बाहिर बोक्रो भित्र खोक्रो 'व्याच नं १६'

निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र 'व्याच नं १६' ले आश गरे अनुरूपको व्यापार गर्न नसकेपछि चलचित्रमा निर्माता मात्र हैन चलचित्र उधोगले पनि एउटा नराम्रो हार बेहुर्नु परेको छ । चलचित्र निर्माण यूनिटले चलचित्रबाट निकै आश गरेको थियो तर सो आशा निराशामा बदलिएको छ ।युवापुस्तालाई आधार मानेर निर्माण गरिएको भनिएको सो चलचित्र युवापुस्तामा मात्र सिमित रह्यो । बिशेष गरी शहरिया क्षेत्रका दर्शकलाई केन्द्रित गरि निर्माण गरिएको चलचित्र 'व्याच नं १६' ले शहरिया दर्शकको मन त जित्यो तर नेपाली चलचित्र हेर्ने अधिकांश दर्शकको मन जित्न सकेन र चलचित्र असफल हुनपुग्यो । चलचित्रको प्रचारप्रसारको अभावले चलचित्र धारापमा पर्न सक्ने कुरा फिल्मीखबरले केहि दिन अगाडी 'धरापमा 'व्याच नं १६' भनि समाचार सम्प्रेशण गरेको थियो र सो समाचार आज अथार्थमा परिणत भएको छ ।चलचित्र प्रचारप्रसारको अभावले मात्र नभई कथाबस्तुको अभावले पनि चलचित्र असफल बन्न पुगेको चलचित्रकर्मीको भनाई छ । चलचित्रकर्मी मात्र नभएर दर्शकले पनि चलचित्रको मुख्य कमजोरी नै कथाबस्तु रहेको बताएका छन् । सुन्धारा स्थित क्यू एफएक्स सेन्ट्रल हलमा चलचित्र 'व्याच नं १६' हेर्न पुगेका शंकर पन्तलाई कथा साधारण लागे पनि सिनेमाट्रोग्राफी भने मन परेको बताए ।त्यसैगरी चलचित्रको सिनेमाटोग्राफी र दुई पात्र सुमन सिंह र अर्पण थापाको अभिनय बाहेक अन्य कुनै पक्ष त्यसको आकर्षक नरहेको बिशाल त्रिपाठीले बताए ।संजय गोपाल महर्जन र मंगल महर्जनलाई चलचित्रको एक्सन मन पर्‍यो रे ।तर उनीहरूलाई कथा भने मन परेनछ । यता प्रबिन देबकोटाको भनाई पनि यि दर्शकको जस्तै छ ।उनले पनि कथा नै चलचित्रको मुख्य कमजोरी रहेको बताए । यसरी दर्शकलाई पनि चलचित्रको कथाले बाँध्न सकेन र चलचित्र ले सोचेजस्तो व्यापार गर्न सकेन ।चलचित्र सार्वजनिक भएपछि बिभिन्न सञ्चारमाध्यममा चलचित्रको बारेमा निकै टिका टिप्पणी भए । अधिकांश सञ्चारमाध्यमले पनि चलचित्रमा धेरै कमजोरी देखिएको समाचार सम्प्रेषण गरेका छन् । घर बलियो हुन पहिला जग बलियो बनाउनु पर्छ भन्ने उखान आज चलचित्र व्याच नं १६ का लागि चरितार्थ भएको छ । त्यसैले चलचित्र भनेको एउटा सुन्दर घर जस्तै हो । घरलाई रंग रोगन गरेर बाहिरी आकर्षण दिंदैमा घर राम्रो र बलियो हुँदैन भन्ने कुरा बुझ्नु जरूरी छ । सबै चलचित्रकर्मीलाई चेतना भया !

0 comments:

Post a Comment