नयाँ बर्षमा दशगजा

राष्ट्र र राष्टियता बचाउन सिमा अतिक्रमणको विरोध गर्दै भारतसँगको सिमा क्षेत्रका बासिन्दाले भोगेको समस्यालाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको चलचित्र 'दशगजा' नयाँ बर्षको अवसर पारेर बैशाखको दोस्रो साता सार्वजनिक हुने भएको छ । फिल्मीखबरसँग कुरा गर्दै निर्माता तथा नायक नवल खड्काले भने, 'अधिकांश ठाउँमा च्यारिटी गरेर सकिएकोले हामीले नयाँ बर्षको उपहार स्वरूप दशगजालाई सार्वजनिक प्रदर्शन गर्न लागेका हौं ।'हातमा पाच बर्षदेखि सर्टिफिकेट भएर पनि बेरोजगार बस्न बाध्य भएको एक युवकको विदेशिने बाध्यता, अमेरिका बसोबासको लागि भिसा पाएर भुटानी शरणर्थीले आफ्नो प्रेमीलाई छोड्नु परेको व्यथा र आफ्नै देशको सिमानमा रहेर पनि नेपाली हुन नपाएका व्यक्तिहरूको कथा र भारतद्धारा देशका विभिन्न स्थानमा मिचिएको सिमाको यथार्थ कथालाई समेटेर नवलले करिब दुई बर्ष अघि 'दशगजा' निर्माण गरेका हुन् ।चलचित्रमा नेपाल सरकारको नेतृत्व दिल्लीबाट सन्चालन हुने, राष्ट्रमा विदेशी पुजारी राख्नुपर्ने बाध्यता,सिमा स्तम्भ मिचिएको क्षेत्रमा नेपाली मन्त्रीहरको भ्रमणमा भारतीय सिमा सुरक्षाकर्मीको अमानविय ब्यवहार लाई चित्रण गरिएको छ। भुटानी शरणर्थीको अठार वर्षको लामो राष्ट्र फर्कने चाहाना र भारतको अवरोध, नेपाली जल जमिन र वनमा भारतको अतिक्रमणलाई दुई घण्टा तीस मिनेटको चलचित्रमा उतारिएको छ ।दयाराम दाहालले निर्देशन गरेको यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, नवल खड्का , रञ्जिता गुरूङ, सुभद्रा अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा बिष्णु कल्पितको छायाँकन, गोबिन्द राईको नृत्य, हिमाल केसीको द्वन्द तथा मणि थापाको संगीत रहेको छ ।

0 comments:

Post a Comment