बदमास

समाजमा दुई प्रकारका मानिस हुन्छन्- खराब र असल । असल त्यसै पनि असल भए, खराबलाई समाजले बदमास भन्ने गरेको छ । समाज बिगार्ने ती बदमासहरू किन बदमास भए ? वा बदमास कति प्रकारले हुन्छन् ? भन्ने कुरालाई आज शुक्रबार काठमाडौंका १४ वटा चलचित्र भवन तथा उपत्यकाबाहिरका १५ स्थानबाट एकैसाथ सार्वजनिक हुन लागेको चलचित्र 'बदमास'मा देखाउन खोजिएको छ । तीर्थप्रसाद श्रेष्ठको लगानीमा देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र 'बदमास'मा धेरैपछि नेपाली चलचित्रका 'एङ्ग्री योंड म्यान' शिव श्रेष्ठ देखा पर्दैछन् । उनी चलचित्रमा सानैदेखि बाबुआमा तथा आफन्तको माया नपाएर बदमास बनेको चरित्रमा छन् । चलचित्रका अर्का नायक सुनिल श्रेष्ठ पुस्तैनी धनसम्पत्तिको मादमा मात्तिएर पैसाले जे पनि किन्न सकिन्छ भन्ने सोचमा बदमास बन्छन् । यी दुई बदमास त समाजको प्रयासमा सुधि्रन सक्छन्, तर जिमी गुरुङको चरित्र यस्तो बदमासको छ, जो कहिल्यै सुधि्रूदैन । ऊ आफ्नो स्वार्थका लागि समाजलाई बिगार्न र ध्वस्त पार्न खोज्छ । त्यसपछि अघिल्ला दुई बदमास त्यो बदमासको विरुद्धमा लाग्छन्, जसमा अर्का नायक अमृतजंग बस्नेतले पनि साथ दिन्छन् । चलचित्रमा यीबाहेक शुभेच्छा थापा, रञ्जना शर्मा तथा राजेन्द्र खड्गीका साथै एउटा आइटम डान्समा नायिका उषा पौडेल पनि छिन् । कमलकृष्ण र शरण जोशीको संगीत सुन्न पाइने यो चलचित्रमा शान्ता नेपाली र प्रदीप श्रेष्ठको नृत्य, मौनता श्रेष्ठको लेखन, श्याम रायमाझीको छायांकन तथा ईश्वर कोइरालाको सम्पादन छ ।

0 comments:

Post a Comment