कर्मका अनेक रुप

नेपाली सिनेमाका पर्दामा एउटै हिरोलाई एकै रुपमा पटक–पटक हेर्दाहेर्दै सिनेमाप्रेमीहरु दिक्क भैरहेका छन् । नायक कर्म भने यो कुराले आफ्ना दर्शकहरुलाई दिक्क पार्ने पक्षमा छैनन् । त्यसैले त उनी आफ्ना सिनेमाहरुमा बिभिन्न लुक्स र गेटअपमा प्रस्तुत हुन्छन् ।कर्मको पहिलो सिनेमा ‘सानो संसार’मा उनी बाक्लो, लामो र कर्ली कपालमा देखिएका थिए । जहाँ उनले एक सोझो युवकको भुमिका निभाएका थिए । त्यसपछि नेपाल भाषाको सिनेमा ‘पटचारा’मा लामो कपाललाई बाँधेको अवस्थामा उनलाई देखियो । त्यसपछि देव कुमार श्रेष्ठ निर्देशित ‘एकदिन एकरात’मा कर्मलाई डेडलक हेयर स्टाईलका बिच दर्शकहरुले स्विकारे ।अर्को सिनेमा ‘फस्टलभ’मा बोके दाह्रीका साथमा उही डेडलक हेयर स्टाइलबिच कर्मलाई देखियो । त्यसपछि ‘गुडबाई काठमान्डौं’को छायाँकनका निमित्त उनले लामो कपाललाई स्ट्रेट गरे तर सिनेमाको छायाँकन समय सरेपछि उनले सामान्य र छोटो कपालमा सिनेमाको छायाँकन टुँग्याए ।तुलसी घिमिरे निर्देशित सिनेमा ‘मृगतृष्णा’मा भने उनलाई छोटो कपाल र अनुहारमा छोटै जुँगाको साथमा दर्शकहरुले उनलाई देख्नेछन् । यस्तै हाल छायाँकन भैरहेको ‘हाईवे’मा कर्म लामो र स्ट्रेट कपालमा अभिनय गरिरहेका छन् ।यसरी,नयाँ-नयाँ लुक्स दिनाले दर्शकले सिनेमाको पर्दामा आफुलाई सधैं नयाँ रुपमा पाउने कर्मको भनाई छ । चरित्र सुहाउँदो लुक्स भएमा मात्र त्यसले वास्तविकता पाउँछ, कर्मले बताए ।

0 comments:

Post a Comment