खुल्न चाहिनन् दिया

भुषण दाहाल निर्देशित सिनेमा ‘कागबेनी’बाट रजतपटमा टेकेकी नायिका दिया मास्के फिल्ममा नभै अन्य काममा ब्यस्त छिन् । ‘एकदिन एकरात’ पनि आफ्नो अभिनय कला प्रस्तुत गरेकी दिया हाल रँगमन्चमै रमिरहेकी छिन् ।'मलामी' नामक नाटकको तयारीमा ब्यस्त रहेकी दियालाई हामीले अब अरु कुनै फिल्म नगर्ने भनेर प्रश्न गर्दा, फिल्म त गर्ने तर केहि समय लाग्छ, भन्ने उत्तर आयो । ‘एकदिन एकरात’ पछि धेरै अफरहरु आएको बताउने उनले आगामी प्रोजेक्टको बारेमा भने हामीलाई बताउन चाहिनन् । ‘खेल्ने पक्का भैसक्यो तर प्रोमोसन चैं नगरौं होला’, दियाले भनिन् ।रँगमन्चमा थुप्रै नाटकहरु खेलिसकेकी दिया राम्रो नृत्य पनि गर्छिन् । हामीले उनीलाई थुप्रै म्युजिक भिडियोहरुमा पनि देख्दै आईरहेका छौ । कागबेनी र एकदिन एकरात जस्ता थ्रिलर धारका सिनेमाहरु खेल्दै आएकी दियाको आगामी सिनेमा पनि थ्रिलर नै हुने त होईन्, भन्न सकिन्न ।

0 comments:

Post a Comment