शाहरूख र प्रियंकासँग महानायकको भेट

बलिउड चर्चित अभिनेता शाहरूख खान र अभिनेत्री प्रियंका चोपरा नेपाल आउने भएका छन् । नेपाली नयाँ बर्ष २०६८ सालको उपलक्ष्यमा ओडिसी नेटवर्कले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आउन लागेको बुझिएको छ बर्षको अन्तिम दिन अर्थात चैत्र मसान्तमा को राति सो कार्यक्रम हुँदैछ । आयोजकले आधिकारिक जानकारी नदिएपनि सो कार्यक्रममा शाहरूख र प्रियंकाको साथमा महानायक राजेश हमाललगायतका केही नेपालका चर्चित कलाकारहरू पनि सहभागी हुनेछ । नेपाली नयाँ बर्षलाई धुमधामका साथ मनाउने हेतुले बलिउडका चर्तित हस्तीको साथमा नेपालका चर्चित हस्तीहरूले सो कार्यक्रमलाई भव्य बनाउन बुझिएको छ ।नयाँ बर्षको सो कार्यक्रममा सहभागी हुन महानायकले आफ्नो जापान भ्रमणलाई पनि छोट्याएको बुझिएको छ । ओडिसी नेटवर्कले राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै मात्र चर्चित क्यानडेली रकस्टार ब्रायन एडम्सको कन्सर्ट गरेको थियो ।

0 comments:

Post a Comment