महानायक जापान जाने

महानायक राजेश हमाल जापान जाने भएका छन् । महानायक हमाल यहि मार्च १० तारिखका दिन बिहिबार साँझ आठ बजे थाई एयरको बिमानबाट जापान प्रस्थान गर्दैछन् ।कुनै काम बिशेषले नभई आफ्नै व्यक्तिगत कामले जापान जान लागेको महानायक हमालले फिल्मीखबरलाई जानकारी दिए । उनले भने,'यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो ।' चलचित्रमा रातदिनको कामले तनावमा रहेका महानायकले सो तनावबाट मुक्ती पाउन र जापानमा रहेका आफन्तहरूसँग भेटघाट गरि रमाईलो गर्न जापान जान लागेको बताए ।भर्खरै मात्र चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन सकेर बसेका महानायक हमालले छायाँकनमा रहेको चलचित्र 'सौर्य' को बाँकी काम जापानबाट फर्केपछि गर्ने बताए । कामै कामले टेन्सनमा देखिएका महानायक भन्छन्, 'सधैं कति काम मात्र गर्नु ? कहिले काहीं त यसो रमाईलो पनि गर्न पर्‍यो नि ।'करिब ४ हप्ताको भ्रमणमा जापान जान लागेकामहानायक हमाल अप्रिल १० तारिखका दिन नेपाल फर्कने उनका सहयोगी चिरञ्जिबिले जानकारी दिए । जापानमा उनले आफ्ना को-को आफन्तलाई भेट्ने छन् त ? यो कुरालाई उनका सहयोगी चिरञ्जिबिले खोल्न भने चाहेनन् ।

0 comments:

Post a Comment