आशिका देखि चन्द्रावती सम्म

करिव ५ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारित एक टेलिश्रृंखलामा आशिकाको भूमिकाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी मोडल तथा नायिका शशि खड्का चाडै प्रर्दशनमा आउने चलचित्र चन्द्रावतीमा शिर्ष भुमिकामा प्रस्तुत हुँदैछिन् । अझ यसो भनौं उनले चन्द्रावतीको भुमिका निर्वाह गरेकी छिन् ।टेलिसिरियल पछि विभिन्न गितमा अभिनय गर्दै नेपाली चलचित्रको यो रंगिन संसारमा प्रवेश गरेकि शशिले हालसम्म 'सहिद' र 'पलपलमा' मा अभिनय गरिसकेकी छिन् । चलचित्र चन्द्रावतीमा राजु गिरीको निर्देशन र शशि खड्काको साथमा राजेश हमाल, आयुष रिजाल, युना उप्रती, रेजिना उप्रेती, एलिजा रिजाल आदि कलाकारको अभिनय रहेको छ । यो चलचित्र २०६८ सालको भदौ सम्ममा दर्शकले हेर्न पाउने भएका छन् ।यस अघिका चलचित्रमा गरेको अभिनय भन्दा भिन्न अभिनय चन्द्रवतीमा गरेको बताउँदै चन्द्रवती एउटा ऐतिहासिक चलचित्र भएको नायिका खड्काले जानकारी दिएकी छिन् । चलचित्रको रिलिज पछि आफू पूर्ण रुपमा नेपाली चलचित्रमा स्थापित हुने कुरा नायिका खड्काले दाबि गरिन् । तर उनले आफ्नो भुमिकाको बारेमा भने खासै बताउन चाहिनन् । उनले भनिन्, 'मैले गरेको अभिनयलाई दर्शकहरूले पक्कै मन पराउनु हुनेछ ।'

0 comments:

Post a Comment