
नेपाल आएर फिल्म बनाउनु अघि के गरियो?
कुन स्तरमा काम गर्ने भनेर रिसर्च गरियो। फिल्म भिजुयल मेडियम हो। यहाँका धेरैजसो दर्शकले फिल्मको यो मेडियमलाई कुन गहिराइसम्म बु‰नसक्छ। त्यो बुझेँ।
फिल्म बु‰ने क्षमता दर्शकमा कुन स्तरको रहेछ?
मैले सोचेभन्दा निकै कम। धेरैजसो कुरा दृश्य होइन संवादबाट बु‰ने र बुझाइने गरिएको पाएँ। यसो हुनुमा अहिले काम गरिरहेका निर्देशककै दोष छ।
नेपाली फिल्ममा सबैभन्दा ठूलो कमजोरी के लाग्छ?
स्क्रिप्टमा कमजोरी छ। फिल्मको स्क्रिप्ट लेख्ने अन्तर्राष्ट्रिय संरचना छ। नेपालमा यसलाई पालना गरिएको वा यसप्रति जानकार व्यक्ति खासै भेटेको छैन।
नेपाली फिल्ममा बसेको गलत प्रवृत्ति?
फिल्म निर्माणलाई खाली 'बिजिनेस हब' को रूपमा मात्र लिइएको छ। सबैको स्वार्थ १० लाख कसरी कमाउने भन्ने छ। फरक कथा, फरक सिनेमाटोग्राफी र फरक प्रस्तुतिको चिन्ता कसैलाई छैन।
अभिनेता अभिनेत्री कस्तो पाउनुभयो?
कलाकारको प्रस्तुति निर्देशकमा पनि निर्भर हुन्छ। मैले काम गर्दा कलाकारहरूलाई 'कम्फर्टेबल जोन' दिने गर्थें। यसले कलाकार अझ सिर्जनात्मक हुन्छ। भएका कलाकारहरू चित्त बु‰दा नै छन् तर हामीसँग छनोटको अवसर छैन। कलाकार थोरै छन्।
'ब्याच नम्बर १६' चाहिँ कति फरक बनेको छ?
पूरै फरक बनाइएको छैन। परिवर्तन भनेको क्रमशः हुँदै जाने हो। नेपाली फिल्मका दर्शकको मनोवैज्ञानिक उपचार जरुरी छ। नयाँ फिल्ममेकरहरू नयाँ स्टाइल लिएर आउँदैछन्। त्यसलाई स्विकार्न दर्शकहरू तयार हुनुपर्छ।
फिल्ममा नयाँ प्रयोग गर्ने विचार छैन?
हामीकहाँ दुई प्रतिशत दर्शकले नेपाली फिल्म हेर्छन्। पहिले यो १५ देखि २० प्रतिशत पुग्नुपर्छ। साथै सबै दर्शकहरूको खल्ती गह्रौ पनि हुनुपर्यो। त्यसपछि बल्ल फिल्ममा नयाँ नयाँ प्रयोग गर्दा हुन्छ।
'ब्याच नम्बर १६' अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने गरी बनाइएको होइन?
फेस्टिभलमा भाग लिने लोभमा एक करोड रुपैयाँ जोखिममा राख्न सक्तिन। हामीले नेपाली फिल्मको दर्शक सबैभन्दा पहिले नेपालभित्रै निर्माण गर्न सक्नुपर्छ। अनि मात्र विदेशी दर्शक ताक्ने हो। फेस्टिभलका लागि भविष्यमा सर्ट फिल्म चाहिँ बनाउँछु।
फिल्मको पोस्टरमा सशस्त्र प्रहरी देखिन्छ। प्रहरीको कथा हो यो?
प्रहरी होइन दुई प्रहरीबीचको मित्रता र द्वन्द्वमा आधारित छ फिल्म। फिल्मलाई एक्सनमय बनाउन मुख्य पात्रलाई सशस्त्र प्रहरीको भूमिका दिइएको हो।
0 comments:
Post a Comment