ऋचाको कुरै बेग्लै

नायिका ऋचा शर्मा हिजो दिनभरी ठमेलको सातघुम्ती स्थित ‘आईस बार’मा नाच्नमा ब्यस्त देखिन्थिन् । ऋचाको साथमा तिन जना केटाहरु कम्मर मर्काई–मर्काई नाचिरहेका थिए । एकतिर शिवानी मोक्तानको आवाजमा सजिएको 'लैजारे' बोलको गीत ठुल्ठुलो आवाजमा घन्किरहेको थियो भने अर्कोतिर ऋचा गीतको तालसँगै आफ्नो बैशलाई सुटुक्क चोरेर लैजान कसैलाई आग्रह गर्दै थिईन् । छोटा–छोटा कपडामा देखिएकी ऋचा घरीघरी आफ्नो मेकअप बिग्र्यो कि भनेर ऐना हेर्थिन् । त्यतिबेला उनको कुरै बेग्लै थियो । नायक कर्म पनि त्यहाँ देखिन्थे । ऋचाले नाचिरहँदा कर्म परैबाट उनलाई आँखा तानी तानी हेर्दथे ।यि सबै घटना र परिवेशहरु सिनोमा ‘हाईवे’ छायाँकनको क्रममा देखिएका हुन् । दिपक रौनियारको निर्देशनमा निर्माणाधिन यस सिनेमाको एक आईटम नम्बरको हिजो ठमेलको ‘आईस बार’मा छायाँकन समापन गरियो । यौनकर्मीको भुमिकामा देखिएकी नायिका ऋचा शर्मा सिनेमामा आफ्नो चरित्रलाई लिएर निकै उत्साहित छिन् । यता नायक कर्म पनि फिल्ममा भिन्न लुक्समा देखिदैछन् । तुलसी घिमिरे निर्देशित ‘मृगतृष्णा’मा अभिनय गर्न कपाल छोटो पारेका कर्म यस सिनेमामा लामो र स्ट्रेट कपालमा देखा पर्दैछन् । जुन कपाल कृत्रिम हो ।बिशेषगरी राजमार्गमा हुने बिभिन्न घटनाहरुलाई मुल बिषय बनाईएको ‘हाईवे’ भित्र बिनय श्रेष्ठ, कर्म, ऋचा शर्मा, सौगात मल्ल आदि कलाकारहरुको अभिनय रहेको छ ।

0 comments:

Post a Comment