आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ । नेपालमा अपहरणका घटना निकै बढ्दै गईरहेको अवस्थामा नेपाल सरकार र प्रहरी प्रशासनले केहि गर्न नसकेको भन्दै उनीहरूलाई पाठ सिकाउन चलचित्र निगरानी निर्माण गरिएको निर्माता शुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।नेपालमा बढ्दो बाल अपहरणको बिषयलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रले अपहरणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएको निर्माता पोखरेलको भनाई छ । निचलचित्र दर्शकले भन्दा पनि बढि ध्यान दिएर नेपाल सरकारका प्रमुख व्यक्ति र प्रहरी प्रशासनले हेर्न जरूरी छ भन्दै निर्माता पोखरेल थप्छन्, 'केहि बर्ष पहिले आफ्ने गाउँको सानो केटो बिबेक लुईटेल अपहरण पश्च्यात हत्याको कथा बस्तुलाई मुख्य आधार मानेर चलचित्र निर्माण गरेको छु । त्यसैले यो चलचित्र हरेक अभिभावकले पनि हेर्न जरूरी छ ।'यसैगरी चलचित्रमा एउटा प्रेमीले आफ्नो ज्यानको बाजी लगाएर कसरी आफ्नी मायालुलाई बचाउँछ र उसको निगरानी कसरी गर्छ भन्ने कुरालाई पनि चलचित्रले प्रस्ट्याउन खोजेको हुनाले यो चलचित्र युवावर्गले पनि हेर्नुपर्ने निर्माता पोखरेलको भनाई छ ।प्रशासनलाई निगरानीको च्यालेञ्ज
9:30 AM
No comments
आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ । नेपालमा अपहरणका घटना निकै बढ्दै गईरहेको अवस्थामा नेपाल सरकार र प्रहरी प्रशासनले केहि गर्न नसकेको भन्दै उनीहरूलाई पाठ सिकाउन चलचित्र निगरानी निर्माण गरिएको निर्माता शुसिल पोखरेलले फिल्मीखबरलाई जानकारी दिए ।नेपालमा बढ्दो बाल अपहरणको बिषयलाई मुख्य कथाबस्तु बनाएर निर्माण गरिएको सो चलचित्रले अपहरणलाई कसरी रोक्न सकिन्छ भन्ने कुरालाई देखाउन खोजिएको निर्माता पोखरेलको भनाई छ । निचलचित्र दर्शकले भन्दा पनि बढि ध्यान दिएर नेपाल सरकारका प्रमुख व्यक्ति र प्रहरी प्रशासनले हेर्न जरूरी छ भन्दै निर्माता पोखरेल थप्छन्, 'केहि बर्ष पहिले आफ्ने गाउँको सानो केटो बिबेक लुईटेल अपहरण पश्च्यात हत्याको कथा बस्तुलाई मुख्य आधार मानेर चलचित्र निर्माण गरेको छु । त्यसैले यो चलचित्र हरेक अभिभावकले पनि हेर्न जरूरी छ ।'यसैगरी चलचित्रमा एउटा प्रेमीले आफ्नो ज्यानको बाजी लगाएर कसरी आफ्नी मायालुलाई बचाउँछ र उसको निगरानी कसरी गर्छ भन्ने कुरालाई पनि चलचित्रले प्रस्ट्याउन खोजेको हुनाले यो चलचित्र युवावर्गले पनि हेर्नुपर्ने निर्माता पोखरेलको भनाई छ ।












0 comments:
Post a Comment