हराएकी ऋचा भेटिईन्

फिल्मीखबर, काठमाण्डौ,नायिका ऋचा सिंह ठकुरीले आफू नहराएको बताएकी छिन् । फिल्मीखबरले करिब एक महिना अगाडी ऋचा हराएको कुरा सार्वजनिक गरेको थियो र सो कुरालाई खण्डन गर्दै ऋचाले आफू हराएको नभएर बिदेश भ्रमणमा गएको बताईन् ।बुधबार फिल्मीखबरसँग कुरा गर्दै ऋचाले भनिन्, 'म हराएकी छैन । मत घुम्न गएकी हुँ ।' एक साता अघि नेपाल आईपुगेकी 'नाइ नभन्नु ल' नायिका ऋचाले आफू बिकाश आचार्यको चलचित्र 'म तिम्रो भईसकें' मा अभिनय गर्न नेपाल आएको बताईन् । उनले भनिन्, 'यो फिल्म सुटिङ शुरू नभएको भए म झट्टै नेपाल आउने थिइन् ।' दाजु भाउजुलाई भेट्न र घुम्नको लागी दुई महिना अगाडी दुबई गएको ऋचाको भनाई छ ।बिभिन्न सञ्चारमाध्यमम आफ्ना बारेमा नराम्रा टिका टिप्पणी आएपनि उनले त्यस्ता टिका टिप्पणीले आफूलाई केहि असर नपार्ने ऋचाले बताईन् । उनी भन्छिन्, 'म गलत छैन भने मेरो बारेमा जे-जस्ता कुरा आएपनि मलाई कुनै मतलव हुँदैन ।' छायाँकनमा रहेको चलचित्र 'म तिम्रो भईसकें' मा अभिनय गरेपछि पुन: सोही देश जानसक्ने ऋचाले बताइन् ।

0 comments:

Post a Comment