यी दुईको दौडमा अगाडि को ?

नेपाली सिनेमाको पाश्र्व गायनमा एकताका गायिका अन्जु पन्तको राज देखिन्थ्यो । तर आजकाल अन्जुलाई यो दौडमा अर्का दुई गायिकाहरुले पछि पार्ने स्थिति देखिन्छ । ‘कसलाई दिउँ यो जोवन’को ‘तिमी जाहाँ छौ म त्यहिँ छु’ बोलको गीत गाएर चर्चामा आएकी प्रबिशा अधिकारी र ‘नाई नभन्नु ल’को शिर्षगीत साथै ‘म मर्ने बेलाँ’ बोलको गीत गाएर चर्चा बटुलेकी रजिना रिमाल हाल जोड तोडले यस क्षेत्रमा जमिरहेका पाईन्छन् ।आफ्नो ‘सोलो एल्बम’ निकाल्ने तयारीमा रहेकी प्रबिशा, त्यसो त शिक्षालाई पनि निरन्तरता दिँदै छिन् । हालै मात्र यादब गोबिन्दको सँगीत रहेको सिनेमा ‘भैहाल्छ नि’का लागि एउटा गीत गाएकी उनले हाम्रो माया जुनी जुनीलाई, तिम्रै लागि, मिस यु लगायत थुप्रै सिनेमाहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् ।यता, रजिनाको ब्यस्तता पनि चुलिदै छ । उनले गाएको ‘ब्याच नं १६’ को ‘खुशी फुल्छन् मनै भरी’ बोलको गीतले चर्चा बटुल्दै छ । ‘के यो माया हो’मा सुगम पोखरेलको सँगीतमा हालसालै गीत गायकी रजिनाले भैहाल्छ नि, अन्दाज, तिम्रै लागि, रात पछिको जिन्दगी, मलाई मन पर्यो, ग्याम्लर, पहिलो माया, द्रब्य, मृगतृष्णा, प्रितिको फुल लगायत थुप्रै सिनेमाहरुमा आफ्नो आवाज दिईसकेकी छिन् ।रमाईलो कुरा के भयो भने, यी दुबै गायिकाले आफुले गाएको सिनेमाहरुको गीत सम्झेर भन्न सकेनन् । त्यसका लागि उनीहरुले आफ्नो डायरीको प्रयोग गर्नु पर्यो । अब हामी पनि अन्यौलमा पर्यौं कि, ‘यी दुईको दौडमा अगाडि को’ ?

0 comments:

Post a Comment