नक्कली आर्यन सिग्देल !

सामाजिक सन्जाल फेसबुक मार्फत् बिभिन्न ब्यक्तिहरु नक्कली आर्यन सिग्देल बन्न खोजेको नेपाली सिनेमाका नायक अथवा सक्कली आर्यन सिग्देलले हामीलाई बताएका छन् । आर्यनका अनुसार उनले आफ्नो नाममा खोलिएका झण्डै एक दर्जन फेसबुक अकाउण्टहरु भेटेका छन् ।ती मध्ये Aaryan sigdel नाम गरेको अकाउण्टमा कसैले आफ्नो बारेमा नराम्रा कुराहरु पोष्ट गरिरहेको आर्यनले बताए । यो अकाउण्टको प्रोफाईल पिक्चरमा उनले कालो रंगको टिसर्ट लगाएका छन् । त्यस्तै, आर्यनले आफ्नो फ्यान पेज र Aaryan sig नाम गरेको फेसबुक अकाउण्ट मात्र चलाउने गरेको कुरा पनि मेरोसिनेमा समक्ष राखेका छन् । उनको फ्यान पेजमा हालसम्म लगभग एघार सय हाराहारी फ्यानहरु छन् भने उनले चलाउने गरेको फेसबुक अकाउण्टको प्रोफाईल पिक्चरमा उनी कालो रंगको कोट संगै गोजीमा हात हालेको अवस्थामा देखिन्छन् ।उनले यसरी सामाजिक सन्जाल मार्फत् कसैको बेइज्जत नगर्न ती नक्कली आर्यन सिग्देलहरुलाई सुझाव दिएका छन् ।

0 comments:

Post a Comment