मेलिनाको छोरीको नाम जुरेन

नेपाली सिनेमा क्षेत्र भित्र थुप्रै निर्माता, निर्देशकहरु यतिबेला आफ्नो सिनेमाको नाम खोज्न ब्यस्त छन् । तर यता नायिका मेलिना मानन्धर भने आफ्नी छोरीको लागि सुहाउँदो नाम खोज्नमा ब्यस्त देखिन्छिन् ।गएको कात्तिक महिनामा छोरीलाई जन्म दिएकी मेलिना हाल छोरीकै स्याहार–सुसारका क्रममा छिन् । केहि बिज्ञापनहरुमा हालै अभिनय गरेको बताउने मेलिनालाई, ती बिज्ञापनहरु कुन–कुन थिए, भनी हामीले सोध्दा, ‘अहिले भन्ने र ?’ भनेर हाँसेर टारिन् । त्यसपछि हामीले बुझ्यौ कि उनले ठाटिन् ।कुराकानी कै शिलशिलामा छोरीको नाम के राखियो, भनी प्रश्न गर्दा हालसम्म छोरीको नाम जुरी नसकेको र आफु नाम कै खोजीमा रहेको मेलिनाले बताईन् । मेलिनाले आफु कहिले सिनेमातिर फर्कन्छु भन्ने कुराको अत्तोपत्तो नभएको पनि बताईन् ।

0 comments:

Post a Comment