बिहे गर्ने भए कसमका निर्माताले

कहि समय अगाडि मेरोसिनेमाले फिल्म फ्लप भए बिहे नगर्ने भनेर दर्शकलाई घुक्र्याउने एक निर्माताको खबर प्रस्तुत गरेका थियौं । अन्ततः ती निर्माता अर्थात् हाल देशभर प्रदर्शन भैरहेको सिनेमा ‘कसम’का निर्माता राम प्रसाद रिजालले बिहे गर्ने भएका छन् ।‘कसम’ देशब्यापी रुपमा सफल भैरहेको भन्दै यी निर्माता बिहे गर्ने सुनौलो सपना पनि बुन्न थालेका छन् । पोखराको रमाईलो घटनालाई सम्झँदै रिजालले भने, ‘हामी फिल्म प्रदर्शनको शिलशिलामा केहि दिन अघि पोखरामा थियौं, त्यहाँ थुप्रै दर्शकहरुले फिल्म फ्लप भए बिहे नगर्ने निर्माता खोई भन्दै खोज्दै आए र मलाई भेटिसकेपछि, अब त बिहे गर्ने होला नि भनेर प्रश्न गरे ।’‘यसरी बिहे त गर्ने भनियो तर बिहे गर्नलाई केटी छैन’, भन्दै छन् रिजाल आजकाल । ‘बिहे गर्न केटी खोज्नु पनि काँ हिरोईन खोजेको जस्तो सजिलो हुन्छ त ?’, भन्ने हाम्रो प्रश्नमा रामले भने– हैन कोही न कोही त होलिन् नि मैरै निम्ति ।लौन रामजी, बिहे गर्न त दर्शक घुक्र्याउनु भो, अब फेरी केटी खोज्ने जिम्मा पनि उहाँहरुलाई नदिनुस् है । फेरी पछि गाह्रो पर्ला..

0 comments:

Post a Comment