शुक्रबारबाट मि. मंगले

नायक वीरेन श्रेष्ठले निर्माण गरेको चलचित्र 'मि. मंगले' आगामी शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । क्यू सिस्टमबाट प्रदर्शन हुन लागेको सो चलचित्र बिश्वज्योती, गंगा, कलंकी, गुण, गोपी, बाराही लगायतका करिब एक दर्जन हलहरूमा प्रदर्शन हुँदैछ ।किशोर राना मगरले निर्देशन गरेको सो चलचित्रमा वीरेन श्रेष्ठ, अरूणिमा लम्साल, रेखा थापा, दिवस उप्रेती, गोपाल भुटानी, शक्ति पण्डित, अन्जु महर्जन, राकेश लामा, पुकार भट्टराई, सपना श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली मौलिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको सो चलचित्र त्रिपक्षिय प्रेमकथा र हाँस्यव्यङ्गमा आधारित छ ।गत बर्ष उपत्यका बाहिर प्रदर्शन भएर सफलता पाएको सो चलचित्रले गत बर्षको केटिभी चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक, सहअभिनेता, पाश्र्व संगीत, बाल कलाकार, हास्य कलाकार र संवाद गरि ६ बिधामा अवार्ड हात पारेको थियो । चलचित्रमा गायक प्रमोद खरेल र राम कार्कीले संयुक्त सङ्गीत दिएका छन् ।

0 comments:

Post a Comment