अर्को आशलाग्दा अनुहार

शुक्रबार देखि देशभरका थुप्रै सिनेमाहलहरुबाट प्रदर्शनमा आएको ब्याच नं १६ बाट अर्का आशलाग्दा कलाकारको जन्म भएको छ । ती कलाकारको नाम हो, अर्पण थापा ।बिहिबार सुन्धारा स्थित सिभिल मलमा सिनेमाको प्रिमियर शो सकिसकेपछि अर्पणलाई ‘अभिनय राम्रो छ है’, भनेर शुभकामना दिनेहरुको घुँईचो लागेको थियो । अर्पण पनि आफ्नो पहिलो सिनेमाबाटै यतिका शभचिन्तकहरुको माया पाएकै कारणले दँग परेका थिए । अलिअलि फुलेको दाह्रीमा प्रसन्न देखिएका यिनको अभिनय कलाको तारिफ त्यहाँ उपस्थित सबैजसोले गरेको पाईन्थ्यो ।हाल सिनेमाको प्रचरप्रसारमा दौडिरहेका यी कलाकारले बम्बैबाट अभिनय सिकेर आएका हुन् । यसअघि ‘सिक सिटी’ नामक सिनेमामा प्रमुख भुमिकामा अभिनय गरेका अपर्णको यो सिनमा भने यहि मार्च १८ देखि प्रदर्शनमा आउँदैछ ।‘ब्याच नं १६’ मा गुरु नामक पात्रको भुमिकामा देखिएका यिनको आगामी सिनेमा यात्राका लागि द नेपाल~रोमानियाको शुभकामना ।

0 comments:

Post a Comment