निशाको एकतर्फी प्रेम

प्रेम सम्पन्न हुन दुबैले मनपराउनु पर्छ । उनको प्रेम भने एकतर्फी मात्र भयो । नायिका निशा अधिकारी एकतर्फी प्रेमको शिकार भएकी छिन् । "फस्टलभ"की यी नायिकाले "राइट म्यान" फेला त पारिन् तर, उसंगको देखादेखमै निशा घाइते भएकी छिन् । निशाको आजको फेसबुक स्ट्याटसले त्यही कुराको वर्णन गर्छ । आज फेसबुक स्ट्याटसमा उनी एउटा मात्र शब्द लेखेकी छिन "crush..."। जसको सिधा अर्थ दबाउनु वा पिस्नु भन्ने बुझिन्छ भने युवाजमातमा crush को अर्थ पहिलो नजरमै कसैलाई मनमा बसाउनु भन्ने ठहर्छ । त्यसैले उनी कसैसंगको एकतर्फी प्रेमको शिकार भएकी हुन कि ! भन्ने हाम्रो बुझाई छ । कोही कसैसंग प्रेममा पर्नु नराम्रो कुरा त होइन त्यसमा पनि 'एलिजेबल ब्याचलर' हाम्री नायिका कसैको एकतर्फी प्रेममा पर्छिन भने त्यो त झनै राम्रो कुरा हो । निशा विस यु अल द बेष्ट । जसलाई देखेर तपाई एकतर्फी प्रेमको शिकार हुनभयो त्यो प्रेमको गाडी दुईतर्फी कुदोस् । शुभकामना ।

0 comments:

Post a Comment