‘क्यु सिस्टम’ सानाको लागि मात्र

नेपाली सिनेमा क्षेत्र भित्रका धेरै समस्याहरु मध्ये एक हो– सिनेमाको प्रदर्शन मिति फिक्स नहुनु । यहाँ कतिपय निर्माता, निर्देशकहरुलाई आफ्नो फिल्म हलहरुमा कहिलेबाट लाग्दैछ भन्ने खबर समेत थाहा नहुने अवस्था ब्याप्त रहेको पाईन्छ । यसबाट दर्शक बिच अन्योल श्रृजना त भएकै छ, अर्का तर्फ निर्माता , निर्देशक र फिल्मका प्रचार–प्रसारकर्ताहरु समेत ट्वाल्ल परिरहेका छन् ।यस समस्याहरुबाट पिडित निर्माता निर्देशकहरु यसो भन्छन्, ‘शुक्रबारबाट फिल्म लाग्ने भनेर हामीलाई बिहिबार राति मात्र थाहा हुन्छ, त्यसपछि हामीलाई प्रचारप्रसार र अन्य प्राबिधिक समस्याले सास्ती दिन्छ ।’ यस्तै भएको थियो केहि समय अगाडि निर्देशक योगेश घिमिरेलाई । घिमिरेद्धारा निर्देशित ‘नबिसें तिमीलाई नपाएँ तिमीलाई’को प्रदर्शन काठमान्डौंमा हुँदैछ भन्ने कुरा उनलाई बिहिबार मात्र थाहा भयो । यसबाट उनको सिनेमाले राम्रो ब्यापार गर्न नसकेको उनको ठहर छ । त्यस्तै, ‘सम्झना’ र ‘तिमी मात्र तिमी’ प्रदर्शनको समयमा पनि यस्तै समस्याहरुबाट घिमिरे मारमा परेका थिए । ‘क्यु सिस्टम’को बिपक्षमा रहेका घिमिरे यसलाई ‘सामन्ति नियम’ मान्दछन् । ‘यहाँ पहुँच भएका र ठुला ब्यक्तिहरुको सिनेमा मिति परिवर्तन गरी गरी चलाउन सकिन्छ भने हामी जस्ता निर्माता, निर्देशकहरुको सिनेमा लगाउन हतार गरिन्छ र लागेपछि हलबाट उतार्न’, घिमिरेले थपे,‘ मेरो सिनेमा ‘सम्झना’ प्रदर्शनताका मैले आफ्नो सिनेमाको प्राबिधिक काम केहि बाँकी हुँदासम्म पनि एक हप्ता सार्ने मौका पाईन् ।’घिमिरे मात्र हैन यस समस्या भोग्नेहरुको तालिका लामो बन्न सक्छ । यस बहसको बिषयलाई सम्बन्धित पक्षले मनन गर्ने कहिले हो, हेर्दै जाऊँ ।

0 comments:

Post a Comment