प्रेमराजा महतविरुद्ध उजुरी

काठमाडौं, चैंत १५ (नागरिक)- गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो।राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको उनले बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि म छक्क परें,'रेखाले भनिन्।उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।

0 comments:

Post a Comment