होलीमा कति खाईयो गोली ?

हिजोको रंगहरुको पर्व होली सँगसँगै हामीले नेपाली सिनेकर्मीहरुलाई एउटा प्रश्न सोधेका थियौं । ‘यो होलीमा कतिवटा पानी र रंगले भरिएको गोली खानुभयो र आफुले अरुलाई हान्नुभयो ?’ यस प्रश्नको उत्तर दिँदै केहि सिनेकर्मीहरु यसो भन्छन् ।
दिलिप रायमाझी, नायक
यो बर्षको होली चैं हामी ‘मिस यु’ युनिट जम्मा भएर नगरकोटमा खेलेका थियौं । नम्रता श्रेष्ठ, बरुण राणा, सुरेश दर्पण पोखरेल लगायत अन्य साथीहरुसँग हामीले रमाईलो गर्यौं । यो होलीमा मैले एउटा पनि रंग र पानीको गोली खाईन् तर सुरेश दर्पण र नम्रतालाई चैं मैले चार–चारवटा गोलीले मजाले हानें ।
सुस्मा कार्की, नायिका
यसपालिको होली मैले आफ्नै घरमा र करिश्मा दिदीको घरमा खेलेँ । अब होलीको गोली त थुप्रै खाईयो नि । पख्नुस् है त गनौं । एक...दुई..अँ.. पाँच वटा खाईयो । आफुले चैं तिन वटा हानेँ । त्यो पनि दुई वटा मिस भयो एउटा चैं लाग्यो । हान्न चैं मैले हिरो मुकेश आचार्यलाई हानेको थिएँ ।
बिकास आचार्य, लेखक, निर्देशक
लौन.... खाँदा पनि खाईएन, हान्दा पनि हानिएन । हिसाब किताब बराबर । किनभने हिजो दिनभरी नै ‘म तिम्रै भैसकेँ’को सुटिँगमा ब्यस्त रहियो ।
गरिमा पन्त, नायिका
यो बर्षको होली मैले निकै रमाईलो ढंगले मनाएँ । हामीहरु ‘भैहाल्छ नि’ युनिट सबै एक ठाउँमा भेला भएका थियौं । गोली खाने कुरामा चैं हामीहरु बिच पहिले नै सम्झौता भएको थियो कि रंगहरु मात्र खेल्ने लोला नखेल्ने भनेर । त्यहि भएर गोली खाँदा पनि खाईएन, हान्दा पनि हानिएन ।
शशी खड्का, नायिका
ओहो..लोला कति खाईयो.. कुरै नगरौं । ढाडले पालो पाएन । गनेको भए लगभग एक दर्जनै थियो होला । म त बच्चाका साथीहरु सँग रमाइलो गर्दैथें । टोलका दाईहरुले होलीमा पानीको गोलीले हानेनि । तर आफुले चैं हान्नै पाईएन । तै पनि ठिकै छ, पर्यटन बर्षको बेला प्लाष्टिक फालेर किन वातावरण प्रदुषण पार्नु ।

0 comments:

Post a Comment