फागुमय करिश्‍मा निवास (फोटो फिचर)

काठमाडौं, चैत ५ (नागरिक) - अभिनेत्री करिश्‍मा मानन्धरको निवास शनिबार फागुमय बन्यो। काठमाडौंको भीडभन्दा केही पर गोदावरीमा उद्योगका प्रायः रंगीएको अनुहारसहित उपस्थित थिए। 'टाइफाइड र एलर्जीले गएको तीन वर्ष होली मनाउन पाएको थिइन। यसपालि एकदमै रमाइलो भयो,' सहकर्मी कलाकारलाई पिचकारीले रंग छ्याप्दै गरेकी सुस्मा काकीले भनिन्। करिब पाँच घन्टा करिश्‍मा निवासमा विताएकी सुस्माले पर्वको बाहनामा धेरैसँग चिनजान गर्न पाएको बताइन्। 'खानपिन गरें। डान्स गरें। दुःख भुलेर रमाइलो गरें,' यो अवसर जुटाइदिने करिश्‍मालाई धन्यवाद दिनसमेत भुलिनन् उनी। फिल्मी माहोलको पहिलो जमघटलाई क्यामेरामा कैद गरेकोमा उनी मख्ख थिइन्। फागुप्रति त्यति 'क्रेजी' नभएको बताउने निर्देशक सुदर्शन थापालाई पनि यो जमघटले आकर्षित गरेरै छोड्यो। 'फागु खासै मनाउँदैनथें। तर, फिल्मी माहोलमा होली खेल्दा ५ घन्टा बितेको पत्तै पाइन,' थापाले भने। करिश्‍मा पति विनोदको जन्मदिनको समेत निम्तामा गोदावरी पुगेका थापाले यस पटकको होली अविस्मरणीय रहने उल्लेख गरे।विहान १० बजेदेखि राती ९ बजेसम्म कलाकारका साथ होली मनाएको अभिनेत्री मानन्धरले जानकारी दिइन्। 'बोलाएको सबैजसो आउनु भयो। म त एकदमै खुशी छु। साथीहरुलाई कस्तो लाग्यो कुन्नी!' करिश्‍माले नागरिकन्युजसँग भनिन्। पहिला पनि हालीमा यस्तो जमघट गर्ने गरेको बताउँदै उनले भनिन्, 'म अमेरिका गएपछि निरन्तरता टुटेको थियो। आज फेरि पहिलाकै जस्तै रमाइलो भयो।' करिस्मा कहाँ होली मनाउन रेखा थापा, रेजिना उप्रेती, नन्दिता केसी, सुस्मा कार्कीलगायतका अभिनेत्रीहरु पुगेका थिए। निर्माता, निर्देशक, कलाकार र प्राविधिकको समेत बाक्लो उपस्थित थियो। हास्यकलाकार दीपकराज गिरीले होलीको अवसर पारेर दिवंगत भाइको नाममा आफ्नो गाउँ दहचोकलाई एम्बुलेन्स दिएका छन्। वानेश्वर स्थित हिमालय टेलिभिजनमा आयोजित होलीमा भेटिएका गिरीले यो पर्व मनाउन गाउँघरमै रमाइलो लाग्ने बताए। 'आज मैले धेरै समय गाउँका साथी भाइसँग मनाएँ,' उनले भने,...आज म रंगीन छु, सबै छन्। तर, जीन ब्ल्याक एण्ड ह्वाइट भएको बेलामा पनि साथ दिने त बाल सखाहरु नै हुन्। त्यसैले चाडवाड उनीहरुसँगै मनाउन उचित लाग्छ।'निर्देशकको होली नेपाल चलचित्र निर्देशक समाजले आफ्नो कार्यालय डिल्लीबजारमा फागु कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा निर्माता, कलाकार र प्राविधक संघका प्राविधकहरु समेत उपस्थित थिए। शनिबार विहान आठ बजे आयोजना गरिएको कार्यक्रमा फिल्मकर्मी विच आपसी सद्भाव बढाउन महत्वपूर्ण रहेको समाजका उपाध्यक्ष विमल पौडेलले जानकारी दिए।










0 comments:

Post a Comment