किन कुटिए शोभित ?

चलचित्रका दृष्यहरुमा हामीले देखेका छौ नायक तथा खलनायकको लर्डाई । जव खलनायकको कुकर्मले सिमा नाघ्न थाल्दछ तव उसले नायकको राम धुलाई भेट्छ र पनि उसमा अहम कायमै हुन्छ र अन्तत: उसको पतन नै हुन्छ । हो यस्ता दृष्यहरु धेरै हेरेका छौ हामीले निर्देशक शोभित बस्नेतका चलचित्रहरुमा पनि । उनले आफ्ना चलचित्रमा नायक र खलनायक बिचको द्धन्द्धलाई त धेरै पटक वास्तविक नै हो कि जस्तै गरेर देखाएका छन् । अहिले यिनै निर्देशक चलचित्रको खलनायककै जस्तो ब्यवहारका कारण रियल लाईफका नायकको कुटाई खान पुगेका छन् । चलचित्र चिनोको निर्माणताका पोखराका कुमार गुरूङसंग लिएको ४ लाख रुपैया फिर्ता नगर्दा उनि चलचित्रकै शैलीमा कुटिएका हुन् । करीब २ वर्ष गण्डकी अञ्चल भर च्यारीटी गर्न पाउने तथा चलचित्र रिलिज हुनु अगावै पैसा फिर्ता गर्ने शर्तमा शोभितले पैसा लिएका थिए । तर शोभितले उनलाई चलचित्रका केही दृष्यमा खेलाए पनि अन्य कुनै पनि शर्त पुरा गरेनन् । चलचित्र रिलिज भयो राम्रो ब्यापार पनि गर्‍यो तर पनि कुमारले पैसा फिर्ता पाएनन् । गुरूङले पटक पटक टेलिफोन गरे तर शोभितले फोनमा कुरै गरेनन् । उनि भेट्न आए उनले भेट्दा पनि भेटेनन् । अब त अति भो भन्दै उनि काठमाडौ आए अनि शोभितले निर्देशन गरीरहेको चलचित्र प्लानको सुटिङ स्पटमा पुगे । त्यसपछि सुरु भयो शोभितको रामधुलाई ।सुटिङ स्थलमा पुगेका कुमारले पहिला छायाँकन भैरहेको क्यामरा नियन्त्रणमा लिए । तर शोभितले त्यो क्यामरा बचाउन आए पछि कुमार र उनका सहयोगीका तर्फबाट हेलमेटको बर्षा उपहार पाए । कुमार र उनका सहयोगीहरुले शोभित सहित क्यामरालाई आधा घण्टा नियनत्रणमा लिए । युनिटका एक सदस्यले नाम नबताउने शर्तमा शोभितलाई पिटे पछि आफुहरु सबै तर्सेको बताए । केही बेरको कुटपिट पछि कुमारले शोभितलाई निर्माता संघमा पुर्‍याए। निर्माता संघका अध्यक्ष राजकुमार र्राई भन्छन्, 'उनिहरुले सम्बन्धित निकायमा ल्याएर राम्रो काम गरे ।' र्राईका अनुसार त्यस दिन उनैले मध्यस्तता गरी पचास हजार क्यास दिई बाकीँ रकम २/३ दिन भित्रमा फिर्ता गर्ने सहमतिमा शोभितलाई छुटाइएको थियो ।यता पिडित कुमारले शोभित आफुसंग पटक पटक भागेर हिड्ने गरेकाले आफ्नो पैसा उठाउन केही एक्सन लिएको बताएका छन् ।'धेरै समय त साथी हो देला नि भनेर कुरें तर नदिने नै छाटकाट देखे पछि उनलाई तह लगाउन एक्सन लिएका हौं ।'कुटाई खाएको दिन ५० हजार र भोलिपल्ट २१ हजार दिएका शोभितले अहिले पनि आज भोलि गरेर टार्ने काम गरीरहेको गुरूङ बताउँछन् । कुमारले जुन सुकै हालतमा पनि पैसा फिर्ता लिइ छाड्ने जनाएका छन् । उनका अनुसार शोभितले आज भोलीमा पैसा फिर्ता नदिए जस्तो सुकै कदम उठाउन पनि उनि तयार छन् । आफु शोभितबाट ठगीएको बताउदै कुमारले आफु जस्तै अरु ठगीन नपरोस भन्ने चाहेका छन् ।यता चलचित्र चिनोकै छायाँकनका लागी पोखरा जादा ड्याम साईड स्थित होटल नेचरल्याण्डमा बसी खाएको ३० हजार रुपैयाँ, पोखरामा होर्डिङ बोर्डको कारोबार गर्ने शोभित बस्यालको कम्पनी परिचय एडभटाइजिङका नाममा पनि सात हजार रुपैया बाँकी रहेको बुझिएको छ । चिनो को प्रदर्शनका बेला होर्डिङ बोर्ड राखेको पैसा शोभित बस्यालले अझै पाएका छैनन् । बस्याल भन्छन्, 'बस्नेत काठमाडौ आए पछि फोन त उठाउदैनन् कसरी फिर्ता लिनु ?'उनि भन्छन्,'बस्नेतको यस्तो प्रवृत्तिका कारण पोखराका सबै दिक्क भैसकेका छन् ।'यता पोखराको गण्डकी टेलिभिजनमा चलचित्र प्रदर्शनका बेला प्रोमो बजाएको पैसा पनि तिरेका छैनन रे शोभितले । यति मात्र हैन शोभितले पोखरामा धेरै नै रकम थुप्रै व्यक्तिहरूलाई तिर्न बाँकी रहेको बुझिएको छ । तर यो कुरालाई भने शोभित स्विकार्दैनन् । उनी भन्छन्, 'यो सब मेरो बदनाम गर्ने चलखेल हो ।'

0 comments:

Post a Comment