नेपाली सिनेमाका स्टारपावर

राजेश हमाल, रेखा थापा र आर्यन सिग्देल नेपाली सिनेमाका शक्तिशाली सेलिव्रेटी हुन् । सिनेमाको आम्दानी र स्टार पावरको अंकगणितले यस्तै भन्छ । पछिल्ला वर्षमा रिलिज भएका सिनेमा र ती सिनेमाले गरेको आम्दानीका आधारमा राजेश, रेखा र आर्यन शक्तिशाली सेलिव्रेटी भएका हुन् । यी तीनैजना स्टारले अभिनय गरेका सिनेमाहरु अपवाद बाहेक कुनैपनि फ्लप छैनन् । तीनैजना स्टारर सिनेमाले नेट अथवा ग्रस कलेक्सनमा सुपरहिट, हिट र औषत परिणाम कायम राखेका छन् ।राजेश यस्ता कलाकार हुन् जसले निर्मातालाई औषत अथवा हिट सिनेमा दिलाएरै छाड्छन् । राजेशका अधिकांश सिनेमाले ५० लाखको औषतमा आफूलाई कायम राखेका छन् । पछिल्लो वर्ष राजेशकै 'प्रहार'ले ६० लाख ग्रस बटुल्यो । च्यारिटीको ९० लाखलाई छाडिदिने हो भने नियमित प्रदर्शनबाट मात्र राजेशको 'दशगजा'ले ७० लाख कमायो । 'धर्मा' ४७ लाख, 'साहसी' ४० लाखमा अनमार्क रहे । राजेशलाई चुनौति दिने ठानिएका विराजका दुई सिनेमा मात्र हिट रहे अरु सबै फ्लप । राजेशको कलेक्सन पावरको अनुपात ५० को हारहारीमा छ । डीसीएनले बाँडेका सबै सिनेमामा राजेशका चलचित्रले वितरकलाई पनि मुनाफा भएको देखिन्छ ।अभिनेत्रीमा रेखा थापाको ग्रस पावरलाई कसैले चुनौती दिन सकिरहेको छैन । रेखा अभिनित 'कसले चोर्‍यो मेरो मन' सुपरहिटसहित डेढकरोड ग्रसमा रह्यो । 'हिफाजत' ९१ लाखसहित हिट दर्जामा रह्यो । 'बाटो मुनिको फूल' १ करोड, 'प्रहार' ६० र 'गंगाजल' ५७ लाखमा रहे । रेखाका कुनैपनि सिनेमा फ्लप छैनन् । आम्दानीको दौडमा रेखा नेपाली सिनेमाकी एक्ली धाविका हुन् । हिरो आर्यन सिग्देल हमालपछिका स्टारपावर हुन् । आर्यनका कुनैपनि सिनेमा फ्लप छैनन् । हिट या औषत सिनेमा पस्किएका आर्यनले निर्मातालाई नाफा दिइरहेका छन् । आर्यन अभिनित 'मेरो एउटा साथी छ' ६७, 'कसले चोर्‍यो मेरो मन' डेढकरोड, 'फस्टलभ' १ करोड ३० लाख, 'कोही...मेरो' औषतसहित ४० लाखमा सीमित छन् । पछिल्लो समयपनि यी तीनैजना स्टारपावरको बजार अवस्था सुदृढ छ ।

0 comments:

Post a Comment