निरूताले सबै नायकलाई भ्याउने

मानिसको आ-आफ्नै इच्छा, चाहना तथा सपना हुन्छन् । कसैका पूरा हुन्छन् त कसैका अधुरै रहन्छन् । यस्तै नेपाली चलचित्रको एउटा ब्राण्ड नायिका निरूता सिंहको पनि एउटा गजबको इच्छा रहेछ । उनको इच्छा हो सबै नायकलाई भ्याउने ।चलचित्र 'दक्षिणा' बाट नेपाली चलचित्र क्षेत्रमा पाईला टेकेकी यि नायिकाले थुप्रै सफल चलचित्र दर्शक सामु पेस गरिसकेकी छिन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी यि नायिकाले नेपाली चलचित्र उधोगका दर्जनौं नायकलाई भ्याईसकेकी छिन् । उनले आफ्नो पहिलो चलचित्र 'दक्षिणा' मा पहिलो पटक नायक भुवन केसीलाई भ्याईन् अर्थात उनी सो चलचित्रमा भुवन केसीसँग अभिनय गरिन् । त्यसपछि निरूताले आफ्नो दोस्रो चलचित्र 'मित्ज्यू' मा नायक प्रसान्त सिंहसँग जोडीको रूपमा अभिनय गरिन् । यसैगरी महानायक राजेश हमाल, शिब श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रमित ढुंगाना, बिराज भट्ट, निखिल उप्रेती, दिलिप रायमाझीलगायतका एक दर्जन भन्दा बढी नायकसँग जोडी भएर अभिनय गरिसकेकी छिन् ।पछिल्लो पुस्ताका नायक देखि अहिलेका पुस्ताका नायक सुमन सिंह, राजबल्लभ कोईराला, जीवन लुईटेल, निरज बराललगायतका कलाकारसँग पनि अभिनय गर्न भ्याएकी यि नायिकाको रहर अब पछिल्लो पुस्ताका नायकसँग अभिनय गर्ने छ रे ।अर्थात अब आउन लागेका टिनेजर्स नायकहरूलाई पनि भ्याउने उनको रहर रहेछ । नायक भुवन केसीका छोरा, निर्देशक नारायण पुरीका छोरा, अर्का निर्देशक शोभित बस्नेतका छोरा पछिल्लो पुस्ताका नायकका रूपमा स्थापित हुन क्रममा छन् र यिनैसँग अभिनय गर्ने आफ्नो इच्छा रहेको निरूताको भनाई छ ।अहिले पनि उही चञ्चलता, उही सुन्दरताले भरिएकी नायिका निरूताको यस्तो इच्छा किन आयो त ? निरूता भन्छिन्, 'जवानीमा त जवान हिरोलाई भ्याईयो अब बुढेसकालमा बच्चा हिरोलाई भ्याउने मेरो रहर हो ।' अहिलेका चर्चित नायक आर्यन सिक्देलसँग काम गर्ने मौका नपाएकी निरूताले आर्यनलाई पनि भ्याउन मन लागेको बताईन् ।नेपाली चलचित्र उधोगका अधिकांस नायकलाई भ्याईसकेकी निरूताले अबका पुस्ताका कुन कुन नायकलाई भ्याउने हुन्, त्यो हेर्न बाँकी नै छ ।

0 comments:

Post a Comment