन्छ उनलाई। मोडलिङकै लहडमा विभिन्न सिरियल र फिल्ममा समेत हात हालेकी उनी पछिल्लोपटक दोहोरी नृत्यमै व्यस्त भएकी छिन्।अहिले तीजका गीतको काम प्रशस्त आइरहेको उनले बताइन्। 'तीज नजिकिँदै छ, तीजका दोहोरी गीत रेकर्डिङ हुन्छन्, यस्तै गीतमा नाच्नुपर्छ,' उनले भनिन्, 'जेठ अन्तिमबाट सुरु भएको तीज गीत साउनको मध्यसम्म चल्छ।' तीजका गीत सके पनि उनको लागि चिन्ताको विषय रहेन। मौसमी गीतको छायांकन वर्षैभर भइरहन्छ। यसपछि दशंैतिहारका र विभिन्न चाडपर्वका गीतमा नाच्नुपर्ने उनले बताइन्।'बेरोजगार'फिल्ममा हिरोइन बनेकी उनी म्युजिक भिडियोमा बढी रमाउने बताउँछिन्। 'म्युजिक भिडियोमा आफूले गरेको काम छिट्टै हेर्न सकिन्छ, फिल्ममा लामो समय कुर्नुपर्ने हुन्छ,' कमाइका हिसाबले पनि यो काम ठिक रहेको उनको तर्क छ।स्टेज कार्यक्रममा पनि प्रशस्तै निम्ता आउँछ उनलाई। नाच्नकै लागि अस्ट्रेलिया, जर्मनी, फ्रान्स,खाडी मुलुक र भारतका नेपालीमाझ समेत उनी पुग्ने गर्छिन्। डान्सर शंकर बिसीसँगको जोडी दर्शकले रुचाएको प्रतिक्रिया पाएकी छिन् उनले।डान्समा फिट हुन सकेसम्म भात नखाने बताइन् उनले। बिहान पाँच बजे उठेर व्यायाम गर्ने गरे पनि आजभोलि तौल बढेकोमा उनी चिन्तित छिन्।नेपाल टेलिभिजनको'चेतना'टेलिसिरियलबाट करियर सुरु गरेकी सम्झनाले 'नौडाँडापारि','एक नम्बरको पाखे', 'सिउँदोको सिन्दुर' जस्ता फिल्ममा आइटम डान्स गरेकी छिन्। फिल्म लाइनले भन्दा लोकदोहोरीले आफ्नो कला निखारिएको उनको अनुभव छ। हिरोइनको जतिकै नाम र दाम दोहोरीबाटै मिलिरहेकोले फिल्ममा खेल्न अतुरी नभएको उनले प्रष्ट्याइन्।

0 comments:

Post a Comment