किस गर्दै नयाँ कलाकारहरु

चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' मा नायिका अरुणिमा लम्सालले नायक मुकेश ढकाललाई किस गरेकी थिइन । तर प्रचारमा भने मुकेश नै अगाडी आए । त्यति मात्र कहाँ हो र त्यस पछि पनि चलचित्रमा किस गर्ने क्रम रोकीएन मुकेशको ।किस सिनकै कारण चलचित्र चल्छ भन्नु त भ्रम मात्रै होला । तर प्रचारमा भने किस सिनले पहिलो प्राथमिकता पाउने गरेको देखिरहेका छौ । मिडियामा चर्चा पाउन आशैले होला डेब्यु कलाकारहरु प्राय किस सिन दिन हिचकिचाउदैनन् । कथाले मागेको भन्दै किस सिन दिएर चर्चामा आउने नायक नायिकाहरु प्राय नयाँ वा स्थापित हुन चाहिरहेका अनुहार नै हुन्छन् ।चलचित्र शिलशिलाको किस सिनबाट राज तिमल्सिना र सोनिया केसी चर्चामा आए । चलचित्र द युगदेखी युगसम्ममा त झन राजेश हमाल र नन्दिताको केसीको किसले खुबै हल्लाखल्ला मच्चायो । 'आफ्नो मान्छे आफ्नै हुन्छ' को किस सिनबाट मुकेश ढकाल अनि ब्याच नम्बर १६ बाट सुस्मा कार्कीले सञ्चार माध्यममा राम्रै स्थान ओगटे । चलचित्र रिलिज भैइनसकेको र चलचित्रको प्रचारप्रसार पनि खासै नभएको भएपनि नायिका नीता ढुंगानाको किसको चर्चा पनि बेला बेला चल्ने गरेको छ । उनले मुकेश ढकालसँग चलचित्र 'हाम्रो माया जुनीजुनीलाई' मा किस दिएकी छिन् ।यसरी हेर्दा पछिल्लो समय मात्रै केही नयाँ अनुहारहरुले किस सिन दिए पनि मुकेश ढकाल मात्रै यस्ता नायक ठहरिए जसले ह्याट्रिक नै गरिसके । उनले चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ, हाम्रो माया जुनीजुनीलाई र प्लानमा राजेन्द्र खड्गीकी छोरी रागीनीलाई समेत किस गर्न भ्याएका । चलचित्र हाम्रो माया जुनिजुनीलाईमा किस सिन दिएकी निताले आफुले मन नलागी नलागी किस दिएको बताइन । त्यस्तै किस सिनका कारण चर्चा पाउने पालो अब रागीनीको छ । चलचित्रको कथाले मागेका कारण किस सिन दिएको बताउदै आएकी रागीनिले यसलाई सहज रुपमा लिएको पाइए पनि उनको किस सिनलाई दर्शकले कत्तिको सहज रुपमा लिने हुन त्यो हेर्न भने बाँकी छ ।

0 comments:

Post a Comment