नक्कली आर्यन सिग्देल !

सामाजिक सन्जाल फेसबुक मार्फत् बिभिन्न ब्यक्तिहरु नक्कली आर्यन सिग्देल बन्न खोजेको नेपाली सिनेमाका नायक अथवा सक्कली आर्यन सिग्देलले हामीलाई बताएका छन् । आर्यनका अनुसार उनले आफ्नो नाममा खोलिएका झण्डै एक दर्जन फेसबुक अकाउण्टहरु भेटेका छन् ।ती मध्ये Aaryan sigdel नाम गरेको अकाउण्टमा कसैले आफ्नो बारेमा नराम्रा कुराहरु पोष्ट गरिरहेको आर्यनले बताए । यो अकाउण्टको प्रोफाईल पिक्चरमा उनले कालो रंगको टिसर्ट लगाएका छन् । त्यस्तै, आर्यनले आफ्नो फ्यान पेज र Aaryan sig नाम गरेको फेसबुक अकाउण्ट मात्र चलाउने गरेको कुरा पनि मेरोसिनेमा समक्ष राखेका छन् । उनको फ्यान पेजमा हालसम्म लगभग एघार सय हाराहारी फ्यानहरु छन् भने उनले चलाउने गरेको फेसबुक अकाउण्टको प्रोफाईल पिक्चरमा उनी कालो रंगको कोट संगै गोजीमा हात हालेको अवस्थामा देखिन्छन् ।उनले यसरी सामाजिक सन्जाल मार्फत् कसैको बेइज्जत नगर्न ती नक्कली आर्यन सिग्देलहरुलाई सुझाव दिएका छन् ।

नयाँ नेपालको नयाँ बिज्ञापन स्टाईल

यतिबेला सँगीतकार तथा निर्माता दिपक रमण आफ्ना दुई सिनेमाहरुको बेग्लै ढंगले प्रचार प्रसार गरिरहेका छन् । त्यसमध्ये भित्ते लेखन प्रचारको थालनी भैसकेको हामीले पायौं । उपत्यकाका बालाजु, कलंकी, सात दोबाटो लगायतका रिङ्गरोड क्षेत्रहरुमा दिपकका दुई सिनेमाहरुका प्रशस्तै भित्ते बिज्ञापन देख्न सकिन्छ ।दिपक निर्मित सिनेमा ‘मन परेपछी’ र उनले नै सँगीत भरेको र बितरण गर्न लागेको राजु लामा निर्मित सिनेमा ‘तिम्रो घर मेरो ससुराली’को यसरी बिज्ञापन गरिएको हो । उनी यसलाई नितान्त बेग्लै बिज्ञापन गर्ने शैली मान्दछन् तर यसभन्दा अघि पनि नायक श्रीकृष्ण श्रेष्ठको सिनेमा ‘कहाँ भेटिएला’को यस्तै प्रकृतिले प्रचार प्रसार गरेको पाईन्थ्यो ।होडिँग बोर्ड राख्दा घरहरुले छेकिने र महँगो पनि पर्ने भएकाले यसो गरिएको दिपकले बताए । सिनेमाहरु प्रदर्शनको अगाडि यो भन्दा बेग्लै प्रबृत्तिको प्रचार शैली अपनाईने पनि उनले खुलासा गरे ।दिपकका अनुसार, सुमन दाहाल निर्देशित ‘मन परेपछी’को प्रदर्शन मिति भने निश्चित भैसकेको छैन । अब हेर्न बाँकी छ कि, नयाँ नेपालमा अपनाईएको र बिल्कुलै नयाँ भनिएको यो बिज्ञापन स्टाईलले कत्तिको सफलता पाउने हो ।

२० वर्षे मोडल पुनमको निर्वस्त्र हुने सपना नजिकिँदै

मुम्बई, चैत १७ - पाकिस्तान माथि भारतको जितसँगै मोडल पुनम पाण्डेको सबैको सामुन्ने वस्त्रहीन हुने इच्छा थप बलियो भएको छ। विश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा गरेकी छिन् उनले। त्यसैले क्रकेटमा भारतको विपक्षमा उभिनेहरु पनि यतिखेर भारतले जितोस् भन्दैछन्। भारतको जितमाभन्दा यिनको शरीरमा चासो छ धेरैको। किनकी यी सबैभन्दा बढी रुचाइएकी मोडलभित्र पर्छिन्।यी मोडलको तस्बिर यस वर्ष सबैभन्दा बढी डाउनलोड गरिएका मोडलहरुमा सबैभन्दा अग्रस्थानमा पर्छ। भारतीय क्रिकेट टिमलाई प्रोत्साहित गर्न उनले जितेमा खेलाडीहरुको 'चेन्जिङ रुम'मा गएर आफूले लगाएको लुगा खोल्ने बताएकी थिइन्। भारतीय क्रिकेट काउन्सिलले अनुमति दिन्छ भने उनी पूरै रङ्गशालामा नै कपडा उतार्न तयार छिन्। त्यसैले भारती क्रिकेटका फ्यानहरु जे कारणले भारतले जितोस् भन्ने चाहन्छन् त्यसमा पुन पनि उत्तिकै महत्त्वकी भएकी छिन्। त्यसैले पुन अहिले भारतीय क्रिकेटजस्तै चर्चाको शिखरमा छिन्। पुनम लुगा खोल्ने छिन् या छैनन् यसै भन्न सकिन्न तर यो हल्लाले भारतीय फिल्मी उद्योगमा उनको भाउ माथि चढ्ने पक्कै छ।शनिबार भारतले श्रीलंकासँग विश्‍वकपको फाइनल खेल्दैछ। त्यसैले पुनमको घोषणा व्यवहारमा उत्रेको हेर्न फाइनलसम्म कुर्नैपर्नेछ। - एजेन्सी

प्रेमराजा महतविरुद्ध उजुरी

काठमाडौं, चैंत १५ (नागरिक)- गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो।राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको उनले बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि म छक्क परें,'रेखाले भनिन्।उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।

पुरानै बाटोमा

काठमाडौ, चैत्र १४ - त्रिकोणात्मक प्रेम सम्बन्धको उतारचढावको कहानी हो, फिल्म 'बिदाइ' । मायाप्रीतिकै माखेसाङ्लोमा बुनिएको कथामा बगेको यो फिल्मले खास पहिचान भने छोड्न सकेको छैन । विभिन्न सवारी साधनका सेकेन्ड ह्यान्ड पाटपुर्जा खोजखाज गरी बनाइएको कामचलाउ गाडी जस्तै छ 'बिदाइ' ।दिनेश न्यौपाने लिखित कथा आफुले मन पराएको वा परिवारले खोजिदिएको मध्ये कुन केटासँग विवाह गर्ने भन्ने प्रमुख पात्रको निर्णय नै फिल्मको मुख्य सार हो । आफूले मन पराएको सौगात (रमित ढुंगाना) का लागि ऊ (झरना थापा) सरगम हो भने अभिभावकले खोजिदिएको केटा विवेक (निखिल उप्रेती) का लागि मन्जरी ।बाबुआमाले इच्छा विपरीत विवाह गर्दिन लागेको थाहा पाएकी मन्जरी काठमाडौंदेखि भागेर हजुरआमाको घर देउराली गाउँ पुग्ने क्रममा बाटैमा सौगातसँग भेट हुन्छ । नजानिंदा नजानिंदै दुईमा माया बस्छ । पछि सम्बन्ध गाँस्ने बाचाका साथ दुई छुट्टिन्छन। तर घर फिरे लगत्तै मन्जरीले सौगातले आतंकवादीको धरापमा परी वीरगति पाएको खबर पाउँछे ।नेपाली सेनाको क्याप्टेन सौगात मरेको भने हुँदैन । तर बाँचेकोमा बेखबर मन्जरी अन्ततः विवेकसँग बिहे गर्न बाध्य हुन्छे । तर परिस्थितिले पछि तीनै जनालाई एक ठाउँमा ल्याइपुर्‍याउँछ । त्यसपछि युवतीले जीवन को सँग बिताउँछे भन्नेमा फिल्मले विभिन्न उपकथाको टर्निङ लिएको छ । तर पहिल्यै बाटोको संरचनाको आकलन गरिसक्ने दर्शकका लागि कुनै पनि टर्निङ अनपेक्षित जस्तो लाग्दैन । किनकि 'बिदाइ' गुडेको बाटो हुँदै पहिले पनि केही भारतीय सवारी गुडिसकेका थिए ।रामजी लामिछाने निर्देशित उक्त फिल्ममा तीन मुख्य कलाकारको अभिनय खासै चरित्रमा डुब्न सकेको छैन । बरु कमेडी रोलमा सात फरक पात्रमा देखिएका विष्णु सापकोटाले धेरै हदसम्म सहज अभिनय गरी मनोरञ्जन दिलाउन सकेका छन् । प्रमोद ढुंगानाले लेखेका गीतहरूमध्ये शीर्षक-गीतबाहेक अन्य खासै फिल्म अनुकूल नदेखिए पनि मध्यम कोटिका छन् । दिनेश सुनामले दिएको पाश्र्व संगीत राम्रो हुँदाहुँदै पनि केही ठाउँमा चिप्लिन पुगेको छ ।द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठको नाम देखिए पनि लट्ठी र तरबार नचाउँदा होस् वा कुदिरहेको सवारी साधन नाघ्दै भिलेनहरूलाई लात्ती र मुड्की बजार्दा, निखिल नै हाबी देखिन्छन् । निखिलले पुरानै स्टन्टलाई नै निरन्तरता दिएका छन् । नृत्य फिल्ममा आफ्नो उपस्थिति जनाउनका लागि मात्रै छ । फिल्मको छायांकन पक्ष केही सबल छ । दीपक बज्राचार्यका क्यामेरा प्रायः स्वाभाविक लाग्छन्, फिल्म हेर्दा । तर भीरबाट खस्न लागेकी बनाइएकी मन्जरी लो एङ्गल दृश्यमा भने भिरालो पाखोमा देखिनु हास्यास्पद लाग्छ ।त्यसो त फिल्ममा गाडीबाट झरेर गाउँ जान हिँडेका सौगात र मन्जरीलाई कालोपत्रे सडक हिँडेको देखाइनु सहज लाग्दैन । सामान्य हाते झोला जस्तो बोकेका उनीहरूलाई ड्रेस चेन्ज नगराइएको भए बढी वास्तविक लाग्न सक्थ्यो । सूचना प्रविधिले विश्वभरका मान्छेबीचमा क्षणभरको सम्बन्ध कायम गरेको अहिलेको बेलामा पनि फिल्ममा भने पात्रहरू चिठीपत्रमै भर परेको देखिनु अलि सान्दर्भिक लाग्दैन ।त्यसो त फिल्मले पुरानो समयको पनि छनक दिएको छैन । त्यसबाहेक, छपक्कै गहना लगाएर र जुत्तै लगाएर कोही सुत्न तम्सँदैन भने बाटोभरि भाडाका सवारी साधन हुँदा हतारमा भएको कोही पनि दगुरेर हस्पिटल पुग्दैन । तर फिल्मका पात्रहरूले त्यतिसम्मको हर्कत गर्छन् । सम्पन्न नै लाग्ने विवेक जब मन्जरी घाइते भएर रगतको आवश्यकता पर्छ, तब खुकुरी नचाउँदै र लट्ठी घुमाउँदै चटक देखाएर एक-एक रुपैयाँ जम्मा पारी रगतको बन्दोबस्त गर्छ ।

फिल्म:बिदाइ

निर्देशक : रामजी लामिछाने

कलाकार :निखिल उप्रेती, झरना थापा, रमित ढुंगाना

आशिका देखि चन्द्रावती सम्म

करिव ५ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारित एक टेलिश्रृंखलामा आशिकाको भूमिकाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी मोडल तथा नायिका शशि खड्का चाडै प्रर्दशनमा आउने चलचित्र चन्द्रावतीमा शिर्ष भुमिकामा प्रस्तुत हुँदैछिन् । अझ यसो भनौं उनले चन्द्रावतीको भुमिका निर्वाह गरेकी छिन् ।टेलिसिरियल पछि विभिन्न गितमा अभिनय गर्दै नेपाली चलचित्रको यो रंगिन संसारमा प्रवेश गरेकि शशिले हालसम्म 'सहिद' र 'पलपलमा' मा अभिनय गरिसकेकी छिन् । चलचित्र चन्द्रावतीमा राजु गिरीको निर्देशन र शशि खड्काको साथमा राजेश हमाल, आयुष रिजाल, युना उप्रती, रेजिना उप्रेती, एलिजा रिजाल आदि कलाकारको अभिनय रहेको छ । यो चलचित्र २०६८ सालको भदौ सम्ममा दर्शकले हेर्न पाउने भएका छन् ।यस अघिका चलचित्रमा गरेको अभिनय भन्दा भिन्न अभिनय चन्द्रवतीमा गरेको बताउँदै चन्द्रवती एउटा ऐतिहासिक चलचित्र भएको नायिका खड्काले जानकारी दिएकी छिन् । चलचित्रको रिलिज पछि आफू पूर्ण रुपमा नेपाली चलचित्रमा स्थापित हुने कुरा नायिका खड्काले दाबि गरिन् । तर उनले आफ्नो भुमिकाको बारेमा भने खासै बताउन चाहिनन् । उनले भनिन्, 'मैले गरेको अभिनयलाई दर्शकहरूले पक्कै मन पराउनु हुनेछ ।'

माल्भिकालाई सेनाले पछ्यायो!

स्मृति ढुंगाना, काठमाडौं, चैत १३- चोभार डाँडाको घुम्तीमा पूर्व मिस नेपाल माल्भिका सुब्बा कार हाँकिरहेकी छिन्। उनको पछिपछि सेनाका दुई ठूला ट्रक पनि गुडिरहेका छन्। एकैछिनमा सेनाको ट्रकले माल्भिकाको कारलाई ओभरटेक गर्छ। कारमा माल्भिका एक्लै छैनन्। फिल्म निर्देशक नवीन सुब्बा, अभिनेता सुवर्ण थापा र फ्रान्सेली क्यामेराम्यान टेरी टाइब पनि छन्। निर्देशक सुब्बा घरीघरी आर्मीको गाडीलाई इसारा दिँदछन्। कारको बायाँ लुकिङ ग्लासबाट माल्भिका पनि आर्मीको ट्रक नियाल्दै छिन्। उनको बेलाबेला सुवर्णसँग वार्तालाप चल्दैछ। त्यो वार्तालाई क्यामेरामा कैद गर्दैछन् क्यामेराम्यान टेरी। चोभारमा बिहीबार भएको 'गुडबाई काठमाडौं'को अन्तिम सुटिङमा यो दृश्य देखिएको हो। फिल्मका चार मूख्य चरित्रमध्येकी एक मायाको भूमिकामा देखिएकी छिन् माल्भिका। फिल्ममा उनी साधारण मानवअधिकारीकर्मी बनेकी छिन्। संगीतमा रुचि राख्ने माया र अमरबीच राम्रो मित्रता हुन्छ। सेनाले ओभरटेक गरेको यो दृश्य निर्देशक सुब्बाले प्रतीकात्मक रूपमा राखेका हुन्।फिल्ममा अमर शर्मा (सुवर्ण थापा), मंगल बज्राचार्य (कर्म शाक्य) र रविन गुरूङ (निखिल गुरूङ)को मूख्य भूमिका छ। संकटकालको घटनाक्रमलाई फिल्ममा उतारिँदै छ। जम्मा चार महिनामात्र सुटिङ भए पनि एक वर्षको अवधि लागेको छ। 'कर्म दुर्घटनामा परेकोले र चिसो माहोल चाहिने भएकोले सुटिङ लम्बिएको हो,' सुब्बाले बताए।विभिन्न परिस्थितिका कारण विदेशिन बाध्य युवाहरूको कथालाई फिल्मले समेट्ने प्रयास गरेको छ। 'विभिन्न परिवेशमा संघर्ष गरिरहेका मध्ये तीन युवाको कथा समेटेको छु,' निर्देशक सुब्बाले भने। यसअघि अन्तर्राष्ट्रिय फिल्म 'गड लिभ्स इन द हिमालय'मा अभिनय गरिसकेकी माल्भिकाले 'गुडबाई काठमाडौं'कै लागि १५ दिने कार प्रशिक्षण समेत लिएकी थिइन्। 'औपचारिक रूपमा मेरो पहिलो नेपाली फिल्म हो यो,' माल्भिकाले भनिन्। फिल्म सुरु गर्नुअघि उनले मानवअधिकार सस्थासँग आवद्ध महिलाहरूसँग अन्तर्त्रि्कया गरेकी थिइन्। 'काठमाडौंकी आधुनिक युवती भूमिका भएकोले मैले आफ्नो लुक्समा केही परिवर्तन गरेकी छु,' उनले भनिन्। अधिकांश फिल्मको सुटिङ अप्ठ्यारो भए पनि पाटनमा खिचिएको बम विस्फोटको दृश्य गर्नभने उनलाई गाह्रो लागेको थियो। 'फिल्मका काम गर्नुअघि स्त्रि्कप्ट राम्ररी पढ्छु। राम्रो लाग्यो भनेमात्र फिल्म गर्छु,'बताउने माल्भिका हाल केही अफर आए पनि तत्काल अभिनय नगर्ने सोचमा छिन्।यो कारको दृश्य खिच्न निकै अप्ठ्यारो लागेको निर्देशक सुब्बा बताउँछन्। 'ऐनामा मायाको भूमिकालाई रिफ्लेक्ट गर्नुपर्ने हुँदा कारभित्रको ऐनाको सटलाई महत्व दिएका छौं,' उनले भने। क्यामेम्यान टेरीलाई उनी देवता नै मान्छिन्।'हरेक सट लिनुअघि कारण सोध्छन्। धेरै जिज्ञासु भएकै कारण उनको काम उत्कृष्ट भएको हो,'सुब्बाले थपे। फिल्मलाई भदौमा रिलिज गर्ने योजना उनको छ।

हिरोइनलाई निर्देशकको गाली

काठमाडौं, चैत १०(नागरिक)- फिल्मको मुहूर्तमै हिरोइनले निर्देशकको गाली खाएकी छिन्। मुहूर्त समारोहमा तोकिएको समयभन्दा आधा घन्टा ढिलो आएकी हिरोइन नीता ढुंगानालाई निर्देशक ऋषि लामिछानेले औपचारिक कार्यक्रममै गाली गरेका हुन्। त्रिपुरेश्वरको एक रेस्टुरेन्टमा बुधबार फिल्म 'हाम्रो माया जुनीजुनीलाई'को मुहूर्त भएको हो। आफू बोल्ने पालोमा निर्देशक ऋषिले सबैका अगाडि भने, 'नीताजी आज आधा घन्टा ढिला आइन्, म उनलाई सुटिङमा चाहिँ ढिला नआउन आग्रह गर्छु।' ऋषिले व्यंग्यात्मक शैलीमा गाली गरे पनि नीताले गम्भीर भावमा माफी मागिन्। भनिन्, 'म ढिला आएकीमा सबैसँग क्षमा चाहन्छु, फिल्मको सुटिङमा चाहिँ समयमै आउँछु।' फिल्मका अर्का कलाकार सुनिल थापाले चाहिँ आफू समयमै आएको स्पष्टिकरण दिए। निर्देशक ऋषिले चाहे अनुसारको अभिनय देखाउन आफूले सक्दो प्रयास गर्ने वचन पनि उनले दिए। त्यसअघि ऋषिले सबै कलाकारसँग सहयोगको याचना गरेका थिए।आफ्नो स्पष्टिकरणमा सुनिलले नीताको प्रसंग पनि छोए, 'नीताजी ढिलो आए पनि म एक घन्टाअघि नै आएको हुँ। मैले गर्दा कार्यक्रम ढिलो भएको होइन है।'सबैले औंला ठड्याए पनि निर्माता प्रदीप उदयले चाहिँ नीतालाई सफाइ दिए। उनले भने, 'कार्यक्रम एक घन्टा ढिलो भएको हो। यसमा नीताको हात छैन। ढिलाइ चाहिँ धर्मकर्मको कारणले भएको हो।'कलाकार परिचयपछि फिल्मका सबै टोलीले क्यामेरा र स्त्रि्कप्टको पूजा गरे। श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, नीता ढुंगाना, सुनिल थापा, शिवहरि पौडेल, निर्मल शर्मा, सरोज केसी लगायतले अभिनय गर्ने फिल्म 'हाम्रो माया जुनीजुनीलाई'का लेखक शिवम अधिकारी, छायाँकार सञ्जय लामा, द्वन्द्व निर्देशक रोशन श्रेष्ठ, संगीतकार महेश खड्का र नृत्य निर्देशक गोविन्द राई हुन्।

'मोबाइलबाटै प्रेम प्रस्ताव'

कास्की, चैत्र ९ - कसैले नचिन्ने दुर्गा परियार यतिबेला चर्चामा छिन् । सराङकोट-१ की यिनी टीभी रियालटी शो 'खोजी प्रतिभाको'मा गायनतर्फ उत्कृष्ट भएपछि चर्चामा आएकी हुन् ।दुइ साताअघि मुलुकभरका १६ सय प्रतिस्पर्धीलाई उछिनेर गायनमा प्रथम भएकी गायिका यतिबेला पोखरामा सम्मान थाप्न, कन्र्सटमा गाउन र सञ्चारमाध्यममा अन्तर्वार्ता दिनमै भ्याईनभ्याई हुन्छिन् । 'बिहान उठेदेखि बेलुकासम्म गीत गाउन र सम्मान गर्नेहरूको लहर हुन्छ,' उनले भनिन्, 'परिवारलाई समेत समय दिन पाएकी छैन ।'फ्यानहरूले पनि उनलाई मोबाइलमा त्यत्तिकै पछ्याइरहेका छन् । 'कत्ति फोनको त रेस्पोन्ससमेत गर्न नभ्याएकी,' उनी बताउँछिन् । 'अब त प्रगति भएपछि हाम्रो फोन किन उठाउने भन्दै धेरै साथीहरू रिसाउँछन्,' उनले भनिन्, 'समय दिन भ्याएकी भए पो ।'सुरिलो स्वरको धनी गायिकाको मोबाइलमा फ्यानहरूको फोन आउनु स्वाभाविकै हो । तर रोचक के भने उनले धेरैपटक फोनबाट प्रेम प्रस्ताव सुनिसकेकी छन् । 'दिक्क लाग्दो कुरा भन्या,' उनले भनिन्, 'मोबाइलमै प्रेम प्रस्ताव राख्छन् ।'गायनमा उत्कृष्ट भएपछि उनले एउटा टिभिएस स्कुटीका साथ २५ हजार नगद र हङकङमा सांगीतिक कार्यक्रम गर्ने अवसर पाएकी थिइन् ।यसभन्दा बढी त संगीतसम्बद्ध क्षेत्रबाट उनको खोजी हुन थालेको छ ।दीपक श्रेष्ठले निर्देशन गर्ने'पुरानो हुँदैन माया' चलचित्रका लागि उनले गाउने मौका पाएकी छन्, काठमाडांैबाट गीत रेकर्डिङका लागि थुप्रै अवसरहरू आइरहेको उनले बताइन् ।'मिहिनेत गरेकी थिएँ,'भावुक हुँदै दुर्गाले भनिन्, 'सफल भइयो । यो सफलतालाई अझै दीर्घ राख्न गायनमा निकै साधना गर्नेछु ।' पोखरा अडिसनबाट छानिएर राष्ट्रिय प्रतिस्पर्धामा सहभागी जनाउँदै विजेता बनेकी उनी छिट्टै आधुनिक गीतको एल्बम निकाल्ने तयारी पनि गरिरहेकी छन् । दस वर्ष देखि गायनमा सक्रिय दुर्गाका एक दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।उनले पोखराकै नवराज बराल, दिलीप गायक र जोजिजू संगीतालयबाट संगीत सिकेकी हुन् । सानैदेखि गाउने दुर्गा स्कुल र कजेलमा हुने गायन प्रतिभामा सधंै प्रथम हुन्थिन् । यसअघि गण्डकी तारामा उपविजेता बनेकी उनी पोखराको एउटा दोहोरीमा रेस्टुरेस्टमा पनि गाउँछिन् । 'गीत-संगीतकै क्षेत्रमा स्थापित हुन चाहन्छु,' उनले सुनाइन्, 'साधना गर्दै जाऊँ ।'

महानायक नेपाल फर्कदै

गएको मार्च ९ का दिन जापान उडेका महानायक राजेश हमाल अबको एक दुई दिनमै नेपाल फर्कने उनका सहायक चिरन्जिबी आचार्यले बताए । हाल बैङ्ककमा रहेका हमाल आफ्नो निजी भ्रमण र जापानमा रहेका नेपालीहरुले आयोजना गर्ने भनिएको कार्यक्रममा सहभागी हुन जापान पुगेका थिए ।जापानमा आएको भुकम्प र सुनामीबाट उक्त कार्यक्रम भने स्थगित भएको आचार्यले बताए । हमाल पुनः जापान जाने उद्देश्यका साथ नेपाल फर्कदै छन् । जापानमा केहि साताअघि ८.९ रेक्टर स्केलको भुकम्प र भुकम्पपछि सुनामी आएको थियो । यसबाट त्यहाँ रहेका थुप्रै नेपालीहरु पनि प्रभावित हुन पुगे ।

इन्सपेक्टर बन्दैछिन् ऋचा

केहि समयअघि छायाँकन समाप्त भएको दिपक रौनियार निर्देशित सिनेमा ‘हाईवे’मा बार डान्सरको भुमिकामा अभिनय गरेकी नायिका ऋचा शर्मा अब पुलिस इन्सपेक्टर बन्ने सुरमा छिन् ।महिला सम्बन्धि जनचेतना प्रदान गर्ने उद्देश्यले प्रभात झाले निर्माण गर्न लागेको एक डकुमेन्ट्रीमा ऋचा रक्षा सिँह नामक पुलिस इन्सपेक्टरको भुमिकामा देखिदै छिन् । जम्मा पैतालिस मिनेट लामो हुने उक्त डकुमेन्ट्रीमा उनको भुमिका पन्ध्र मिनेटको रहनेछ । ‘हाईवे’को छायाँकन समाप्त गरे पश्यात् हाल आफु अन्य सिनेमामा अभिनय गर्नका लागि स्क्रिप्ट हेर्नमा ब्यस्त रहेको ऋचाले बताईन् ।

दयनीय फिल्म व्यापार

सन्तोष रिमाल, काठमाडौं, चैत ८- 'नेपाली दर्शकले राम्रो फिल्म हेर्न पाएनन्,' गायक यशकुमारलाई यो अवस्थाले निकै 'पिरोल्यो'। त्यसैले उनले अर्का गायक साथी बाबु बोगटीलाई समेत हिरो बनाएर 'बाटोमुनिको फूल' बनाए। हिरो दिलिप रायमाझीलाई निर्देशक बनाउने तय भए पनि स्त्रि्कप्ट लेखनमा खारिएका सुरज सुब्बा नाल्बोलाई उनले यो जिम्मेवारी सुम्पिए। फिल्ममा मनग्य पैसा बगाएको र नौलो कथा पेश गरेको दाबी गर्न उनी पछि परेनन्। दर्शकले राम्रो फिल्म हेर्न नपाएकोमा 'दुःखी' भएर बनाएको यो फिल्मले निर्मातालाई खुसी तुल्याउन भने सकेन। फिल्म निर्माणको फाँटमा अकस्मात झुल्किइन् शहीकालीन मन्त्री दुर्गा पोखरेल। नेपाली फिल्मको 'स्तर उकास्ने'दाबी सहित बलिउड अभिनेत्री मनीषा कोइरालालाई लिएर उनले 'धर्मा' बनाइन्। नेपाली फिल्ममा चलेका स्टार राजेश हमाल र निखिल उप्रेती पनि फिल्ममा छुटेनन्। यही मौकामा छोरा संयोग पोखरेललाई हिरो बनाइन् दुर्गाले। मनीषाको अनुहारले प्रचारमा भव्यता पायो। तर, फिल्मको व्यापार भइदियो ठिक उल्टो। सस्तो फर्मुलाको 'धर्मा'ले दर्शक पाएन।धेरै आशावादी हुने प्रचार गरिए पनि धेरैजसो दर्शकले निराशा मात्र पाए फिल्म 'बाटोमुनिको फूल' र 'धर्मा'मा। यसपछिका केही फिल्म पनि व्यापारको मैदानमा निकै फितलो उपस्थिति जनाउँदै बाहिरिए। गएको दशैंमा रिलिज भएको 'कसले चोर्‍यो मेरो मन' र लगत्तैको 'गोर्खा पल्टन'ले सन्तोषजनक व्यापार गरे पनि त्यसपछिका करिब एक दर्जन फिल्मको कारोबार निकै कमजोर भयो।दर्शकलाई थि्रलर स्वाद पस्कने प्रयास गरेको 'एक दिन एक रात'लाई दर्शकले रुचाएनन्। यसको व्यापारिक नतिजा नाजुक रह्यो। २० वर्ष अघिको सफल फिल्म 'चिनो'को नाममा नयाँ फिल्म बनाएका शोभित बस्नेतले पनि मार खाए। अञ्जु पन्तको चर्चित गीतको बोलमाथि बनाइएको फिल्म 'नबिर्सें तिमीलाई नपाएँ तिमीलाई'ले पनि लगानी उठाइदिने दर्शक पाएन। नेपाली फिल्मको शैली बदल्ने दाबीका साथ आएको 'स्वर'ले कुनै आकर्षण पैदा गर्न सकेन। फिल्मको व्यापार पनि बिर्सनलायक भयो। ९० लाखको लगानीमा बनेको भनिने फिल्ममा त्यस्तो महँगी झल्किने आधार पनि थिएन। फिल्मको लागत ९० लाख नै हो भने निर्माताले ठूलै आर्थिक क्षति व्यहोर्नु परेको विश्लेषण सुनिन्छ। उद्योगमा 'चमत्कार' नै गरुँला जसरी लोकेन्द्र कार्की दोहोरो भूमिकामा आए 'शासन' लिएर। उनले दाबी गरेको 'अहिलेसम्मकै सर्वाधिक महँगो फिल्म'ले पनि दर्शकलाई हलमा तानेन। रुढिवादी कथालाई प्रविधिले जति नै सिंगारे पनि नचल्ने सन्देश दिन फिल्म सफल भयो।यसपछिका 'देशदेखि विदेश', 'मन मनै मन पराएँ', 'तहल्का डटकम', 'कसम' र 'मिस्टर मंगले'ले पनि व्यापारिक चमत्कार देखाउन सकेनन्। दोस्रो हप्तामा प्रवेश गरेको फिल्म 'ब्याच नम्बर १६' महँगो लगानी उठाउन संघर्षरत् छ।फिल्म वितरणमा देशभर नेटवर्क बिस्तार गरेको डिजिटल सिनेमा नेपाल (डिसिएन)का महाप्रबन्धक अशोक शर्मा फिल्मको मागभन्दा पूर्ति बढी भएकाले यो अवस्था आएको बताउँछन्। 'नेपालका हलहरूलाई वर्षको २६ फिल्म भए पुग्छ। तर, यो वर्ष फिल्मको संख्या ७० पुगेको छ।' अन्दाधुन्दा फिल्ममा लगानी गर्नेका कारण पनि व्यापार धरासायी भएको उनको धारणा छ। 'फिल्म भनेको धेरै सोच विचार गरेर बनाउनु पर्छ। अहिलेका निर्माताहरू फिल्म बनाएपछि मात्र सोच्न थाल्छन्,' सही परामर्शको अभावमा नयाँ निर्माता डुबेको उनको धारणा छ। 'राम्रो फिल्म बनाउने भनेर करोडौं लगानी गर्नु पर्दैन। आवश्यक मेहनत गरे ५० लाखमा शानदार फिल्म बन्छ,' उनी योभन्दा बजेट नबढाउनसल्लाह दिन्छन्।'नयाँ निर्माता भएको फिल्मको बजेट बढी लागेको सुनिन्छ। बीचकाले चलखेल गरेर यसो भएको हो। निर्माता अगाडि नदेखिने फिल्म पनि बनेका छन्। यस्तोमा तेस्रो पक्षको हालीमुहाली हुनाले बजेट बढेको हुनसक्छ,' उनी भन्छन्। नेपाली मात्र नभई विदेशी फिल्मको व्यापार पनि राम्रो नभएको उनी बताउँछन्। निर्माताहरू केही हलका ज्यादतीको शिकार बनेको पनि उनले लुकाएनन्।फिल्मको खराब नतिजाको कारण निर्माण कम्पनी नदोहोरिएको बताउँछन् वितरक सुनील मानन्धर। 'नयाँ निर्माता फिल्म व्यापारको सामान्य अवस्था पनि नबुझी निर्माणमा होमिन्छन्,'सुनीलका अनुसार पुरानाले चलाएको गलत प्रचारले यो क्रम बढेको हो। उनी भन्छन्, 'फिल्मले १० लाख उठाएको हुँदैन। निर्माताहरू मालामाल भएको बताउँदै नयाँ फिल्म बनाइहाल्ने गफ दिन्छन्। त्यसपछि उनीहरूको अनुहार देखिँदैन।'फिल्म चलेको तीन दिनमै लगानी उठेको गफ दिनु उनलाई विकृति जस्तै लाग्छ। फिल्म डुब्नुमा निर्देशकको हात पनि कम्ती देख्दैनन् उनी। 'एउटै कथा दोहोर्‍याएर पनि फिल्म चल्छ? नयाँ निर्देशकहरू पनि पुरानै पाराका छन्,' सुनीलले मूल्यांकन गरे।यो आरोपलाई अस्वाभाविक ठान्दैनन् नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक।'दर्शकको सोचाइ र मनोरञ्जन गर्ने शैलीमा परिवर्तन आएको छ। उनीहरूले यथार्थता खोजेका छन्। हामीले दिन सकेका छैनौं,'उनी स्विकार्छन्। एकथरीले फिल्मको परम्परागत शैलीलाई निरन्तरता दिएको र अर्को थरीले धेरै लगानीको फुर्ति गर्दै बनावटी फिल्मलाई मलजल गरिहेको पाठक बताउँछन्।'दर्शकको नजिक रहेर फिल्म बनाउनु पर्छ भन्नेमा छलफल गरिरहेका छौं।परिणामको लागि समय त लागिहाल्छ,' उनी पनि व्यापारिक असफलताको दोस भने हलहरुलाई नै थोपर्छन्। 'निर्देशकले चाँदीमा दिएको परिकारलाई हलले टपरीमा दिइरहेको छ,' उनी भन्छन्, 'राम्रो क्वालिटी दिन निर्माताले महँगो प्रविधि अपनाउँछन्। नेपालका फिल्म हल यति झुर छन् कि दर्शकले त्यसको स्वाद लिनै सक्दैनन्।'

फागुमय करिश्‍मा निवास (फोटो फिचर)

काठमाडौं, चैत ५ (नागरिक) - अभिनेत्री करिश्‍मा मानन्धरको निवास शनिबार फागुमय बन्यो। काठमाडौंको भीडभन्दा केही पर गोदावरीमा उद्योगका प्रायः रंगीएको अनुहारसहित उपस्थित थिए। 'टाइफाइड र एलर्जीले गएको तीन वर्ष होली मनाउन पाएको थिइन। यसपालि एकदमै रमाइलो भयो,' सहकर्मी कलाकारलाई पिचकारीले रंग छ्याप्दै गरेकी सुस्मा काकीले भनिन्। करिब पाँच घन्टा करिश्‍मा निवासमा विताएकी सुस्माले पर्वको बाहनामा धेरैसँग चिनजान गर्न पाएको बताइन्। 'खानपिन गरें। डान्स गरें। दुःख भुलेर रमाइलो गरें,' यो अवसर जुटाइदिने करिश्‍मालाई धन्यवाद दिनसमेत भुलिनन् उनी। फिल्मी माहोलको पहिलो जमघटलाई क्यामेरामा कैद गरेकोमा उनी मख्ख थिइन्। फागुप्रति त्यति 'क्रेजी' नभएको बताउने निर्देशक सुदर्शन थापालाई पनि यो जमघटले आकर्षित गरेरै छोड्यो। 'फागु खासै मनाउँदैनथें। तर, फिल्मी माहोलमा होली खेल्दा ५ घन्टा बितेको पत्तै पाइन,' थापाले भने। करिश्‍मा पति विनोदको जन्मदिनको समेत निम्तामा गोदावरी पुगेका थापाले यस पटकको होली अविस्मरणीय रहने उल्लेख गरे।विहान १० बजेदेखि राती ९ बजेसम्म कलाकारका साथ होली मनाएको अभिनेत्री मानन्धरले जानकारी दिइन्। 'बोलाएको सबैजसो आउनु भयो। म त एकदमै खुशी छु। साथीहरुलाई कस्तो लाग्यो कुन्नी!' करिश्‍माले नागरिकन्युजसँग भनिन्। पहिला पनि हालीमा यस्तो जमघट गर्ने गरेको बताउँदै उनले भनिन्, 'म अमेरिका गएपछि निरन्तरता टुटेको थियो। आज फेरि पहिलाकै जस्तै रमाइलो भयो।' करिस्मा कहाँ होली मनाउन रेखा थापा, रेजिना उप्रेती, नन्दिता केसी, सुस्मा कार्कीलगायतका अभिनेत्रीहरु पुगेका थिए। निर्माता, निर्देशक, कलाकार र प्राविधिकको समेत बाक्लो उपस्थित थियो। हास्यकलाकार दीपकराज गिरीले होलीको अवसर पारेर दिवंगत भाइको नाममा आफ्नो गाउँ दहचोकलाई एम्बुलेन्स दिएका छन्। वानेश्वर स्थित हिमालय टेलिभिजनमा आयोजित होलीमा भेटिएका गिरीले यो पर्व मनाउन गाउँघरमै रमाइलो लाग्ने बताए। 'आज मैले धेरै समय गाउँका साथी भाइसँग मनाएँ,' उनले भने,...आज म रंगीन छु, सबै छन्। तर, जीन ब्ल्याक एण्ड ह्वाइट भएको बेलामा पनि साथ दिने त बाल सखाहरु नै हुन्। त्यसैले चाडवाड उनीहरुसँगै मनाउन उचित लाग्छ।'निर्देशकको होली नेपाल चलचित्र निर्देशक समाजले आफ्नो कार्यालय डिल्लीबजारमा फागु कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा निर्माता, कलाकार र प्राविधक संघका प्राविधकहरु समेत उपस्थित थिए। शनिबार विहान आठ बजे आयोजना गरिएको कार्यक्रमा फिल्मकर्मी विच आपसी सद्भाव बढाउन महत्वपूर्ण रहेको समाजका उपाध्यक्ष विमल पौडेलले जानकारी दिए।










होलीमा कति खाईयो गोली ?

हिजोको रंगहरुको पर्व होली सँगसँगै हामीले नेपाली सिनेकर्मीहरुलाई एउटा प्रश्न सोधेका थियौं । ‘यो होलीमा कतिवटा पानी र रंगले भरिएको गोली खानुभयो र आफुले अरुलाई हान्नुभयो ?’ यस प्रश्नको उत्तर दिँदै केहि सिनेकर्मीहरु यसो भन्छन् ।
दिलिप रायमाझी, नायक
यो बर्षको होली चैं हामी ‘मिस यु’ युनिट जम्मा भएर नगरकोटमा खेलेका थियौं । नम्रता श्रेष्ठ, बरुण राणा, सुरेश दर्पण पोखरेल लगायत अन्य साथीहरुसँग हामीले रमाईलो गर्यौं । यो होलीमा मैले एउटा पनि रंग र पानीको गोली खाईन् तर सुरेश दर्पण र नम्रतालाई चैं मैले चार–चारवटा गोलीले मजाले हानें ।
सुस्मा कार्की, नायिका
यसपालिको होली मैले आफ्नै घरमा र करिश्मा दिदीको घरमा खेलेँ । अब होलीको गोली त थुप्रै खाईयो नि । पख्नुस् है त गनौं । एक...दुई..अँ.. पाँच वटा खाईयो । आफुले चैं तिन वटा हानेँ । त्यो पनि दुई वटा मिस भयो एउटा चैं लाग्यो । हान्न चैं मैले हिरो मुकेश आचार्यलाई हानेको थिएँ ।
बिकास आचार्य, लेखक, निर्देशक
लौन.... खाँदा पनि खाईएन, हान्दा पनि हानिएन । हिसाब किताब बराबर । किनभने हिजो दिनभरी नै ‘म तिम्रै भैसकेँ’को सुटिँगमा ब्यस्त रहियो ।
गरिमा पन्त, नायिका
यो बर्षको होली मैले निकै रमाईलो ढंगले मनाएँ । हामीहरु ‘भैहाल्छ नि’ युनिट सबै एक ठाउँमा भेला भएका थियौं । गोली खाने कुरामा चैं हामीहरु बिच पहिले नै सम्झौता भएको थियो कि रंगहरु मात्र खेल्ने लोला नखेल्ने भनेर । त्यहि भएर गोली खाँदा पनि खाईएन, हान्दा पनि हानिएन ।
शशी खड्का, नायिका
ओहो..लोला कति खाईयो.. कुरै नगरौं । ढाडले पालो पाएन । गनेको भए लगभग एक दर्जनै थियो होला । म त बच्चाका साथीहरु सँग रमाइलो गर्दैथें । टोलका दाईहरुले होलीमा पानीको गोलीले हानेनि । तर आफुले चैं हान्नै पाईएन । तै पनि ठिकै छ, पर्यटन बर्षको बेला प्लाष्टिक फालेर किन वातावरण प्रदुषण पार्नु ।

मलाई डर लाग्छ

‘डर’ धेरै कारणले लाग्छ । देशका जनताहरुलाई रोग, भोक र शोकको डरले ग्रसित बनाईरहेको बेलामा नायिका ऋचा घिमिरे भने एउटा बेग्लै डरबिच बाचिरहेकी छिन् । त्यो हो, ‘मोटाईन्छ कि भन्ने डर’ ।हिजोको होलीमा आफुले कति खाएँ, भन्ने कुराको ऋचालाई ठेगानै छैन । तर खाईसकेपछि उनले भनिन्, ‘ला.. मैले आज पनि धेरै खाएँ, मलाई डर लाग्छ, मोटाईयो भने ।’ यसरी धरै खाईसकेपछि सुर्ताउनु उनको दिनचर्या नै भैसक्यो किनभने केहिँ समयअघि दुब्लाएकी ऋचा फेरी मोटाउन थालेकी छिन् ।सिनेमा क्षेत्रमा नयाँ–नयाँ हिरोईनहरुको प्रवेश चुलिँदै गएको बेलामा ऋचाको मनमा मोटाउँछु कि भन्ने डर पस्नु स्वभाविक नै हो,किनकी जमाना नै ‘जिरो फिगर’को छ । तर आफुलाई ‘चुजी’नायिकाको दर्जा दिन थालेकी यि नायिकाले धेरै खानु अघि बिचार नगरेर किन खाईसकेपछि चुकचुक गर्छिन् । कतै आफ्नै प्रोडक्सन हाउस छँदैछ, मोटी भएपनि दुब्ली भएपनि मैं त हुँ नि हिरोईन भनेर त हैन ।ऋचाजी, तपाईको लागि हाम्रो मात्रै हैन, सबैको सल्लाह यहि हुनसक्छ कि, मोटाउँछु कि भनेर डर मान्नु भन्दाअघि धेरै खानलाई नै डराउनुस् है ।

करिष्माको निवासमा होलीको उल्लास

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात होली आज परम्परागत रूपमा विभिन्न रङसँग खेली मनाईएको छ । होली मनाउने क्रममा ललितपुरको गोदावरी स्थित अभिनेत्री करिष्मा मानन्धरको निवासमा दर्जनौं चलचित्रकर्मीहरूले खुसी साटासाट गरेर होली पर्व मनाए ।करिष्माको घरमा बिहान करिब १० बजेबाट होली मनाउन चलचित्रकर्मीको जमघट शुरू भएको थियो ।बिभिन्न सात रंगहरूको साथमा नाचगान र होलीको शुभकामना आदानप्रदान गर्दै उपस्थित चलचित्रकर्मीहरूले अभिनेत्री मानन्धरको घरमा यसबर्षको होली पर्व हर्षोल्लासका साथ मनाए । होली मनाउने क्रममा उपस्थित अधिकांश कलाकारहरू रंगहरूको साथमा दिलखोलेर नाचेका थिए ।सो होली कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर, उनका पति बिनोद मानन्धर,छोरी कबिता मानन्धरको साथमा नायिका रेखा थापा,नन्दिता केसी, रेजिना उप्रेती, शुष्मा कार्की, नायकहरू निरज बराल, एशराज, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल,अशोक शर्मा, शोभित बस्नेत, सुदर्शन थापा, उकेश दाहाल, श्याम भट्टराई, द्वन्दनिर्देशक राजेन्द्र खड्गी र हिमाल केसी, करियोग्राफर गोबिन्द राई, निर्माता प्रभुशमसेर जबरा, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, हाँस्यकलाकार किरण केसीलगातका गायक, गायिका तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिती थियो ।यसैगरी होलीको अघिल्लो दिन जन्मेका करिश्माका श्रीमान् तथा निर्देशक बिनोद मानन्धरले सोही कार्यक्रममा आफ्नो जन्मदिन पनि सेलिब्रेट गरे । केक काटी आफ्नो जन्मदिन मनाएका बिनोदले आफ्नो उमेर भने खुलाउन चाहेनन् । फिल्मीखबरले कति औं जन्मदिन हो यो भन्दा उनले भने, 'आधा सेन्चुरी त नाघियो क्यारे !' दोहोरो खुसीमा रमाएका कलाकारहरूले साँझसम्म पनि होली मनाएका थिए । कार्यक्रमको रेडियो राजधानी एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो भने कार्यक्रमको संयोजन बाबुराम दाहालले गरेका हुन् ।

नयाँ बर्षमा दशगजा

राष्ट्र र राष्टियता बचाउन सिमा अतिक्रमणको विरोध गर्दै भारतसँगको सिमा क्षेत्रका बासिन्दाले भोगेको समस्यालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको चलचित्र 'दशगजा' नयाँ बर्षको अवसर पारेर बैशाखको दोस्रो साता सार्वजनिक हुने भएको छ । फिल्मीखबरसँग कुरा गर्दै निर्माता तथा नायक नवल खड्काले भने, 'अधिकांश ठाउँमा च्यारिटी गरेर सकिएकोले हामीले नयाँ बर्षको उपहार स्वरूप दशगजालाई सार्वजनिक प्रदर्शन गर्न लागेका हौं ।'हातमा पाच बर्षदेखि सर्टिफिकेट भएर पनि बेरोजगार बस्न बाध्य भएको एक युवकको विदेशिने बाध्यता, अमेरिका बसोबासको लागि भिसा पाएर भुटानी शरणर्थीले आफ्नो प्रेमीलाई छोड्नु परेको व्यथा र आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा र भारतद्धारा देशका विभिन्न स्थानमा मिचिएको सिमाको यथार्थ कथालाई समेटेर नवलले करिब दुई बर्ष अघि 'दशगजा' निर्माण गरेका हुन् ।चलचित्रमा नेपाल सरकारको नेतृत्व दिल्लीबाट सन्चालन हुने, राष्ट्रमा विदेशी पुजारी राख्नुपर्ने बाध्यता,सिमा स्तम्भ मिचिएको क्षेत्रमा नेपाली मन्त्रीहरको भ्रमणमा भारतीय सिमा सुरक्षाकर्मीको अमानविय ब्यवहार लाई चित्रण गरिएको छ। भुटानी शरणर्थीको अठार वर्षको लामो राष्ट्र फर्कने चाहाना र भारतको अवरोध, नेपाली जल जमिन र वनमा भारतको अतिक्रमणलाई दुई घण्टा तीस मिनेटको चलचित्रमा उतारिएको छ ।दयाराम दाहालले निर्देशन गरेको यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, नवल खड्का , रञ्जिता गुरूङ, सुभद्रा अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा बिष्णु कल्पितको छायाँकन, गोबिन्द राईको नृत्य, हिमाल केसीको द्वन्द तथा मणि थापाको संगीत रहेको छ ।

रेजिनाको चलचित्रमा करिष्मा

नेपाली चलचित्र क्षेत्रमा नायिकाहरू निर्माता बन्ने क्रम बढ्दो छ । नायिका रेखा थापा, झरना थापा, करिष्मा मानन्धर, मेलिना मानन्धर, मौसमी मल्ल, ऋचा घिमिरेलगायतका नायिकाहरूले चलचित्र निर्माण गरिसकेका छन् । यहि क्रमलाई निरन्तरता दिँदै नायिका रेजिना उप्रेती पनि निर्माता बन्दैछिन् ।करिब आठ बर्ष अघिदेखि नै चलचित्र निर्माण गर्ने सोचमा रहेकी नायिका रेजिनाले अब भने सो सोचलाई मूर्त रूप दिँदैछिन् । उनले निर्माण गर्ने चलचित्रमा मुख्य भुमिकामा रेजिनाको साथमा अभिनेत्री करिष्मा मानन्धर रहने भएकी छिन् । नायिका रेजिनाले करिष्मालाई बिहिबार नायिकाको रूपमा एग्रिमेन्ट गरिसकेकी छिन् । रेजिना र करिष्माको साथमा सो चलचित्रमा राजेश हमाल, जयकिशन बस्नेतले पनि मुख्य भुमिका निर्वाह गर्दैछन् ।बैशाखको पहिलो साताबाट छायाँकन शुरू गर्ने भनिएको सो चलचित्रको नाम 'बरदान' राख्ने करिब पक्का भएको छ । रेजिनालाई करिब १० चलचित्रमा नायिका बनाएका निर्देशक शोभित बस्नेतले सो चलचित्रको निर्देशन गर्नेछन् । पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रमा मनोहर सुनामको संगीत, शोभित बस्नेतको कथा, ध्रुब लम्सालको पटकथा तथा संवाद र राजेन्द्र खड्गीको द्वन्द रहने छ । चलचित्रको छायाँकन काठमाण्डौ, पोखरा र जोमसोममा गरिने निर्देशक बस्नेतले जानकारी गराए ।

ऋचाको कुरै बेग्लै

नायिका ऋचा शर्मा हिजो दिनभरी ठमेलको सातघुम्ती स्थित ‘आईस बार’मा नाच्नमा ब्यस्त देखिन्थिन् । ऋचाको साथमा तिन जना केटाहरु कम्मर मर्काई–मर्काई नाचिरहेका थिए । एकतिर शिवानी मोक्तानको आवाजमा सजिएको 'लैजारे' बोलको गीत ठुल्ठुलो आवाजमा घन्किरहेको थियो भने अर्कोतिर ऋचा गीतको तालसँगै आफ्नो बैशलाई सुटुक्क चोरेर लैजान कसैलाई आग्रह गर्दै थिईन् । छोटा–छोटा कपडामा देखिएकी ऋचा घरीघरी आफ्नो मेकअप बिग्र्यो कि भनेर ऐना हेर्थिन् । त्यतिबेला उनको कुरै बेग्लै थियो । नायक कर्म पनि त्यहाँ देखिन्थे । ऋचाले नाचिरहँदा कर्म परैबाट उनलाई आँखा तानी तानी हेर्दथे ।यि सबै घटना र परिवेशहरु सिनोमा ‘हाईवे’ छायाँकनको क्रममा देखिएका हुन् । दिपक रौनियारको निर्देशनमा निर्माणाधिन यस सिनेमाको एक आईटम नम्बरको हिजो ठमेलको ‘आईस बार’मा छायाँकन समापन गरियो । यौनकर्मीको भुमिकामा देखिएकी नायिका ऋचा शर्मा सिनेमामा आफ्नो चरित्रलाई लिएर निकै उत्साहित छिन् । यता नायक कर्म पनि फिल्ममा भिन्न लुक्समा देखिदैछन् । तुलसी घिमिरे निर्देशित ‘मृगतृष्णा’मा अभिनय गर्न कपाल छोटो पारेका कर्म यस सिनेमामा लामो र स्ट्रेट कपालमा देखा पर्दैछन् । जुन कपाल कृत्रिम हो ।बिशेषगरी राजमार्गमा हुने बिभिन्न घटनाहरुलाई मुल बिषय बनाईएको ‘हाईवे’ भित्र बिनय श्रेष्ठ, कर्म, ऋचा शर्मा, सौगात मल्ल आदि कलाकारहरुको अभिनय रहेको छ ।

कलाकारहरुलाई होलीको रन्को

रंगहरुको पर्व फागु पुर्णिमाले सबै माँझ एक खालको उत्साह लिएर आएको छ । नेपाली सिने क्षेत्रका कलाकारहरु पनि यस पर्वलाई लिएर उत्साहित देखिन्छन् । भोलिको होलीमा रंगहरुको गोली सँगै माया, प्रेम र सद्भावको बोलीले आफ्ना साथीसँगीहरुलाई साथ दिन प्रायजसो सिनेकर्मीहरु आतुर देखिन्छन् । यहि संदर्भमा ‘भोलिको होली योजना के छ त’, भन्ने हाम्रो कौतुहलतामा केहि कलाकारहरु यसो भन्छन् ।
राजेश हमाल, नायकम यतिबेला जापानको भ्रमण सकेर बैङ्ककमा छु । यो बर्षको होली यतै खेलिन्छ । यँहा रहेका साथीहरुसँग रमाईलो गर्नुपर्ला । यहि नजिक सामुद्रिक किनारमा गएर होली खेल्छु । रमाईलो कुरा के भने, यसपालि म हाफ पाईन्ट र गन्जीमा होली खेल्ने सुरमा छु । यो बेला नेपालको होलीलाई मैले पक्कै मिस गर्नेछु । आईतबार तिर म स्वदेश फर्कन्छु होला ।

करिश्मा मानन्धर, नायिकाभोलिको होलीलाई लिएर म निकै उत्साहित छु । नायिका रेखा थापा र म मिलेर नेपाली चलचित्र क्षेत्रका चर्चित ब्यक्तित्वहरुलाई होलीको निम्तो पठाईसकेका छौं । बिहान १० बजेदेखि रमाईलो सँग होली खेल्ने योजना छ । बिभिन्न एफ.एम र टिभी च्यानलहरुबाट पनि होली खेल्ने निम्तो आएका थिए तर हामीले पहिले नै यो तयारी गरेका भएर त्यतातिर समय दिन सकिन्न होला ।

आर्यन सिग्देल, नायकभोलि पनि मेरो सुटिँग परेका हुनाले होली त्यति बिशेष त नहोला । तै पनि ‘आई एम सरी’को सुटिँग युनिट सँगै रंगहरु दलेर र माया, प्रेम बाँडेर होली खेलिन्छ । यसैपनि मलाई होलीमा पानीको गोली हानेको पटक्कै मन पर्दैन ।

नम्रता श्रेष्ठ, नायिकामेरो होलीको योजना अहिले सम्म फिक्स भैसकेको छैन । साथीहरु भ्याली बाहिर जाने र उतै रमाईलो गर्ने पनि भन्दैछन् । बाहिर गएँ भने गैहालेँ, हैन भने यतै रमाईलो गर्नुपर्ला । ‘एभिन्युज’ र ‘हिमालयन’ टेलिभिजनबाट पनि होली खेल्ने निम्तो आएको छ । नभए आफ्नै रेष्टँुरा एटिक तिरै रमाईलो गरेर ओली खेल्छु ।

अनुप बराल, कलाकार
मेरो भोलिको होली बिभिन्न रँगकर्मीहरुका साथ बित्नेछ । हाम्रो स्टुडियोबाट ‘कान्तिपुर टेलिभिजन’ हुँदै अन्य ठाउँहरुमा साथीभाइहरु सँगै घुम्दै जाने योजना बनाएका छौं । एक आपसमा रंग दलेर, नाचगान गरेर होली खेलिन्छ । साथै गुरुकुलमा पनि त्यहाँका रंगकलाकारहरु सँगै रमाईलो गर्ने कुरा छ ।

कर्मका अनेक रुप

नेपाली सिनेमाका पर्दामा एउटै हिरोलाई एकै रुपमा पटक–पटक हेर्दाहेर्दै सिनेमाप्रेमीहरु दिक्क भैरहेका छन् । नायक कर्म भने यो कुराले आफ्ना दर्शकहरुलाई दिक्क पार्ने पक्षमा छैनन् । त्यसैले त उनी आफ्ना सिनेमाहरुमा बिभिन्न लुक्स र गेटअपमा प्रस्तुत हुन्छन् ।कर्मको पहिलो सिनेमा ‘सानो संसार’मा उनी बाक्लो, लामो र कर्ली कपालमा देखिएका थिए । जहाँ उनले एक सोझो युवकको भुमिका निभाएका थिए । त्यसपछि नेपाल भाषाको सिनेमा ‘पटचारा’मा लामो कपाललाई बाँधेको अवस्थामा उनलाई देखियो । त्यसपछि देव कुमार श्रेष्ठ निर्देशित ‘एकदिन एकरात’मा कर्मलाई डेडलक हेयर स्टाईलका बिच दर्शकहरुले स्विकारे ।अर्को सिनेमा ‘फस्टलभ’मा बोके दाह्रीका साथमा उही डेडलक हेयर स्टाइलबिच कर्मलाई देखियो । त्यसपछि ‘गुडबाई काठमान्डौं’को छायाँकनका निमित्त उनले लामो कपाललाई स्ट्रेट गरे तर सिनेमाको छायाँकन समय सरेपछि उनले सामान्य र छोटो कपालमा सिनेमाको छायाँकन टुँग्याए ।तुलसी घिमिरे निर्देशित सिनेमा ‘मृगतृष्णा’मा भने उनलाई छोटो कपाल र अनुहारमा छोटै जुँगाको साथमा दर्शकहरुले उनलाई देख्नेछन् । यस्तै हाल छायाँकन भैरहेको ‘हाईवे’मा कर्म लामो र स्ट्रेट कपालमा अभिनय गरिरहेका छन् ।यसरी,नयाँ-नयाँ लुक्स दिनाले दर्शकले सिनेमाको पर्दामा आफुलाई सधैं नयाँ रुपमा पाउने कर्मको भनाई छ । चरित्र सुहाउँदो लुक्स भएमा मात्र त्यसले वास्तविकता पाउँछ, कर्मले बताए ।

बाहिर बोक्रो भित्र खोक्रो 'व्याच नं १६'

निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र 'व्याच नं १६' ले आश गरे अनुरूपको व्यापार गर्न नसकेपछि चलचित्रमा निर्माता मात्र हैन चलचित्र उधोगले पनि एउटा नराम्रो हार बेहुर्नु परेको छ । चलचित्र निर्माण यूनिटले चलचित्रबाट निकै आश गरेको थियो तर सो आशा निराशामा बदलिएको छ ।युवापुस्तालाई आधार मानेर निर्माण गरिएको भनिएको सो चलचित्र युवापुस्तामा मात्र सिमित रह्यो । बिशेष गरी शहरिया क्षेत्रका दर्शकलाई केन्द्रित गरि निर्माण गरिएको चलचित्र 'व्याच नं १६' ले शहरिया दर्शकको मन त जित्यो तर नेपाली चलचित्र हेर्ने अधिकांश दर्शकको मन जित्न सकेन र चलचित्र असफल हुनपुग्यो । चलचित्रको प्रचारप्रसारको अभावले चलचित्र धारापमा पर्न सक्ने कुरा फिल्मीखबरले केहि दिन अगाडी 'धरापमा 'व्याच नं १६' भनि समाचार सम्प्रेशण गरेको थियो र सो समाचार आज अथार्थमा परिणत भएको छ ।चलचित्र प्रचारप्रसारको अभावले मात्र नभई कथाबस्तुको अभावले पनि चलचित्र असफल बन्न पुगेको चलचित्रकर्मीको भनाई छ । चलचित्रकर्मी मात्र नभएर दर्शकले पनि चलचित्रको मुख्य कमजोरी नै कथाबस्तु रहेको बताएका छन् । सुन्धारा स्थित क्यू एफएक्स सेन्ट्रल हलमा चलचित्र 'व्याच नं १६' हेर्न पुगेका शंकर पन्तलाई कथा साधारण लागे पनि सिनेमाट्रोग्राफी भने मन परेको बताए ।त्यसैगरी चलचित्रको सिनेमाटोग्राफी र दुई पात्र सुमन सिंह र अर्पण थापाको अभिनय बाहेक अन्य कुनै पक्ष त्यसको आकर्षक नरहेको बिशाल त्रिपाठीले बताए ।संजय गोपाल महर्जन र मंगल महर्जनलाई चलचित्रको एक्सन मन पर्‍यो रे ।तर उनीहरूलाई कथा भने मन परेनछ । यता प्रबिन देबकोटाको भनाई पनि यि दर्शकको जस्तै छ ।उनले पनि कथा नै चलचित्रको मुख्य कमजोरी रहेको बताए । यसरी दर्शकलाई पनि चलचित्रको कथाले बाँध्न सकेन र चलचित्र ले सोचेजस्तो व्यापार गर्न सकेन ।चलचित्र सार्वजनिक भएपछि बिभिन्न सञ्चारमाध्यममा चलचित्रको बारेमा निकै टिका टिप्पणी भए । अधिकांश सञ्चारमाध्यमले पनि चलचित्रमा धेरै कमजोरी देखिएको समाचार सम्प्रेषण गरेका छन् । घर बलियो हुन पहिला जग बलियो बनाउनु पर्छ भन्ने उखान आज चलचित्र व्याच नं १६ का लागि चरितार्थ भएको छ । त्यसैले चलचित्र भनेको एउटा सुन्दर घर जस्तै हो । घरलाई रंग रोगन गरेर बाहिरी आकर्षण दिंदैमा घर राम्रो र बलियो हुँदैन भन्ने कुरा बुझ्नु जरूरी छ । सबै चलचित्रकर्मीलाई चेतना भया !

नेपाली कथा युरोप लगिँदै

स्वदेशमा सार्वजनिक प्रदर्शनअगावै निर्देशक केपी पाठकले फिल्म 'मैना' विदेशमा देखाउने भएका छन् । सत्य घटनामा आधारित फिल्म 'मैना'बेल्जियम, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगलमा रहेका नेपालीका लागि देखाउने पक्का भएको निर्मातासमेत रहेका पाठकले बताए । 'स्विट्जरल्यान्ड, अस्टि्रया, आयरल्यान्ड, बेलायत र मलेसियामा प्रदर्शनको समेत पहल भइरहेको छ,' बिहीबार राति बेल्जियमका लागि उड्न लागेका निर्देशकले भने । आफ्नो भ्रमणलाई ठूलै आशाको रूपमा नहेरिए पनि नेपाली फिल्मप्रतिको हेराइलाई यसले चिर्ने दाबी गर्दै उनले थपे, 'नेपाली फिल्म राम्रो बन्दैनन् भन्ने सोचाइ विदेशमा समेत रहेकाले सार्थक फिल्म देखाएर त्यसलाई चिर्ने प्रयास गर्नेछु ।'चलचित्र निर्देशक समाजका अध्यक्षसमेत रहेका पाठकले कम्तीमा तीन महिनामा एउटै भए पनि नियमित फिल्म देखाउने वातावरण बनाउन पनि जान लागेको बताए । भने, 'अहिलेसम्म छिटपुट व्यक्तिगत प्रयासमै मात्र विदेशमा फिल्म देखाइयो, अब निर्देशक समाजले यसको संस्थागत प्रयास थालेको छ ।' प्रदर्शन अगावै केही फिल्म अवार्डसमेत जितिसकेको 'मैना' मा द्वन्द्वको अवधिमा १५ वर्षीया किशोरी मैना सुनारको तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको घटनाकै सेरोफेरोबाट त्यस बेलाको परिस्थितिको चित्रण गरिएको छ ।

हराएकी ऋचा भेटिईन्

फिल्मीखबर, काठमाण्डौ,नायिका ऋचा सिंह ठकुरीले आफू नहराएको बताएकी छिन् । फिल्मीखबरले करिब एक महिना अगाडी ऋचा हराएको कुरा सार्वजनिक गरेको थियो र सो कुरालाई खण्डन गर्दै ऋचाले आफू हराएको नभएर बिदेश भ्रमणमा गएको बताईन् ।बुधबार फिल्मीखबरसँग कुरा गर्दै ऋचाले भनिन्, 'म हराएकी छैन । मत घुम्न गएकी हुँ ।' एक साता अघि नेपाल आईपुगेकी 'नाइ नभन्नु ल' नायिका ऋचाले आफू बिकाश आचार्यको चलचित्र 'म तिम्रो भईसकें' मा अभिनय गर्न नेपाल आएको बताईन् । उनले भनिन्, 'यो फिल्म सुटिङ शुरू नभएको भए म झट्टै नेपाल आउने थिइन् ।' दाजु भाउजुलाई भेट्न र घुम्नको लागी दुई महिना अगाडी दुबई गएको ऋचाको भनाई छ ।बिभिन्न सञ्चारमाध्यमम आफ्ना बारेमा नराम्रा टिका टिप्पणी आएपनि उनले त्यस्ता टिका टिप्पणीले आफूलाई केहि असर नपार्ने ऋचाले बताईन् । उनी भन्छिन्, 'म गलत छैन भने मेरो बारेमा जे-जस्ता कुरा आएपनि मलाई कुनै मतलव हुँदैन ।' छायाँकनमा रहेको चलचित्र 'म तिम्रो भईसकें' मा अभिनय गरेपछि पुन: सोही देश जानसक्ने ऋचाले बताइन् ।

रेखाले हारिन् किस बाजी

भर्खरै मात्र सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । अवार्ड हातपारे पनि रेखाको मन खुसी देखिएन । कारण उनले अवार्ड हात पार्नु भनेको एक निर्देशकलाई किस गर्नु हो । अर्थात उनले निर्देशक सुरेशदर्पण पोखरेलसँग किस बाजी गरेकी थिईन् र अवार्ड जितेपछि रेखाले किस बाजी हारिन् र सुरेशलाई किस गर्नुपर्ने भएपछि रेखा दु:खि भएकी हुन् ।रेखाले किस बाजी कसरी हारिन् त ?पक्कै पनि चासोको बिषय बन्न सक्छ ।कुरा थियो अवार्ड हुनुभन्दा एक दिन अगाडीको ।निर्देशक दर्पणले सपनामा रेखाले अवार्ड पाएको देखेछन् र रेखालाई भनेछन्, 'मैले सपनामा तपाईंले अवार्ड पाएको देखें । मेरो सपना प्राय पूरा हुन्छ त्यसैले तपाईंले अवार्ड पक्कै पाउनु हुन्छ ।' तर रेखाले सुरेशको कुरामा बिश्वास गरिनन् र उनले सर्त राखिन्,'यदि मैले अवार्ड पाएँ भने तपाईंलाई किस गर्छु तर अवार्ड पाईन भने त्यहि समारोहमा किस गर्ने गालामा सबैको अगाडी पिट्छु। मञ्जुर छ ?' सुरेश पनि के कम ?आए आँप गए झटारो भने झैं जिते रेखाको किस नजिते झापट । सुरेशले रेखाको प्रस्ताव स्विकारे । भोली पल्ट अवार्ड बितरण गरियो र रेखाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन् र सुरेशसँग किस बाजी हारिन् ।किस बाजी जितेपछि सुरेश निकै खुसी भए सो समारोहमा । तर रेखाले आफूले गरेको बाचा भने अहिलेसम्म पनि पूरा गरेकी छैनन् । रेखाले किस नगरेपछि सुरेशले फेसबुकको स्टाटसमा पनि सो कुरालाई अप्रत्यक्ष रूपमा लेखेका थिए र अहिले उनको प्रोफाइल तस्विर पनि किस गरेको नै छ । उनको सो तस्विरमा एक जना केटीले एक केटालाई किस गरेको छ । यसबाट प्रस्ट हुन्छ कि सुरेशले रेखालाई आफ्नो बाचा पूरा गर्न आग्रह गरिरहेका छन् ।
रेखा जी ! बाजी हारेपछि आफूले गरेको बाचा पूरा गर्न पर्दैन ?

केटी खोज्न पुर्वतिर

नेपाली सिनेमाका धेरैजसो निर्माता ,निर्देशकहरु यतिबेला आफ्नो आगामी प्रोजेक्टका लागि नयाँ महिला अनुहार अर्थात् नायिका खोज्नमा ब्यस्त देखिन्छन् । तर ‘कसलाई के धन्दा घर ज्वाँईलाई कुन्नि के’ भनेको जस्तो सिनेमा ‘कसम’का निर्माता राम प्रसाद रिजाल भने आफ्नै जीवनको लागि नायिका खोज्दै हाल पुर्व पुगेका छन् ।पुर्वको नारायणघाट पुगेका रिजालको हामीलाई त्यहिँबाट फोन आयो । फिल्म फ्लप भयो भने बिहे गर्दिन भन्ने यी निर्माताको सिनेमाले लगानी उठाउने सुर के कसेको थियो, त्यसपछि त यिनको भुईमा खुट्टै छैन । सिनेमाले पैसा कमाउन थाले लगत्तै बिहे गर्छु भनेर उफ्रिएका रामसँग लगनगाँठो कस्ने सीता नभेटेपछि सीता पुर्वमै पो छिन् कि,भनेर यी निर्माता खोजी गदैछन् ।सिनेमा पनि चलाउने,केटी पनि खोज्ने,वाह.‘एक काम दुई पन्थ’।‘फिल्म हेर्ने दर्शक मध्यकै एक पो मेरी सिता हुने हो कि’,भन्ने यी रामलाई सीता चाँडै मिलोस् हाम्रो शुभकामना ।

सिनेमा हलमा बिश्वकप क्रिकेट

बिश्वकप क्रिकेटका कारणले कुनै पनि हिन्दी सिनेमा प्रदर्शनमा नआएकाले हिन्दी सिनेमा मात्र प्रदर्शन गर्ने हल मालिकहरु तनाबमा छन् । यहि तनाबलाई कम गराउन एउटा बैकल्पिक बाटो खोजिएको छ, सिनेमा हलमै क्रिकेटको प्रत्यक्ष प्रसारण ।यहि योजना अन्तर्गत काठमान्डौंको कमल पोखरीमा स्थित कुमारी हलले शनिबार हुने अष्ट्रेलिया र पाकिस्तान बिचको क्रिकेट खेलको प्रत्यक्ष प्रसारण दर्शकहरुलाई देखाउन लागेको छ । हुन त यसअघि पनि हलले क्रिकेट नदेखाएको होईन तर दर्शकको अभावमा यो योजना पनि असफल भएको मानिएको थियो । तैपनि शनिबार हुने खेल भने रोमान्चक हुने आशा गरिएकाले दर्शकहरु क्रिकेट हेर्न आउने हलका सदस्य स्याङ्ग दार्जे लामाले बताएका छन् ।त्यस्तै बिश्वकप क्रिकेट अन्तर्गतकै टप आठदेखि फाइनल सम्मका सम्पुर्ण खेलहरु पनि कुमारी हलमा देखाईने लामाले बताए ।

दुई दिनमा २५ लाख

शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शन प्रारम्भ गरेको ब्याच नं १६ले दुई दिनमा २५लाख हाराहारीको ब्यापार गरेको डि.सि.यन बितरण प्रमुख दिपक दँगालले बताएका छन् ।पिताम्बर पाण्डे निर्देशित सिनेमाले काठमान्डौ लगायत मोफसलका दर्शकको मन जितिरहेको बताईएको छ । काठमान्डौका आठ र बाहिरका पचास गरी जम्मा ५८ हलहरुमा प्रदर्शन भैरहेको सिनेमाको ब्यापारलाई उत्साहजनक मान्न सकिने दिपकले बताए ।अनुप बराल,सुमन सिँह, रुबी भट्टराई,अर्पण थापा अभिनित ब्याच नं १६ हेर्न हिन्दी र अँग्रेजी सिनेमा हेर्ने दर्शकको पनि ओईरो लागि रहेको निर्देशक पाण्डेले बताए ।साईलेन्स इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ब्याच नं १६ को दुई मित्रहरुबिच द्धन्दमा आधारित सिनेमा हो ।

जापानमा सुरक्षित छन् हमाल

गएको ९ मार्चका दिन जापान उडेका महानायक राजेश हमाल शुक्रबार त्यहाँ आएको महाभुकम्पबाट सुरक्षित रहे । भ्रमणको शिलशिलामा जापान पुगेका हमाल भुकम्प आएको दिन सम्पर्क बिहिन भएका थिए ।‘जापानको ‘चिभा’ शहर स्थित एक होटलमा बस्दै आएका हमाल त्यसदिन निकै त्रसित भएका थिए’ उनका सहायक चिरन्जिबी आचार्यले भने,'बिगत लामो समयदेखि बर्षमा एकपटक जापान भ्रमणका निमित्त जाने गरेका उनी हाल सुरक्षित छन् ।'उनी आफ्नो भ्रमण पुरा गरी अबको लगभग तिन हप्ता पछि स्वदेश फर्कदै छन् । जापानमा शुक्रबार हालसम्मकै शक्तिशाली भुकम्प आएको थियो । भुकम्पको तिव्रता ८.९ रेक्टर स्केल मापन गरिएको थियो ।

अर्को आशलाग्दा अनुहार

शुक्रबार देखि देशभरका थुप्रै सिनेमाहलहरुबाट प्रदर्शनमा आएको ब्याच नं १६ बाट अर्का आशलाग्दा कलाकारको जन्म भएको छ । ती कलाकारको नाम हो, अर्पण थापा ।बिहिबार सुन्धारा स्थित सिभिल मलमा सिनेमाको प्रिमियर शो सकिसकेपछि अर्पणलाई ‘अभिनय राम्रो छ है’, भनेर शुभकामना दिनेहरुको घुँईचो लागेको थियो । अर्पण पनि आफ्नो पहिलो सिनेमाबाटै यतिका शभचिन्तकहरुको माया पाएकै कारणले दँग परेका थिए । अलिअलि फुलेको दाह्रीमा प्रसन्न देखिएका यिनको अभिनय कलाको तारिफ त्यहाँ उपस्थित सबैजसोले गरेको पाईन्थ्यो ।हाल सिनेमाको प्रचरप्रसारमा दौडिरहेका यी कलाकारले बम्बैबाट अभिनय सिकेर आएका हुन् । यसअघि ‘सिक सिटी’ नामक सिनेमामा प्रमुख भुमिकामा अभिनय गरेका अपर्णको यो सिनमा भने यहि मार्च १८ देखि प्रदर्शनमा आउँदैछ ।‘ब्याच नं १६’ मा गुरु नामक पात्रको भुमिकामा देखिएका यिनको आगामी सिनेमा यात्राका लागि द नेपाल~रोमानियाको शुभकामना ।

हाँस्यकलाकारद्वारा पत्रकार पराजित

बक्स अफिस फुटबल लिग अन्तर्गत शनिबार भएको हाँस्यकलाकार र पत्रकार बिच भएको खेलमा हाँस्यकलाकारहरू विजयी भएका छन् । काठमाण्डौको सानो गौचरन मैदानमा भएको खेलमा हाँस्यकलाकारहरूले पत्रकारलाई ४-२ ले हराएका हुन् ।'बक्स अफिस फिल्म फुटबल लिग २०६७ 'अन्तर्गतको खेलमा हाँस्यकलाकारको तर्फबाट मनराज श्रेष्ठ र चियोङ गुरूङले २/२ गोल गरे भने पत्रकारको तर्फबाट सुमन कार्की र श्रीहरी थापाले १/१ गोल गरे । दिपकराज गिरीको नेतृत्वमा हाँस्यकलाकारको तर्फबाट दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल, केदार घिमिरे, दमन रूपाखेती, पूर्ण थापा, गोपाल ढकाल, मनराज श्रेष्ठ, चियोङ गुरूङलगायतका कलाकार फुटबल मैदानमा उत्रेका थिए भने पत्रकारको तर्फबाट दिपेन्द्र लामाको नेतृत्वमा दिपेन्द्र लामा, सुमन गैरे, उत्तम गौडेल, आरके सुवेदी, मनराज श्रेष्ठ, चियोङ गुरूङ, बिकास कार्की, दिनेश सिटौला, सुमन कार्की, श्रीहरी थापा लगायत मैदानमा उत्रेका थिए ।सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारण भैरहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसको आयोजनामा भएको सो खेलमा हाँस्यकलाकारका तर्फबाट तीन जना खेलाडीले पहेंलो कार्ड पाएका थिए ।सो खेल शुरू हुनुभन्दा पहिला आयोजकले शुक्रवार नवनिर्वाचित चलचित्र पत्रकार संघका शुक्रवार नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको थियो । यसैगरी सो कार्यक्रममा गायक राजेश पायल राई, निर्माता प्रदिप उदय, सुसिल पोखरेल, टंक लम्साल, अजित जंग राणा, हाँस्यकलाकार दिपकराज गिरी र पत्रकार दिपेन्द्र लामालाई पनि आयोजकले सम्मान गरेको थियो । कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो पछिल्लो एल्बम 'राई इज किङ' का दुई गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

सुषमा कार्की (नायिका)

मन पर्छ
क्युट लुक्स - हेरेरै भुतुक्क पार्ने क्युट लुक्स भएका युवकले मलाई पनि भुतुक्कै पार्छन् ।

फिजिकल फिटनेस - ज्यान बनाएका युवकहरू हेर्दै आकर्षक हुन्छन् । फिजिकल फिटनेसमा ध्यान दिने युवकले सहजै युवतीलाई आकर्षणको घेरामा पार्न सक्छन् ।

साँचो बोल्ने - जस्तोसुकै कुरा भए पनि कुरा नलुकाउने र नढाँट्ने युवक मलाई मन पर्छन् ।

हल्का कालो वर्ण - धेरै गोरोभन्दा पनि हल्का कालो वर्णका युवक मलाई राम्रा लाग्छन् ।

मन पर्दैन

धोकेबाज - प्रेममा मात्र होइन, हरेक कुरामा अरूलाई धोका दिने युवक मलाई मन पर्दैनन् ।

पेट निस्किएको - पेट निस्किएका युवक अस्वस्थ हुन्छन् कि जस्तो लाग्छ । फेरि पेट निस्किएको कहाँ राम्रो देखिन्छ त ?

टच गर्ने बानी - कुराकानीका क्रममा बारम्बार समात्न र छुन खोज्ने युवकहरूको बानीले मलाई दिक्क बनाउँछ ।

डि्रङ्स गर्ने - रक्सी पिउने बानी मलाई पटक्कै मन पर्दैन । अझ रक्सी पिएर जे पायो त्यही बोल्ने बानीले त झन् दिक्क हुन्छु ।

बदमास

समाजमा दुई प्रकारका मानिस हुन्छन्- खराब र असल । असल त्यसै पनि असल भए, खराबलाई समाजले बदमास भन्ने गरेको छ । समाज बिगार्ने ती बदमासहरू किन बदमास भए ? वा बदमास कति प्रकारले हुन्छन् ? भन्ने कुरालाई आज शुक्रबार काठमाडौंका १४ वटा चलचित्र भवन तथा उपत्यकाबाहिरका १५ स्थानबाट एकैसाथ सार्वजनिक हुन लागेको चलचित्र 'बदमास'मा देखाउन खोजिएको छ । तीर्थप्रसाद श्रेष्ठको लगानीमा देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र 'बदमास'मा धेरैपछि नेपाली चलचित्रका 'एङ्ग्री योंड म्यान' शिव श्रेष्ठ देखा पर्दैछन् । उनी चलचित्रमा सानैदेखि बाबुआमा तथा आफन्तको माया नपाएर बदमास बनेको चरित्रमा छन् । चलचित्रका अर्का नायक सुनिल श्रेष्ठ पुस्तैनी धनसम्पत्तिको मादमा मात्तिएर पैसाले जे पनि किन्न सकिन्छ भन्ने सोचमा बदमास बन्छन् । यी दुई बदमास त समाजको प्रयासमा सुधि्रन सक्छन्, तर जिमी गुरुङको चरित्र यस्तो बदमासको छ, जो कहिल्यै सुधि्रूदैन । ऊ आफ्नो स्वार्थका लागि समाजलाई बिगार्न र ध्वस्त पार्न खोज्छ । त्यसपछि अघिल्ला दुई बदमास त्यो बदमासको विरुद्धमा लाग्छन्, जसमा अर्का नायक अमृतजंग बस्नेतले पनि साथ दिन्छन् । चलचित्रमा यीबाहेक शुभेच्छा थापा, रञ्जना शर्मा तथा राजेन्द्र खड्गीका साथै एउटा आइटम डान्समा नायिका उषा पौडेल पनि छिन् । कमलकृष्ण र शरण जोशीको संगीत सुन्न पाइने यो चलचित्रमा शान्ता नेपाली र प्रदीप श्रेष्ठको नृत्य, मौनता श्रेष्ठको लेखन, श्याम रायमाझीको छायांकन तथा ईश्वर कोइरालाको सम्पादन छ ।

दुई पत्नीको चेपुवामा निखिल

कास्की, फाल्गुन २७ -विवाहित अभिनेता निखिल उप्रेती अभिनेत्री सञ्चिता लुइँटेललाई पनि अपनाएपछि चेपुवामा परेका छन् । न उनी धुमधामसँग विवाह गरेर भित्र्याएकी पत्नी कोपिलालाई छाड्न सक्छन् न त पछिल्ली सञ्चितालाई । सञ्चिताले निखिल लाई जेठी पत्नी कोपिलालाई छाड्नुपर्ने दबाब दिएपछि केही दिनयता निखिल तनाबमा परेका हुन् ।निखिल कोपिला र सञ्चिता दुवैलाई त्याग्न नसक्ने बताउँछन् ।'म एउटालाई छाडेर अर्कोलाई लिएर अघि बढ्न सक्दिनँ,'निखिलले भने । साथीबाट प्रेमिका हुँदै एकअर्कोलाई स्वीकारेका सञ्चिता र निखिल करिब नौ महिना मुम्बईमा सँगै बसेका थिए । अहिले भने उनीहरू सँगै छैनन् । सञ्चिता माइतीमा बस्दै आएकी छन् भने निखिल अहिले सुटिङका क्रममा पोखरामा छन् । कतिपयले त निखिलले कोपिला लाई छाडेर सञ्चितासँग बस्न थालेको अड्कलबाजी पनि गरेका थिए । तर हालै मुम्बईबाट नेपाल आउने क्रममा निखिलले पत्नी कोपिला र डेढ वर्ष छोरासँग तस्बिर खिचेपछि अड्कलबाजी गलत सावित भएको छ । नेपाल आएपछि सुटिङबाहेकको अधिकांश समय उनी पत्नी कोपिलासँग भक्तपुरस्थित घरैमा बस्ने गरेका छन् ।पोखरामा सुटिङका क्रममा पनि मोबाइलमा कोपिला र उनको दैनिकजसो कुराकानी हुने गरेको छ । यही कुराकानी सञ्चितालाई मन परिरहेको छैन । स्रोतका अनुसार सञ्चिताले निखिललाई कोपिलासँग भेटघाट मात्र नभई बोल्नसमेत निषेध गर्न खोजेकी छन् ।सञ्चिताले कोपिलासँगको सम्बन्ध पूरै 'कट'गर्न भने पनि कोपिला भने यसबारेमा केही बोलेकी छैनन् ।कोपिलासँग टेलिफोनमा सम्पर्क गर्दा 'आफूले अहिले केही नबोल्ने' बताइन् । सञ्चितासँग सम्पर्क गर्न खोज्दा उनी पनि उपलब्ध भइनन् । यसअघि सञ्चिताले निखिलको सम्पत्ति सबै कोपिलाले आफ्नो नाममा पारेको भन्दै विरोध गरेकी थिइन् । तर, निखिलले पत्नीको हैसियतले घरसहितको करिब २ करोडको सम्पत्ति कोपिलाको नाममा रहनु स्वाभाविक भएको बताए । 'कोपिलाले जबरजस्ती गरेर घरसम्पत्ति आफ्नो बनाएकी हैनन्,' निखिलले कान्तिपुरसँग भने ।

किन दिक्क छन् आलोक ?

थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरे पश्यात् सिनेमा निर्देशनमा लागी ‘सानो संसार’ र ‘कोही मेरो’को निर्देशन गरेका आलोक नेम्वाङ्ग बिभिन्न संचारमाध्यममा आफ्नो सिनेमाका बिषयमा चलाईएको हल्लाका कारणले दिक्क भएको बताउछन् ।नेम्वाङ्ग निर्देशित ‘कोही मेरो’ले औषत ब्यापार गरेपनि संचारमाध्यमहरुमा असफल सिनेमा भनी प्रचारप्रसार गरिएकै कारणले उनी दिक्क भएका हुन् । त्यस्तै बिभिन्न संचारमाध्यमहरुमा कोही मेरोलाई असफल सिनेमाको दर्जा दिई आफुलाई प्रश्न सोध्ने गरेको कुरा पनि उनलाई पच्दैन । आलोक भन्छन्‘मेरो फिल्म असफल भएकै छैन,यहाँ दशलाख कमाउने फिल्मलाई सफल मानिन्छ ,कोही मेरोले औषत ब्यापार गरेको हो तर पनि किन त्यसलाई असफल भनिन्छ ?’हामीसँगको कुराकानीमा आफुलाई मुड चलेको खण्डमा सिनेमा निर्देशन गर्ने कुरा उनले बताए । ‘सानो संसार’ निर्देशन पछि केहि ग्याप राखेका नेम्वाङ्ग आगामी प्रोजेक्टका लागि पनि केहि ग्याप राख्न चाहन्छन् । उनी अहिले म्युजिक भिडियोहरुकै निर्देशनमा ब्यस्त देखिन्छन् ।

शिवलाई ढाडको समस्या

नेपाली सिनेमा क्षेत्रमा ‘साईबाबाको भक्त’को रुपमा चिनिएका नायक शिव श्रेष्ठ हाल उपत्यकामा छैनन् । ढाडमा केहि समस्या देखिएकाले आराम गर्ने शिलशिलामा उनी अहिले बिराटनगरमा छन् ।हामीले फोन सम्पर्क गर्दा श्रेष्ठको फोन नउठेपछि उनी अभिनित सिनेमा ‘बदमास’का निर्माता सुनिल श्रेष्ठसँगको कुराकानीका क्रममा यो कुराको खुलसा भएको हो । ‘बदमास’ भोलिदेखि उपत्काका लगभग पन्ध्र हलमा प्रदर्शन हुदैछ । यस्तै निर्माता सुनिल श्रेष्ठले सिनेमाको प्रचार प्रसारका लागि नायक शिव श्रेष्ठ भोलि उपत्यका छिर्ने पनि बताए । ‘फिल्मको प्रचारप्रसारका लागि शिवदाई हामीसँग भैदिए राम्रो हुन्थ्यो, सुनिलले भने, हेरौं उहाँको स्वास्थ्यमा सुधार आउला कि नआउला ।’
‘जिवनरेखा’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका नायक श्रेष्ठलाई स्वास्थ्य लाभ होस्,द नेपाल~रोमानियाको शुभकामना ।