सुष्माको पब्लिसिटी फण्डा !

धैर्य कष्टदायी हुन्छ । हिरोइन सुष्मा कार्की यतिबेला अधैर्यसँग संघर्ष गरिरहेकी छिन् । आउँदो गुड फ्राइडेले सुष्मालाई यतिबेला बेचैन तुल्याइरहेको छ । जुन दिन सुष्माले सोलो लिड हिरोइनका रुपमा खेलेको फिल्म 'के यो माया हो' सार्वजनिक हुँदैछ । काउन्टडाउन सुरु भएसँगै सुष्मालाई पब्लिसिटीको चटारो पनि उत्तिकै छ । अन्तवार्ता, फ्यानसँगको गेट-टुगेदरले यी बालालाई व्यस्त बनाइदिएको छ ।यही चटारोमा सुष्माले पब्लिसिटी फण्डाका रुपमा अर्को एक किस्सा फ्याँकेकी छिन् । आफ्नो फेसबुक एकाउन्टमा 'ब्याच नम्बर १६' को-एक्ट्रेसले आफू सिङ्गल रहेको उल्लेख गरेकी छिन् । आफ्नो नीजि र प्रेमजीवन बारे मिडियाले लेखिरहँदा सुष्माले आफू सिङ्गल रहेको लेखेकी छिन् । तर, यो वास्तविक नभएर फिल्म पब्लिसिटी गर्ने मसलाका रुपमा सुष्माको उक्त स्टाटसलाई लिन सकिन्छ । उनको प्रेमजीवन सबैलाई थाहा भएको कुरा हो ।सुदर्शन थापा निर्देशित चलचित्रमा सुष्मा लिड एक्ट्रेस छिन् ।फिल्ममा उनको अनस्क्रिन रोमान्स चाँहि लभरब्वाइ आर्यन सिग्देलसँग छ । आफूलाई सिङ्गल लेखेर हाम्री सुष्माले ध्यान आफूतिर तान्ने काइदा अँगालेकी छिन् । यदि सुष्मा साँच्चिकै सिङ्गल हुन् भने सिङ्गल भनेहुन्छ । होइन भने आफूलाई सिङ्गल बताएर फ्यानहरुलाई मन दुःखाउने काम चाहिँ सुष्माले गर्नेछैनिन् ।

0 comments:

Post a Comment