'मोबाइलबाटै प्रेम प्रस्ताव'

कास्की, चैत्र ९ - कसैले नचिन्ने दुर्गा परियार यतिबेला चर्चामा छिन् । सराङकोट-१ की यिनी टीभी रियालटी शो 'खोजी प्रतिभाको'मा गायनतर्फ उत्कृष्ट भएपछि चर्चामा आएकी हुन् ।दुइ साताअघि मुलुकभरका १६ सय प्रतिस्पर्धीलाई उछिनेर गायनमा प्रथम भएकी गायिका यतिबेला पोखरामा सम्मान थाप्न, कन्र्सटमा गाउन र सञ्चारमाध्यममा अन्तर्वार्ता दिनमै भ्याईनभ्याई हुन्छिन् । 'बिहान उठेदेखि बेलुकासम्म गीत गाउन र सम्मान गर्नेहरूको लहर हुन्छ,' उनले भनिन्, 'परिवारलाई समेत समय दिन पाएकी छैन ।'फ्यानहरूले पनि उनलाई मोबाइलमा त्यत्तिकै पछ्याइरहेका छन् । 'कत्ति फोनको त रेस्पोन्ससमेत गर्न नभ्याएकी,' उनी बताउँछिन् । 'अब त प्रगति भएपछि हाम्रो फोन किन उठाउने भन्दै धेरै साथीहरू रिसाउँछन्,' उनले भनिन्, 'समय दिन भ्याएकी भए पो ।'सुरिलो स्वरको धनी गायिकाको मोबाइलमा फ्यानहरूको फोन आउनु स्वाभाविकै हो । तर रोचक के भने उनले धेरैपटक फोनबाट प्रेम प्रस्ताव सुनिसकेकी छन् । 'दिक्क लाग्दो कुरा भन्या,' उनले भनिन्, 'मोबाइलमै प्रेम प्रस्ताव राख्छन् ।'गायनमा उत्कृष्ट भएपछि उनले एउटा टिभिएस स्कुटीका साथ २५ हजार नगद र हङकङमा सांगीतिक कार्यक्रम गर्ने अवसर पाएकी थिइन् ।यसभन्दा बढी त संगीतसम्बद्ध क्षेत्रबाट उनको खोजी हुन थालेको छ ।दीपक श्रेष्ठले निर्देशन गर्ने'पुरानो हुँदैन माया' चलचित्रका लागि उनले गाउने मौका पाएकी छन्, काठमाडांैबाट गीत रेकर्डिङका लागि थुप्रै अवसरहरू आइरहेको उनले बताइन् ।'मिहिनेत गरेकी थिएँ,'भावुक हुँदै दुर्गाले भनिन्, 'सफल भइयो । यो सफलतालाई अझै दीर्घ राख्न गायनमा निकै साधना गर्नेछु ।' पोखरा अडिसनबाट छानिएर राष्ट्रिय प्रतिस्पर्धामा सहभागी जनाउँदै विजेता बनेकी उनी छिट्टै आधुनिक गीतको एल्बम निकाल्ने तयारी पनि गरिरहेकी छन् । दस वर्ष देखि गायनमा सक्रिय दुर्गाका एक दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।उनले पोखराकै नवराज बराल, दिलीप गायक र जोजिजू संगीतालयबाट संगीत सिकेकी हुन् । सानैदेखि गाउने दुर्गा स्कुल र कजेलमा हुने गायन प्रतिभामा सधंै प्रथम हुन्थिन् । यसअघि गण्डकी तारामा उपविजेता बनेकी उनी पोखराको एउटा दोहोरीमा रेस्टुरेस्टमा पनि गाउँछिन् । 'गीत-संगीतकै क्षेत्रमा स्थापित हुन चाहन्छु,' उनले सुनाइन्, 'साधना गर्दै जाऊँ ।'

0 comments:

Post a Comment