अब हामी बनाउँछौ सिनेमा

टेलिभिजनको पर्दामा हास्य सिरियल 'मेरी बास्सै' मार्फत् ‘धुर्मुस’ र ‘माग्ने बुढा’को रुपमा प्रस्तुत भएर दर्शक हसाईरहेका सिताराम कट्टेल र केदार घिमिरे हिरो बनेर सिनेमामा देखिँदा र हिरोईनसँग नाच्दा कस्ता देखिएलान्, कल्पना गरौं ।तर यो कल्पना चाँडै नै यथार्थमा परिणत हुँदैछ । ‘दौड’ नामक नेपाली सिनेमामा अभिनय गरिसकेका कट्टेल आफुलाई हिरो बन्ने अफर थुप्रै आएको बताउँछन् । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनयलाई प्रशँसा गर्ने कट्टेल हमाल अभिनित पहिलो सिनेमा 'युगदेखि युगसम्म' आफुले पहिलो पटक हेरेको सिनेमा हो, भन्दछन् ।आफु हिरो बन्ने बेला अहिल्यै भैसकेको छैन भन्ने उनी अभिनयमा अलि खारिए पछि हिरो बन्ने बताउँछन् ।यति मात्रै हैन, कट्टेलले केदार घिमिरे ‘माग्नेबुढा’सँग मिलेर सिनेमा निर्देशन गर्ने बिचार पनि गरेका छन् । ‘हामीसँग थुप्रै कमेडी फिल्मका स्क्रिप्टहरु छन्, देशको अवस्था राम्रो भएपछि र नेपाली सिनेमाले राम्रो ब्यापार गर्न थाले पछि हामी त्यस माथि रहेर फिल्म निर्देशन गर्नेछौं’, कट्टेलले भने, ‘अहिलेको अबस्थामा फिल्म निर्माण गर्यौं भने हामीले लगानीकर्ताको लगानी उठाईदिन सक्दैनौं’ ।अन्त्यमा कट्टलले भने, ‘अबको २–४ बर्षमा हामी निर्देशित फिल्म नेपाली दर्शकले हेर्न पाउने छन्’ ।

0 comments:

Post a Comment