नयाँ नेपालको नयाँ बिज्ञापन स्टाईल

यतिबेला सँगीतकार तथा निर्माता दिपक रमण आफ्ना दुई सिनेमाहरुको बेग्लै ढंगले प्रचार प्रसार गरिरहेका छन् । त्यसमध्ये भित्ते लेखन प्रचारको थालनी भैसकेको हामीले पायौं । उपत्यकाका बालाजु, कलंकी, सात दोबाटो लगायतका रिङ्गरोड क्षेत्रहरुमा दिपकका दुई सिनेमाहरुका प्रशस्तै भित्ते बिज्ञापन देख्न सकिन्छ ।दिपक निर्मित सिनेमा ‘मन परेपछी’ र उनले नै सँगीत भरेको र बितरण गर्न लागेको राजु लामा निर्मित सिनेमा ‘तिम्रो घर मेरो ससुराली’को यसरी बिज्ञापन गरिएको हो । उनी यसलाई नितान्त बेग्लै बिज्ञापन गर्ने शैली मान्दछन् तर यसभन्दा अघि पनि नायक श्रीकृष्ण श्रेष्ठको सिनेमा ‘कहाँ भेटिएला’को यस्तै प्रकृतिले प्रचार प्रसार गरेको पाईन्थ्यो ।होडिँग बोर्ड राख्दा घरहरुले छेकिने र महँगो पनि पर्ने भएकाले यसो गरिएको दिपकले बताए । सिनेमाहरु प्रदर्शनको अगाडि यो भन्दा बेग्लै प्रबृत्तिको प्रचार शैली अपनाईने पनि उनले खुलासा गरे ।दिपकका अनुसार, सुमन दाहाल निर्देशित ‘मन परेपछी’को प्रदर्शन मिति भने निश्चित भैसकेको छैन । अब हेर्न बाँकी छ कि, नयाँ नेपालमा अपनाईएको र बिल्कुलै नयाँ भनिएको यो बिज्ञापन स्टाईलले कत्तिको सफलता पाउने हो ।

0 comments:

Post a Comment