पेनड्राइभ र मेमोरी कार्डबाट गीत बिक्री

संगीत उद्योग संघ र एक सयभन्दा बढी म्युजिक कम्पनी मिलेर नेपाली गीत आधिकारिक रूपमै पेनड्राइभ र मेमोरी कार्डबाट सुन्न पाइने व्यवस्था लागु गर्ने भएका छन् । म्युजिक नेपालले सोमबार राजधानीमा पत्रकार सम्मलेन गरी पेनड्राइभ र मेमोरी कार्डबाट पनि गीत किन्न सकिने व्यवस्था गर्न लागेको हो।नेपाल म्युजिक सेन्टरमा आयोजित कार्यक्रममा पेनड्राइभबाट राष्ट्रिय गान बजाएर सो प्रविधिको उद्घाटन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले गरेका थिए । प्रविधिको उद्घाटन पश्चात बाबुराम भट्टराईले नेपाली स्रष्टाहरूलाई सहयोग गर्न नयाँ नयाँ प्रविधि अपनाउनु पर्ने बताए। कलाकारको सिर्जना नचोरिए पेनड्राइभ र मेमोरी कार्ड प्रबिधी भित्र्याईनु सम्मान जनक कार्य भएको गायन समाजका अध्यक्ष गायक रामकृष्ण ढकालले बताए । संगीतकार शम्भुजित बाँस्कोटाले पनि पेनड्राइभ योजनाको प्रशंसा गरे ।धेरैभन्दा धेरै गीत समेटिने सो १ देखि २ जीबीसम्म क्षमताको मेमोरी कार्डलाई ६ सय ७५ रुपैयाँ तोकिएको छ भने पेनड्राइभलाई ८ सय ७५ रुपैयाँ । बिक्रीबाट गीतका सर्जकहरूलाई १५ प्रतिशत रोयल्टी दिइने म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले बताए। सीडी र क्यासेट बिक्री हुनै छाडेपछि यो प्रविधि अपनाएको शर्माको भनाई छ । पेनड्राइभ र मेमोरी कार्डमार्फत गीत किन्नका लागि भने केही दिन कुर्नुपर्नेछ ।

0 comments:

Post a Comment