सुस्माको दादागिरी

नेपाली सिनेमा क्षेत्रमा ‘चुलबुले नायिका’को उपाधि पाएकी नायिका सुस्मा कार्की दादागिरी देखाउनमा पनि खप्पिस रैछिन् भन्ने कुराको पुष्टि गएको शिवरात्रीको एक घटनाले गरेको छ ।कुरा शिवरात्रीको दिनको हो, सुस्मा भगवान शिवजीको बुटी सेवन गरी नराम्ररी मातेकी थिईन् । त्यसैबिच उनी गईन्, चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमको तयारी भैरहेको ठाउँ तिर । जहाँ, नवनायिका सुमिना घिमिरे अन्य कलाकारहरु सँगै नृत्यको तयारी गरिरहेकी थिईन् । सुस्माले नशाको सुरमा सुमिनालाई धम्क्याईन्, ‘तँ को होस्, तैले यहाँ नाच्ने ?’ सुस्माको दादागिरी सुरु भयो । सुमिनाले केहि नभनी बस्न सकिनन्, के मैले यहाँ नाच्नु हुँदैन् ? उनले प्रतिकार गरिन् । त्यसैबिच घटनाले उग्ररुप लियो । हात हालाहाल सम्मको स्थिति श्रृजना भयो । त्यहाँ रहेका अन्य कलाकारहरुले यि दुई ‘सु’को कुस्तीमा रेफ्रीको भुमिका निर्वाह गरे ।यसरी नायिका सुस्मा कार्कीको ‘रेसलिङ्ग’ प्रतिको लगावलाई शिवजीको बुटीले साथ दियो । बधाई छ सुस्मा जी, अर्को उपनाम पाएकोमा,‘सुस्मा दादा’..

0 comments:

Post a Comment