थेगो नै बनाए रोजले

भन्छन् सुखमा सबै आफ्ना अनि दुखमा सबै पराई । तर यतिबेला नेपाली चलचित्रका एक निर्माता तथा नायकले सुख होस् वा दुख सबैलाई भन्ने गर्दछन् 'म छु नि तिम्रो' । साँच्चिकै दु:खका बेला आपत आइलाग्दा तपाईलाई कसैको सहयोग चाहिएको बेला उनले सहयोग गर्लान् नगर्लान् तर मुखले चाहिं पटक पटक भन्ने गर्दछन् की 'म छु नि तिम्रो' ।तपाईलाई लाग्न सक्छ यो त रोजको थेगो रहेछ नत्र पटकै पिच्छे यहि वाक्य किन बोल्छन् उनी । रोजले निर्माण गरेको चलचित्रको नाम हो 'म छु नि तिम्रो' यस कारण आफ्नो चलचित्रको प्रचारका लागी यो वाक्यको प्रयोग गरेका छन् । चलचित्र चल्नु अगावै चलचित्रको नाम धेरैले थाहा पाउन भनेर आफुले 'म छु नि तिम्रो' भन्न थालेको रोजले बताए ।लभ स्टोरी चलचित्र भनिएको 'म छु नि तिम्रो' तिहारका अवसरमा प्रदर्शन हुने भएको छ । 'तिहारका आवसरमा देशभर प्रदर्शन गर्ने पक्का भयो', उत्साहित मुद्रा भेटीएका रोजले बताए । हुन त चाड पर्व आउदा साथ चलचित्र चलाउन चलचित्रकर्मीहरुको भिड नै लाग्ने गर्दछ । तर रोजले भने चाड भन्दा पनि सबै कुरा मिलाउदा तिहार पुगेको बताउदै चाडमा चलचित्रको ब्यापारलाई केही सर्पोट हुन सक्ने भएकाले यहि समय रोजिएको हो । रोजले चलचित्र 'म छु नि तिम्रो' अहिले सम्म आफुले निर्माण गरेका चलचित्रमा सबैभन्दा उत्कृष्ठ भएको बताए ।सोफिया सिने आर्टको ब्यानरमा रोज राणाले निर्माण गरेको चलचित्र 'म छु नि तिम्रो' लाई मदन घिमिरेले निर्देशन गरेका हुन् । रोज राणा, सौजन्य सुब्बा, आयुष रिजाल लगायतका कलाकारको मुख्य भुमिका रहेको चलचित्रको कथा र पटकथा मौनता श्रेष्ठले लेखेका हुन् । चेतन सापकोटा र बसन्त सापकोटाको संगीतमा कलाकारलाई नचाउने काम चाहिं कबिराजले गरेका छन् । रिलिज अगाडी प्रचारका लागी चलचित्रको नामलाई नै थेगो बनाएका यि नायकले सबैलाई 'म छु नि तिम्रो' भने पनि दर्शकले रोजको चलचित्र हेर्न 'म छु नि तिम्रो' भन्ने हुन् की हैनन् त्यो भने तिहारमा मात्र थाहा हुनेछ ।

0 comments:

Post a Comment