ब्याच नं १६ र बदमासको भिडन्त

आगामी शुक्रबारदेखि दुई सिनेमाहरु प्रदर्शनमा आउन लागेका छन् । एक हो, पिताम्बर पाण्डे निर्देशित ‘ब्याच नं १६’ भने अर्को हो, देव कुमार श्रेष्ठ निर्देशित ‘बदमास’ ।ब्याच नं १६ को ब्यापक प्रचार–प्रसार भएको पाईन्छ भने बदमास यो मामिलामा तल परेको छ । यसका निर्माता सुनिल श्रेष्ठसँग हामीले बुझ्दा फिल्मको प्रचार–प्रसार बिस्तारै भैरहेको बताए । बदमासमा शिव श्रेष्ठ, जिम्मी गुरुङ्ग, रन्जना शर्मा, उषा पौडेल, सुनिल श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय हेर्न पाईन्छ । यता ब्याच नं १६ मा भने अनुप बराल, सुमन सिँह, रुबी भट्टराई, अर्पण थापा, सुस्मा कार्की लगायतका कलाकारहरको अभिनय रहेको छ । बदमासमा राजेन्द्र खड्गीको द्धन्द र कमलकृष्णको सँगीत रहेको छ । ब्याच नं १६ दुई साथीहरुको सम्बन्धमा आएको फाटोको बिषयमा बनेको सिनेमा हो भने बदमास मान्छे कसरी सज्जनबाट बदमास बन्छ भन्ने कथावस्तुमा आधारित सिनेमा हो ।
अब हेरौं, ब्याच नं १६ ले आफ्नो टाउकोमा सुपरहिटको ब्याच भिर्छ कि भिर्दैन् अनि बदमासले नेपाली सिनेमा क्षेत्रमा बदमासी देखाउँछ कि नाम कमाउँछ ।

0 comments:

Post a Comment