नम्रता अब निर्देशक

नेपाली सिनेमा क्षेत्रभित्र महिला निर्देशकहरुको खडेरी परिरहेको समयमा नायिका नम्रता श्रेष्ठले भविष्यमा गएर आफुले सिनेमा निर्देशन गर्ने बताएकी छिन् ।‘सानो संसार’बाट एकाएक चर्चा बटुलेकी यी नायिका,‘नेपाली सिनेमालाई बुझ्दै छु र पछि गएर पक्कै पनि सिनेमा निर्देशनतिर पनि हात हाल्छु’, भन्छिन् । पछिल्लो समयमा सिमोस सुनुवार निर्देशित ‘फष्टलभ’मा अतिथि भुमिकामा देखिएकी नम्रता सुरेशदर्पण पोखरेल निर्देशित ‘मिस यु’को छायाँकन भ्याई हाल कुनै पनि प्रोजेक्टमा ब्यस्त नरहेको बताउछिन् ।लाजिम्पाट स्थित आफ्नो रेष्टुँरामा समय दिईरहेकी यी नायिकाको सिनेमा निर्देशन गर्ने सोचले पुर्णता पाओस् ।

0 comments:

Post a Comment