संयमको प्रशंसा

आगो, आफ्नो मान्छे, दोमन, धर्म पुत्र लगायतका थुप्रै चलचित्रमा बालकलाकार भएर अभिनय गरेका संयम पुरीले चलचित्र 'सायद'मा प्रमुख पात्रको भुमिका निर्वाह गरेका छन् । निर्देशक सुरज सुब्बाले निर्देशन गरेको सो चलचित्रमा संयमले युवापुस्ताको प्रतिनिधित्व गर्दै आफ्नो भुमिकालाई ससक्त रूपमा निर्वाह गरेका छन् ।प्रदर्शनको क्रममा रहेको सो चलचित्रको राजधानीमा ट्रायल शो गरिएको छ । नेपाली चलचित्र क्षेत्रका प्रमुख व्यक्तिहरूलाई निमन्त्रणा गरिएको सो ट्रायल शोमा अधिकांशले संयमको प्रशंसा गरेका छन् । निर्देशक नारायण पुरीका १९ बर्षिय पुत्र संयमले सो चलचित्रमा प्लस टु अध्ययनरत दुर्व्यसनि युवकको भुमिका निर्वाह गरेका छन् र सो भुमिका न्याय पूर्ण तरिकाले निर्वाह गरेको चलचित्र हेरेका चलचित्रकर्मी तथा सञ्चारकर्मी बताउँछन् ।एक सातासम्म चल्ने सो ट्रायल शोमा चलचित्र बुझेका चलचित्रकर्मी र सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको हो ताकी उनीहरूले चलचित्रमा देखिएका कमि कमजोरी औंल्याउन सकुन् ।बिशेष गरी युवापुस्ता लाई केन्द्रित गरेर निर्माण गरिएको सो चलचित्रको कथाबस्तु मन परेर नै अभिनय गरेको संयम बताउछन् । अहिलेको युवाहरूको प्रतिनिधित्व गरेर चलचित्रको पर्दामा देखिन पाएकोले पनि उनी निकै खुसी देखिन्छन् । त्यसैमाथी सबैले प्रशंसा गर्दा त उनको खुसी चुलिएको छ । बाटो मुनिको फूल निर्देशन गरेर एकाएक चर्चामा आएका निर्देशक सुब्बाले पनि संयमको अभिनयमा निखार ल्याउने आफूले निकै कोसिस गरेको बताए । उनका अनुसार सो भुमिकामा न्याय गर्ने कलाकार नै संयम हुन् ।

0 comments:

Post a Comment